ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अवैधानिक यौन सम्बन्धले गर्भपतन बढ्यो


admin
१० श्रावण २०७४, मंगलबार   ७ : ५५   बजे

काठमाडौं, १० साउन । हाम्रो देशमा गर्भपतनले कानुनी मान्यता पाएको छ । तर, समाजले अझै पनि मान्यता दिन सकेको छैन । समाजले गर्भपतनलाई मान्यता नदिनुका धेरै कारणहरु छन् । हाम्रो देशमा विवाह अगाडीको यौन सम्बन्धलाई अवैधानिक मानिन्छ । हाम्रो समाजले परपुरुष या परस्त्रीसंगको यौन सम्बन्धलाई अपराध नै मान्छ । तर, पछिल्लो वर्षहरुमा सामाजिक मान्यताकै आधारमा मान्ने हो भने हाम्रो देशमा अवैधानिक सम्बन्धहरु बढिरहेका छन् ।

अबैधानिक सम्बन्धहरु बढेसँगै गर्भवतन गराउनेको संख्या स्वभाविक बढ्छ । अबैधानिक सम्बन्धहरुबाट रहन गएको गर्भहरुनै समाजको डरले पतन गर्नुपर्ने हुन्छ । तर, गर्भपतन गर्नेको संख्या बढ्नुमा अवैधानिक यौन सम्बन्ध मात्र कारण होइन । वैधानिक तर, असुरक्षित यौन पम्पर्कका कारण गर्भधारण गरेका महिलाहरुले पनि उत्तिकै मात्रामा गर्भपतन गराउने गरेका छन् ।

इज्जत प्रतिष्ठा किनेर पाईदैन । नेपाली समाजमा गर्भपतन गराउदा इज्जत फालिएको संज्ञा दिइन्छ । त्यसमा पनि अविवाहित र विवाह भए पनि श्रीमान आफूभन्दा टाढा भएका महिलाका लागि यो ठूलो सामाजिक समस्या नै बन्ने गर्छ । अबैधानिक र अनैतिक मानिने यौन सम्बन्धमा महिलाले खुलेर गर्भपतन गराउने सम्भावना कम हुन्छ । त्यसैले उनीहरु असुरक्षित गर्भपतन गराउन वाध्य छन् ।

यसले गर्दा महिलाहरु ज्यानै जोखिममा राखेर असुरक्षित गर्भपतन गराइरहेका हुन्छन । बैदेशिक रोजगारका कारण परपुरुष र परस्त्रीसंगको बढ्दा अबैधानिक सम्बन्ध र होटल रेष्टुरेष्टमा हुने अनैतिक सम्बन्ध गर्भपतनको मुख्य कारण बन्ने गरेको छ । सामाजिक आरोपबाट तनावमुक्त हुन महिलाहरुले लुकीछिपि गर्भपतन गर्ने गरेको पाइएको छ ।

आफ्नो ईच्छा अनुसार सन्तान नभए गर्भपतन गराउने चलन पनि बढ्दो छ भने श्रीमान श्रीमतीबीच समझदारीमै ढिलो सन्तान जन्माउन पनि गर्भपतन गराउने प्रबृत्ति बढ्दो छ । गर्भनिरोधक औषधीको प्रयोग नगर्ने र बाध्यताले गर्भपतन गराउन आउनेको संख्या बढीरहेको स्त्रीरोग विशेषज्ञ डक्टर भोला रिजालको भनाइ छ ।

ग्रामीण भेगमा अहिले पनि गर्भनिरोधका साधन पुगेका छैनन् । कतिपय नागरिकमा जनचेतना पनि कम छ । यसकारण पनि अनिच्छित र असुरक्षित गर्भपतन गराउनेहरु बढेको डक्टर रिजालको अनुभव छ ।

गर्भनिरोधक औषधीको पहुच सबैमा सरकारले पुर्याउन नसकेका कारण असुरक्षित गर्भपतन गराउनेको तथ्यांक बढ्दो रहेको कृपाका सहनिर्देशक महेश पुरी बताउंछन् । बांझोपन तथा स्त्री रोग विशेषज्ञ डक्टर नुतन शर्मा पनि गर्भपतन गराउनेहरु बढ्दै गएको स्वीकार गर्छिन् । सबैभन्दा बढी कलेज तथा स्कूलका टिन एजर र भर्खर विवाह भएका नयाँ जोडीहरु गर्भपतन गराउन डक्टर नुतन शर्माकहां पुग्छन् । विवाह नगरी यौन सम्बन्ध राख्ने जोडीहरु र श्रीमान बाहिर भएका महिलाहरु गर्भपतनका लागि आउने गरेको डक्टर नुतन शर्माको अनुभव छ ।

किशोर अवस्थामा हुने अपरिपक्वताका कारण राखिने शारिरीक सम्पर्क, यौन चाहना र इन्टरनेटमा सहजै फेला पर्ने अश्लील भिडियोबाट प्रभावित भएर कौतुहलता मेटाउन खोज्दा गर्भ रहने र समाज तथा परिवारको डरले गर्भपतन गराउनेको संख्या बढने गरेको तथ्यांक छ । नेपालमा ३३ प्रतिशत राजश्व बैदेशिक रोजगारीले धानेको छ, तर त्यही बैदेशिक रोजगारीका कारण गर्भपतनको बिकृति भित्रिरहेको छ । गर्भपतनको मुख्य कारण बैदेशिक रोजगार भएको तर्क गर्छन् जिल्ला सरकारी वकिल कार्यलय काठमांडौका उपन्यायाधिबक्ता मणिराम न्योैपाने ।

नेपालमा यौनको अवैध व्यापार चलेको छ । यसका बारे बेखबर कोही छैन । यसलाई व्यवस्थित गर्न नसक्दा टोल र शहरमा विकृति बढेको छ । उनीहरुका लागि गर्भपतनको बैधानिकताले गलत काममा लाग्न झन प्रेरित गरिरहेको छ ।

गर्भपतन गराउनै पर्ने बाध्यताको मुख्य कारण असुरक्षित यौन सम्पर्क हो । बजारमा जतातै गर्भनिरोधक सामग्री पाइन्छ । तर, नेपालीहरुमा गर्भ निरोधक सामग्री प्रयोग गर्ने बानी नै बसेको छैन । बरु, गर्भपतनको औषधी सेवन गर्ने धेरैलाई बानि परिसकेको छ । बजारका गल्ली–गल्लीमा गर्भपतन गराउने स्वास्थ्य संस्थाहरु भेटिन्छन् । जो अवैधानिक रुपमा गर्भपतन गराने र रातारात मालामाल हुने सपना साचेर बसेका हुन्छ ।

पैसा कमाउने एक मात्र उदेश्यले खोलिएका यस्ता स्वास्थ्य संस्थाहरु महिलाको स्वास्थ्यमा पर्ने कुनै पनि असर ख्याल गर्दैनन् । त्यसको सिकार महिलाहरु बन्ने गरेका छन् ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

सम्बन्धित

नेपालिज सोसाइटी सिंगापुरको अध्यक्षमा इन्द्र गुरुङ

पहिलो हाफमा कोलम्बियाको अग्रता

चितवनबाट अपहरणमा परेका बालकको काठमाडौंमा सकुशल उद्दार, पाँच भारतीय पक्राउ

विश्वकप फुटबल : उरुग्वे र साउदी अरब, स्पेन र केप भर्डे तथा बेल्जियम र इजिप्टले बराबरी खेले

एमालेभित्र अहिले कुनै मत–मतान्तर छैनः महासचिव पोखरेल

प्रहरीमाथि दाउ प्रहार गर्ने महिला पक्राउ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group