ABC NEWS NEPAL | No.1 News channel of Nepal
२ भदौ २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

रुम्जाटारमा समिटको परीक्षण उडान


एबीसी न्यूज
२० आश्विन २०८१, आइतबार   ३ : ५०   बजे

काठमाडौ २० असोज । वर्षौँदेखि ठप्प रहेको ओखलढुङ्गाको रुम्जाटार विमानस्थलमा समिट एयरले परीक्षण उडान गरेको छ । नियमित उडान गर्ने योजनासहित आइतबार दिउँसो समिट एयरलाइन्सले रुम्जाटार विमानस्थलमा परीक्षण उडान गरेको हो ।

यात्रु पर्याप्त भएमा नियमित उडान हुने बताइएको छ । राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाको पहलमा एयरलाइन्सले परीक्षण उडान गरेको हो । सभापति खतिवडासहित १४ जना यात्रु र चालक दलका चारजना जहाजमा रुम्जाटार आउनुभएको थियो ।

संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा पटक–पटक पहल र ताकेता गरेपछि करिब १० वर्षदेखि बन्द रहेको रुम्जाटार विमानस्थलमा जहाज आएको ओखलढुङ्गाको सङ्घीय सांसद समेत रहनु भएका सभापति खतिवडाले बताउनुभयो । यात्रु भएको खण्डमा आगामी बुधबारदेखि नियमित उडान हुने सभापति खतिवडाले जानकारी दिनुभयो ।

बिरामी तथा अत्यावश्यक भएकाको लागि सहज हुने सभापति खतिवडाको भनाइ छ । २०३१ सालबाट नियमित उडान सुरु गरेको नेपाल एयरलाइन्स तथा निजी एयरलाइन्सहरूले २०७२ सालदेखि नियमित उडान बन्द गरेका थिए । उडान सञ्चालन गर्नेबारे पहल भए पनि नियमित हुन सकेको थिएन ।

बाढीका कारण सडक अवरुद्ध हुँदा काठमाडौँमा रोकिएका यात्रुहरू परीक्षण उडानमार्फत रुम्जाटार आएका थिए । विमानस्थलमा कालोपत्रेको काम सम्पन्न भइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

चार महिनादेखि राष्ट्र बैंकको डेपुटी गभर्नर पद खाली, नियुक्तिमा सरकार–गभर्नरबीच तानातान

कोसीमा फेरि मन्त्रिमण्डल विस्तार, चार मन्त्री र एक राज्यमन्त्री थपिए

सम्बन्धित

महान्यायाधिवक्ता नियुक्ति आफ्नो ‘कार्यकारी विशेषाधिकार’ भएको प्रधानमन्त्री बालेनको दाबी

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

पाँचथरमा पाँच वर्षमा बाढी–पहिरोबाट ४८ जनाको मृत्यु, ३७६ परिवार विस्थापित

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

लमजुङमा पहिरोले घर भत्किंदा बाबु-छोरीको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu