ABC NEWS NEPAL | No.1 News channel of Nepal
२ भदौ २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

फालेलुङका बाढीपहिरो प्रभावितलाई राहत वितरण


एबीसी न्यूज
२७ आश्विन २०८१, आइतबार   ३ : १८   बजे

काठमाडौं २७ असोज । पाँचथरको फालेलुङ गाउँपालिकाका बाढीपहिरो पीडितलाई राहत वितरण सुरु गरिएको छ । असोज १२ गतेको बाढीपहिरोका कारण विस्थापित भएका घर परिवारलाई राहत वितरण गर्न थालिएको हो ।

फालेलुङ गाउँपालिका, जिल्ला विपत् व्यवस्थापन समिति, नेपाल रेडक्रस सोसाइटी, हेल्भेटास नेपाल आदी संस्थाले एकद्वार प्रणालीमा आबद्ध भई राहत वितरण गरेका हुन् ।

गाउँपालिकाको वडा स्तरीय सर्वेक्षण र प्रहरीले तयार पारेको प्रतिवेदनको आधारमा राहत प्रदान गरिएको रेडक्रस सोसाइटी पाँचथरका कार्यकारी अधिकृत गुरुराज तिम्सिनाले जानकारी दिनुभयो ।

फालेलुङ गाउँपालिका केन्द्र थकेपुङमा पायक पर्ने प्रभावितहरूलाई राहत प्रदान गर्दै शुक्रबार सुरु गरेर वडा वडामा पुगी वडाकै जनप्रतिनिधिको रोहवरमा पीडितलाई राहत वितरण गर्ने क्रम जारी रहेको तिम्सिनाको भनाइ छ ।

वडा नम्बर २,३ र ४ का पीडितलाई पालिका केन्द्र थकेपुङ र ५ र ६ का प्रभावितहरूलाई ६ नम्बर वडा कार्यालयमा झिकाएर राहत प्रदान गरिएको थियो ।

यसअघि हाम्रो सहारा पाँचथरले पनि राहत प्रदान गरेको थियो । भाँडाकुँडा र खाद्यान्न सहितको सामग्री प्रदान गरिएको संस्थाका अध्यक्ष गजेन्द्र राईले जानकारी दिनुभयो । हालसम्म फालेलुङका ५८ घर परिवारलाई राहत प्रदान गरिएको जिल्ला प्रशासन कार्यालयका नायव सुब्बा प्रकाश अधिकारीले जानकारी दिनुभयो । विपद् व्यवस्थापन समितिले प्रभावित परिवार सङ्ख्याको आधारमा रकम प्रदान गरिरहेको छ ।

अधिकारीका अनुसार ५ जनाभन्दा धेरै सदस्य भएको परिवारलाई २० हजार र ५ जनाभन्दा कम सदस्य भएको परिवारलाई १५ हजारको दरले राहत रकम उपलब्ध गराएको छ ।

त्यस्तै गाउँपालिकाले प्रभावितलाई सुरक्षित स्थानमा राख्ने र खाद्यान्न सहित औषधीहरू उपलब्ध गराएको पालिका अध्यक्ष वीरविक्रम थाम्सुहाङले जानकारी दिनुभयो । रेडक्रसले नन फुड आइटम वितरण गरिरहेको छ भने हेल्भेटास नेपालले खाद्यान्न सहितका आवश्यक सामग्रीहरू पालिकालाई उपलब्ध गराएको छ ।

फालेलुङमा तीन सय बढी घरपरिवार विस्थापित भएका छन् । विस्थापितहरूलाई राहत प्रदान गर्ने र पुनर्स्थापना गर्ने काम क्रमशः भइरहेको थाम्सुहाङले जानकारी दिनुभएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

प्रधानमन्त्री र गण्डकी मुख्यमन्त्रीबीच सिंहदरबारमा भेटवार्ता

खाँडाचक्र नगरपालिका क्षेत्रमा पहिरो, घर जोखिममा

सम्बन्धित

महान्यायाधिवक्ता नियुक्ति आफ्नो ‘कार्यकारी विशेषाधिकार’ भएको प्रधानमन्त्री बालेनको दाबी

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

पाँचथरमा पाँच वर्षमा बाढी–पहिरोबाट ४८ जनाको मृत्यु, ३७६ परिवार विस्थापित

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

लमजुङमा पहिरोले घर भत्किंदा बाबु-छोरीको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu