ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

झापामा २ मोटरसाइकल दुर्घटना हुँदा ३ जनाको मृत्यु, २ घाइते


एबीसी न्यूज
२७ आश्विन २०८१, आइतबार   ३ : ००   बजे

काठमाडौं २७ असोज ।   झापामा तीब्र गतिका दुई मोटरसाइकल दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्। कमल गाउँपालिका र मेचीनगर नगरपालिकामा गएराति र आज बिहान भएका सवारी दुर्घटनामा दुई युवकको मृत्यु भएको हो।

गएराति १२ बजे कमल गाउँपालिका ४ अमलडाँगीस्थित पूर्वपश्चिम राजमार्गमा केर्खाबाट दमकतर्फ आउँदै गरेको को २७ प ३५१३ नम्बरको मोटरसाइकल आफैँ अनियन्त्रित भई दुर्घटना हुँदा मोटरसाइकलमा सवार दुई युवकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायव उपरीक्षक कृष्णकुमार चन्दले जानकारी दिए।

मृत्यु हुनेमा झापाकै शिवसताक्षी नगरपालिका वडा नम्बर ८ घर भएका ३३ वर्षीय अनिल कुमार लिम्बु र सोही ठाउँमा २० वर्षीय सोमराज लिम्बु छन्।

 

‘दुर्घटनामा गम्भीर घाइते भएका लिम्बुद्वयलाई प्रहरीले उपचारको लागि राति नै दमक अस्पताल पुर्याउँदा चिकित्सकले मृत घोषणा गरेका हुन्,’ डीएसपी चन्दले भने।

दुर्घटनाको खबरपछि प्रहरी चौकी केर्खाबाट गएको प्रहरी टोलीले उनीहरुलाई अस्पताल पुर्याएका थिए। तीव्र गतिको कारण मोटरसाइकल दुर्घटनामा परेको अनुमान प्रहरीले गरेको छ।

त्यसैगरी आज बिहान करिब साढे ६ बजे झापाको मेचीनगर नगरपालिका ७ स्थित पूर्वपश्चिम राजमार्गमा तीव्र गतिमा रहेको प्रदेश नम्बर १(०१(०१७ प ७४४ नम्बरको मोटरसाइकलले विपरित दिशाबाट आउँदै गरेको साइकललाई ठक्कर दिँदा एक पुरुषको मृत्यु भएको छ।

मृत्यु हुनेमा मेचीनगर नगरपालिका(७ बस्ने अन्दाजी ५० वर्षीय बिगेन राजबंसी छन्। उनी साइकल चालक हुन्।

दुर्घटनामा मोटरसाइकल चालक मेचीनगर( ६ घर भएका २० वर्षीय अभिशेक लिम्बु र मोटरसाइकलको पछाडी सावार सोही ठाउँका २१ वर्षीय रमेश श्रेष्ठ घाइते भएका छन्।

दुर्घटनामा घाइते भएका तीनैजनालाई उपचारको लागि बिर्तामोडमा रहेको बीएन्डसी अस्पतालमा पुर्याइएको थियो। घाइतेमध्ये साइकल चालक राजबंसीको उपचारको क्रममा मृत्यु भएको हो। घाइते दुवै युवकको अवस्था खतरामुक्त रहेको प्रहरीले जनाएको छ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

५ दिनभित्र होल्डिङ सेन्टर खाली गर्न सरकारको अल्टिमेटम

२०१८ सालको हत्याकाण्ड : गगनलाई रविन्द्र मिश्रको काउन्टर?

सम्बन्धित

५ दिनभित्र होल्डिङ सेन्टर खाली गर्न सरकारको अल्टिमेटम

एमालेले विष्णु पौडेल पक्राउविरुद्ध संसदमा सशक्त प्रतिवाद गर्ने

२०१८ सालको हत्याकाण्ड : गगनलाई रविन्द्र मिश्रको काउन्टर?

रास्वपाको सहमहामन्त्रीमा रमेश प्रसाईं र यज्ञमणि न्यौपानेको उम्मेदवारी घोषणा

रास्वपाको जारी महाधिवेशन अन्तर्गत प्रतिनिधिको विवरण सार्वजनिक

विष्णु पक्राउसँगै एमाले ‘अलर्ट मोड’मा, ओली निवासमा साँझ निर्णायक छलफल

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group