ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बाढीपहिरोले दुई अर्बभन्दा बढीको क्षति


एबीसी न्यूज
१५ आश्विन २०८१, मंगलबार   १२ : ५२   बजे

काठमाडौं १५ असोज ।  अविरल वर्षासँगै रोशी खोलामा आएको बाढीले अवरुद्ध बनाएको बिपी राजमार्गमा अड्किएका सवारीसाधन पास गर्न तथा यातायात सेवा सुचारु गराउन काभ्रेपलाञ्चोकको भकुण्डेबेंसी र सिन्धुलीको नेपालथोकबाट सडक मर्मतको काम गरिने भएको छ । डिभिजन सडक कार्यालय भक्तपुरले मङ्गलबार ९आज० बाट रोशी खोलामा आएको बाढीका कारण बिपी राजमार्गको सबैभन्दा बढी सडक क्षति भएको १ नम्बर पुलदेखि नेपालथोकसम्मको सडक मर्मतको काम सुरु गर्ने भएको हो ।

डिभिजन सडक कार्यालय भक्तपुरका प्रमुख सिडिई सुमन योगेशले सोमबार साँझसम्म पहिरोका कारण अवरुद्ध रहेको धुलिखेलदेखि भकुण्डेबेंसीसम्मको सडक एकतर्फी सञ्चालन गरेको बताउनुभयो । उहाँले भकुण्डेबेंसीसम्म एकतर्फी सडक सञ्चालन भएसँगै आजबाट भकुण्डेबाट नेपालथोकतर्फको सडक मर्मतको काम अघि बढाइने बताउनुभयो

“आजबाट हामी काभ्रेतर्फबाट चार वटा मेसिन प्रयोग गरेर सडक मर्मत गर्दै अघि बढ्नेछौँ भने सिन्धुलीको नेपालथोकतर्फबाट काभ्रेतर्फको सडक मर्मत गर्नका लागि पाँच वटा डोजर लगायतका मेसिन मगाएका छौँ, उताबाट उपकरणहरु आएपछि नेपालथोकतर्फबाट सडक मर्मत गर्दै मङ्गलटार, नार्केतर्फ आउनेछौँ,” सिडिई योगेशले भन्नुभयो । उहाँले जनकपुरबाट आएका पाँच वटा मेसिनबाट मङ्गलटार र नार्केसम्म बाटो मर्मत गरेर बाढी, पहिरोका कारण बाटोमा अलपत्र अवस्थामा रहेका सवारीसाधनलाई नेपालथोक हुँदै सिन्धुलीतर्फ फर्काइने बताउनुभयो ।

उहाँले हालसम्म पनि भकुण्डेदेखि नेपालथोकसम्मको सडक के कति क्षति भयो भन्ने एकिन तथ्याङ्क नआए पनि करिब दुई किलोमिटर सडकलाई बाढीले पूर्ण रुपमा क्षति पुर्‍याएको बताउनुभयो । बाढीले सडक क्षति गरेको साथै पहिरोले गर्दा धेरै स्थानमा समस्या रहेको उहाँको भनाइ छ । “जापान अन्तर्राष्ट्रिय सहयोग नियोग ९जाइका०ले सडक निर्माण गर्दा प्रति किलोमिटर ३५ करोड नेपाली रुपियाँ लागत थियो, जुन अहिलेको हिसाबमा ५० करोडभन्दा माथि पर्छ, ध्वस्त करिब दुई किलोमिटर सडक र अन्य स्थानमा भएको क्षतिको हिसाब गर्ने हो भने अहिलेको बाढीपहिरोले दुई अर्बभन्दा माथिको क्षति गराएको छ,” सिडिई योगेशले थप्नुभयो ।

उहाँले अवरुद्ध भकुण्डेदेखि नेपालथोकसम्मको सडकलाई चाँडोभन्दा चाँडो सुचारु गर्नका लागि कार्यालयले सबै किसिमको प्रयास गर्ने बताउनुभयो ।

