ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

ठूलो छाती बनाउन वाम गठबन्धनलाई नेताहरुको आग्रह


admin
२२ फाल्गुन २०७४, मंगलबार   २ : ३२   बजे

काठमाडौँ, २२ फागुन । प्रतिनिधिसभाको आजको बैठकलाई सम्बोधन गर्दै विभिन्न दलका नेताले राष्ट्रिय समस्या समाधानका लागि वर्तमान सरकार सफल हुने विश्वास व्यक्त गरेका छन् ।

नेपाली जनताले वाम गठबन्धनलाई करीव दुई तिहाइ मत दिएकाले उनीहरुले ठूलो छाती गरेर सबैलाई समेटेर अगाडि बढ्नुपर्नेमा नेताहरुले जोड दिए ।

राष्ट्रिय जनता पार्टी अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोले लडाइँ र झगडाको युग समाप्त गर्न सबै पक्ष इमान्दार भएर लाग्नुपर्ने तथा सबै पक्षको माग र असन्तुष्टि सम्बोधन गर्नुपर्ने बताउनुभयो । नेता महतोले भन्नुभयो, “हामी पनि लडाइँ झगडाको युग समाप्त गर्न चाहन्छौँ तर कार्पेटभित्र छोपेर राखिएको फोहर नहटाई कसरी मुलुक समृद्ध हुन सक्छ ? असन्तुष्टि कसरी सम्बोधन हुन सक्छ ?”

प्रकृतिले नेपाललाई दिएको ठूलो वरदानको उचित प्रयोग गरेर आर्थिक समृद्धिको दिशामा अगाडि बढ्नुपर्ने विचार उहाँले व्यक्त गर्नुभयो । उहाँले हिमाली, पहाडी तथा तराईका जनताको आफ्नो राष्ट्रप्रति उत्तिकै चिन्ता चासो तथा सम्मान रहेको छ भन्दै सबैलाई मिलाएर लैजान नेतृत्व गर्नेले ध्यान दिनुपर्ने धारणा राख्नुभयो ।

उहाँले संविधानलाई धर्मग्रन्थ नबनाउन आग्रह गर्दै जनताको मागअनुसार संशोधन गरेर असन्तुष्ट पक्षलाई समेटेर लैजान वर्तमान सरकार सफल हुने विश्वास व्यक्त गर्नुभयो ।

प्रतिनिधिसभाको आजको बैठकलाई सम्बोधन गर्दै संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले संविधान गतिशील राजनीतिक दस्तावेज भएकाले यसलाई समयानुकूल परिमार्जन गर्नुपर्ने बताउनुभयो ।

संविधानमा संघीयता र धर्म निरपेक्षतालगायत केही राम्रा पक्ष रहेको उल्लेख गर्दै उहाँले न्यायमा समान पहुँच र अनुभूति गर्न नपाएका समुदायले अपनत्व महसुस गर्नेखालको संविधान बनाउन यसको संशोधन जरुरी रहेको उल्लेख गर्नुभयो ।

राष्ट्रियता, राष्ट्रिय सुरक्षा प्रणाली र आर्थिक विकासलाई केन्द्रमा राखेर अगाडि बढ्नुपर्नेमा जोड दिँदै उहाँले ती विषयमा सबैको समान मत भए मात्रै मुलुक समृद्ध बन्न सक्ने धारणा राख्नुभयो । बन्द भएका उद्योगधन्दा सञ्चालन गर्नुपर्ने र नयाँ उद्योगधन्दाको स्थापनाका लागि सामूहिक प्रयत्न जरुरी रहेको उहाँको भनाइ थियो ।

राष्ट्रिय जनमोर्चाका दुर्गा पौडेलले आर्थिक वृद्धि र विकासका लागि भ्रष्टाचार नियन्त्रण जरुरी रहेको बताउनुभयो । नेमकिपाका प्रेम सुवालले राष्ट्रिय अर्थतन्त्रको विकासका लागि घुसखोरी र कमिसनखोरी प्रवृत्तिको अन्त्य गर्नुपर्ने, विद्युत् खरिद गर्ने अवस्थाको अन्त्य हुनुपर्ने र स्वदेशमा नै रोजगारीको व्यवस्था गर्नुपर्ने सुझाव दिँदै रोजगारीको खोजीका लागि विदेशिने युवालाई यहीँ राख्न विशेष पहल गर्नुपर्ने बताउनुभयो ।

राप्रपाका राजेन्द्र लिङ्देनले वर्तमान सरकारले जनताका पक्षमा काम गर्ने विश्वास व्यक्त गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

२०१८ सालको हत्याकाण्ड : गगनलाई रविन्द्र मिश्रको काउन्टर?

रास्वपाको सहमहामन्त्रीमा रमेश प्रसाईं र यज्ञमणि न्यौपानेको उम्मेदवारी घोषणा

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

२०१८ सालको हत्याकाण्ड : गगनलाई रविन्द्र मिश्रको काउन्टर?

रास्वपाको सहमहामन्त्रीमा रमेश प्रसाईं र यज्ञमणि न्यौपानेको उम्मेदवारी घोषणा

माधव र प्रचण्डबाट पार्टी चल्दैन ः पूर्व प्रधानमन्त्री खनाल , भिडियो

रास्वपाको जारी महाधिवेशन अन्तर्गत प्रतिनिधिको विवरण सार्वजनिक

विष्णु पक्राउसँगै एमाले ‘अलर्ट मोड’मा, ओली निवासमा साँझ निर्णायक छलफल

मेसी र हालान्डको जादु, एम्बाप्पेको दोहोरो प्रहार : विश्वकपमा रोमाञ्चक दिन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group