ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

भूमिगतरूपमा चल्ने पानीको लहरीले ढोरबाराही मन्दिरको महिमा र महत्व उच्चः मन्त्री पाण्डे


एबीसी न्यूज
१८ आश्विन २०८१, शुक्रबार   ९ : ०५   बजे

तनहुँ, १८ असोज । संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्री वद्रिप्रसाद पाण्डेले शुक्रवार ढोरबाराही मन्दिरको दर्शन गरेका छन् । तनहुँको शुक्लागण्डकी–९ स्थित प्रसिद्ध धार्मिक एवम् पर्यटकीय क्षेत्र ढोरबाराही मन्दिर परिसरमा शुक्लागण्डकी नगरपालिकाको आयोजना र ढोरेली सेवा समाज काठमाडौंले समन्व्यमा आयोजित ढोरवाराही मन्दिरको धार्मिक तथा ऐतिहासिक महत्व र यसको दीर्घकालीन विकास सम्वन्धी बिषयमा अन्तरक्रिया तथा छलफल कार्यक्रमको अवसरमा मन्त्री पाण्डेले मन्दिरको दर्शन गरेका हुन् । सो अवसरमा मन्त्री पाण्डेले रहस्यमय ढङ्गले भूमिगतरूपमा चल्ने पानीको लहरीले ढोरबाराही मन्दिर क्षेत्रको महिमा र महत्व उच्च रहेको बताउनुभयो । उनले तीनै तहको समन्वयमा मन्दिरको विकासकोलागि सहयोग गर्ने प्रतिवद्धता जनाउनुभयो ।

No description available.

प्रतितिधि सभा सदस्य शंकर भण्डारीले गुरुयोजना निर्माण गरि मन्दिरको वृहत्तर विकास गर्नुपर्नेमा जोड दिनुभयो । नेपाल पर्यटन वोर्डका कार्यकारी अधिकृत दिपकराज जोशीले ढोरबाराही मन्दिर पोखराबाट नजिकै रहेकाले पर्यटकको आगमन बढ्दै जाने बताउनुभयो । नगर प्रमुख कृष्णराज पण्डितको अध्यक्षतामा भएको कार्यक्रममा पुर्व मन्त्री एवम् संविधान सभा सदस्य आशा कोइराला, ध्रुव वाग्ले, प्रदेश सभा सदस्य श्याम राजा महत, वातावरणविद एकराज सिग्देल, ढोरेली सेवा समाज काठमाडौंकी अध्यक्ष शिव कुमारी कार्की, स्थानीय शिवशंकर बानीया, अम्बिका भट्टराई लगायतले मन्दिरलाई गुठिबाट सञ्चालन गर्नुपर्नेमा जोड दिका थिए ।

सो मन्दिर दुलेगौडाबाट करिव ५ किलोमिटर टाढा रहेको छ । मन्दिरमा देशभरबाट भक्तजन आउने गरेका छन् । प्रत्येक आधी घण्टामा प्राकृतिक रूपमा पानी आउन बन्द हुने र फेरि पानीको ठूलो लहरी छुट्ने कारण यस क्षेत्रको धार्मिक एवम् पर्यटकीय महत्वलाई बढाएको छ ।

No description available.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बालेनलाई चुनावमा गाडी दिने व्यक्तिको बयानले विष्णु पौडेल पक्राउ परेका हुन् ?

रविको राजनीतिक प्रतिवेदनः राष्ट्रियसभा गैरदलीय, उपराष्ट्रपति सभाध्यक्ष (पूर्णपाठ)

सम्बन्धित

विष्णु पौडेललाई ७ दिन थुनामा राख्न अदालतको अनुमति

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

बालेनलाई चुनावमा गाडी दिने व्यक्तिको बयानले विष्णु पौडेल पक्राउ परेका हुन् ?

खगेन्द्र सुनारको अभिव्यक्तिमा शक्तिको मात र अहंकार झल्किन्छ : रक्षा बम

एमालेले विष्णु पौडेल पक्राउविरुद्ध संसदमा सशक्त प्रतिवाद गर्ने

नवलपुरमा ईभी हाइस दुर्घटना, आठ जना घाइते

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group