“हामी सडक चाँडो सुचारु गर्नका लागि गम्भीर भएर काम गरिरहेका छौँ, सडकलाई पूर्ववर्ती रुपमा सञ्चालन गर्न त सकिन्न, खोला घटेर पानी नपरेको खण्डमा सडक क्षति भएको स्थानहरुमा खोलाबाट डाइभर्सन गरेर दशैँअघि नै यातायात सञ्चालन हुनेछ, पानी परो भने यसै भन्न सकिन्न,” डिभिजन प्रमुख सिडिई योगेशले भन्नुभयो । बाढी, पहिरोका कारण विपी राजमार्गको भकुण्डेदेखि नेपालथोकसम्मको सडक खण्डमा करिब १९ सय मिटर सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले जनाएको छ ।

 

प्रहरीका अनुसार बिपी राजमार्ग अन्तर्गतको १ नम्बर पुलमा २५० मिटर, चौकीडाँडा ९कटुञ्जे नजिक० एक सय मिटर, दाउन्नेमा एक सय मिटर, चार सयबेशीमा ५० मिटर सडक अवरुद्ध भएको छ । यस्तै, माम्ती खोलामा एक सय मिटर, डालाबेंसीमा पाँच सय मिटर, कालढुङ्गामा पाँच सय मिटर र चिउरीबासमा तीन सय मिटर सडक अवरुद्ध भएको प्रहरीले जनाएको छ ।

बाढी, पहिरोका कारण अवरुद्ध रहेको बिपी राजमार्गको नेपालथोक(खुर्कोट सडक भने आइतबार साँझबाट एकतर्फी सञ्चालनमा आइसकेको छ । वि।सं। २०५० सालको भिषण वर्षाले राजधानीलाई देशको अन्य भागसँग जोड्ने त्रिभुवन राजपथ तथा पृथ्वी राजमार्गमा व्यापक क्षति भई जनजीवन अस्तव्यस्त र यातायात सेवा टुटेपछि नेपाल सरकारले विपी राजमार्गलाई मध्य तथा पूर्वी तराईका जिल्ला जोड्ने वैकल्पिक मार्गको रुपमा विकास गर्ने सोच अनुरुप जापान सरकारको अनुदान सहयोगमा आर्थिक वर्ष २०५३(०५४ बाट धुलिखेल–सिन्धुली–बर्दिवास सडक ९बिपी० राजमार्ग निर्माण कार्य सुरु गरेको थियो ।

लगातार २० वर्षको निरन्तर प्रयासपछि वि।सं। २०७२ साल असार १८ गते निर्माण सम्पन्न गरी जापान सरकारले नेपाल सरकारलाई हस्तान्तरण गरेको थियो । कुल १६० किलोमिटर दूरीको सडक निर्माणका लागि जापान सरकारको २६ बिलियन जापानी येन र नेपाल सरकारको १ दशमलव १ बिलियन जापानी येन खर्च भएको थियो

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको सहमहामन्त्रीमा रमेश प्रसाईं र यज्ञमणि न्यौपानेको उम्मेदवारी घोषणा

माधव र प्रचण्डबाट पार्टी चल्दैन ः पूर्व प्रधानमन्त्री खनाल , भिडियो

सम्बन्धित

रास्वपाको सहमहामन्त्रीमा रमेश प्रसाईं र यज्ञमणि न्यौपानेको उम्मेदवारी घोषणा

रास्वपाको जारी महाधिवेशन अन्तर्गत प्रतिनिधिको विवरण सार्वजनिक

विष्णु पक्राउसँगै एमाले ‘अलर्ट मोड’मा, ओली निवासमा साँझ निर्णायक छलफल

मेसी र हालान्डको जादु, एम्बाप्पेको दोहोरो प्रहार : विश्वकपमा रोमाञ्चक दिन

पहिलो हाफमा अल्जेरियाविरूद्ध जोर्डनलाई १-० को अग्रता

नवलपुरमा ईभी हाइस दुर्घटना, आठ जना घाइते

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group