पोखरा ११ असोज । सहकारी रकम अपचलन आरोपमा पक्राउ परेका गोर्खा मिडिया प्रालिका तत्कालीन सञ्चालक समिति सदस्य छविलाल जोशीलाई थप ७ दिन हिरासतमा राख्न अनुमति दिइएको छ।
जिल्ला अदालत कास्कीले शुक्रबार उनलाई थप ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको जिल्ला प्रहरी कास्कीका एसपी मोहन थापाले जानकारी दिए।
आइतबार काठमाडौंबाट पक्राउ परेका जोशीलाई सुरूमा ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको थियो। उक्त म्याद सकिएसँगै शुक्रबार उनलाई अदालतमा उपस्थित गराइएको हो।
संसदीय छानबिन विशेष समितिले सहकारी बचत ठगीमा गोर्खा मिडियाका तत्कालीन सञ्चालक जोशी सहितलाई कारबाही गर्न सिफारिस गरेको थियो।
गृह मन्त्रालयले सिफारिस तत्काल कार्यान्वयन गर्न भनेकै दिन जोशी पक्राउ परेका थिए। जिल्ला प्रहरी कार्यालय कास्कीले उनी विदेश भाग्न खोजेपछि पक्राउ गरेको जनाएको थियो।
प्रतिक्रिया दिनुहोस्