काठमाडौं १२ असोज । अविरल वर्षापछिको बाढीपहिरोले काठमाडौं उपत्यकामा मृत्यु हुनेको संख्या ३२ पुगेको छ। काठमाडौं उपत्यका प्रहरी कार्यालयका अनुसार काठमाडौंमा ११, ललितपुरमा १६ जना तथा भक्तपुरमा पाँच जनाले ज्यान गुमाएका छन्।
दिउसो १:५५ सम्मको विवरणअनुसार १२ जना बेपत्ता रहेको र १७ जना घाइते भएको उपत्यका प्रहरीका प्रबक्ता एसएसपी बिनोद घिमिरेले जानकारी दिए । एक हजार ५३ जनाको उद्वार गरिएको प्रहरीले जनाएको छ।
प्रतिक्रिया दिनुहोस्