ABC NEWS NEPAL | No.1 News channel of Nepal
३२ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

एमालेद्वारा विभिन्न मागराखी ज्ञापनपत्र


एबीसी न्यूज
१६ आश्विन २०८१, बुधबार   १२ : ३९   बजे

काठमाडौं १६ असोज । नेकपा एमाले लहान नगरकमिटीले १६ बुँदे मागहरु राखी लहान नगरप्रमुख महेशप्रसाद चौधरीलाई ज्ञापनपत्र बुझाएको छ ।

नेकपा ९एमाले० लहान नगर कमिटीले यसभन्दा अगाडि पटक–पटक जनहित विपरित काम नगर्न प्रेस विज्ञप्ति जारी गरी सचेत गराउँदा गराउँदै पनि जनचाहजना विपरित काम भइरहेकाले नगर कमिटीले ज्ञापनपत्र बुझाएको नगरकमिटीका अध्यक्ष राजकुमार साहले बताउनुभयो ।

उहाँका अनुसार हिजो मङगलबार नगरप्रमुख महेशप्रसाद चौधरी र उपप्रमुख राम चलितर महतोलाई संयुक्त रुपमा बुझाएको ज्ञापनपत्रमा खुटी नहर सञ्चालनका लागि पूर्व नगरप्रमुख मुनि साहको कार्यकालमा आठ करोड ७२ लाखको लागतमा निर्माण भएको हेडवक्र्सलाई प्रयोगमा ल्याइ दसवटा वडाका एक हजार विघा जग्गामा सिँचाइ हुने नहर सञ्चालनमा आउनुपर्ने, सहरी क्षेत्रबाट गएको नहरलाई ड्रेन निर्माण गर्ने निर्णय फिर्ता लिनुपर्ने लगायत माग छन् ।

त्यस्तै, किसानहरुलाई मल खाद उपलब्ध गराउनुपर्ने, किसान परिचयपत्र वितरण गर्नुपर्ने, नयाँ सिँचाइ कृषिमिटर खुल्ला गर्नुपर्ने, गाउँलाई सहरसँग जोडने पक्की सडक निर्माण कार्य सुरु गर्नुपर्ने, सलहेस सर्किटदेवीदह, भवरापार्क झण्डापार्कको काम पूरा गर्नुपर्ने र चाडपर्वको मुखमा सडक वत्ति जडान गर्नुपर्ने १६ बुँदे मागसहित ज्ञापनपत्र बुझाएको साहले बताउनुभयो ।

नेपाली काँग्रेस सिरहा जिल्ला कार्यसमिति सदस्य रामसुन्दर चौधरीले किसानको हक हितमा निर्माण भएको हेडवक्र्स कार्यलाई सञ्चालनमा ल्याउनुलाई प्राथमिकता राख्नुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, ‘नेपाली काँग्रेसको पहलमा किसानको माग अनुसार २०४८ सालदेखि नै खुटी नहर सञ्चालनका लागि निकै पहल भएको छ ।’

खुटी नहर सञ्चालनको माग राख्दै लहान नगरपालिका –११ का धर्मराज चौधरीको संयोजकत्वमा १०५ सदस्यीय संघर्ष समिति गठन गरेर ज्ञापनपत्र बुझाइएको छ । यता लहान नगरपालिका प्रमुख महेशप्रसाद चौधरीले एमालले बुझाएको ज्ञापनपत्र अनुसार अधिकांश कामहरु अघि बढिसकेको बताउनुभयो ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाभित्र शक्ति संघर्ष: स्वर्णिमसँगै कानूनमन्त्री र महान्यायाधिवक्तालाई हटाउन प्रधानमन्त्री बालेनको दबाब

कोसी सरकारको भविष्यबारे कांग्रेसको निर्णायक बैठक सुरु

सम्बन्धित

रास्वपाभित्र शक्ति संघर्ष: स्वर्णिमसँगै कानूनमन्त्री र महान्यायाधिवक्तालाई हटाउन प्रधानमन्त्री बालेनको दबाब

फकल्याण्डको ‘छाया’ र मेस्सीको ‘जादु’ :फाइनान्सिएल टाइम्स

विश्वकपको फाइनलमा अर्जेन्टिना: मेस्सीको जादुले इंग्ल्याण्डलाई हराउँदै उपाधिको नजिक (तस्बिर)

कोसी सरकारको भविष्यबारे कांग्रेसको निर्णायक बैठक सुरु

आर्थिक वर्ष सकिन एक दिन बाँकी रहँदा सवा १२ खर्ब राजश्व संकलन, गत वर्षभन्दा ७.४ प्रतिशतले वृद्धि

राष्ट्र बैंकको परिपत्रः ब्याज उठाउन साउन १५ सम्मको समय, शेयर कर्जा र विद्युतीय बसमा विशेष सुविधा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu