काठमाडौ २० असोज । साताको पहिलो दिन आइतबार आइतबार सेयर बजारका सबै सूचक बढेका छन् । नेप्से परिसूचक ५६।०९ अंक बढेको छ । सो अंकको वृद्धिपछि नेप्से २६५३ मा कायम भएको छ । सेन्सिटिभ सूचक २ प्रतिशत बढेको छ ।
कारोबार रकम भने घटेको छ । अघिल्लो दिन ६ अर्ब ७७ करोडको कारोबार भएकोमा आज ६ अर्ब १३ करोडमा सीमित भयो । कुल २१९ कम्पनीको मूल्य बढ्दा २३ को घट्यो भने २ को स्थिर रह्यो ।
यस दिन फाइनान्स सेक्टरमा लगानीकर्ताको आकर्षण देखियो । फाइनान्स सूचक सबैभन्दा धेरै ६।३० प्रतिशत बढ्यो ।
बैंकिङ २।२०, विकास बैंक २।२२, होटल तथा पर्यटन १।७१, हाइड्रोपावर २।७३, लगानी १।९९, जीवन बीमा १।३४, उत्पादन ३।१२, माइक्रोफाइनान्स १।४७, निर्जीवन बीमा १।४९, अन्य १।६२ र व्यापार ०।९० प्रतिशत बढे ।
न्यादी हाइड्रोपावरको मूल्य १० प्रतिशत बढ्यो । मध्यभोटेकोशीको ९।७, इस्टर्न हाइड्रोपावरको ९।६, गुडविल फाइनान्सको ९।२७, सिनर्जी पावरको ८।१ प्रतिशत मूल्य बढ्यो ।
प्रतिक्रिया दिनुहोस्