ABC NEWS NEPAL | No.1 News channel of Nepal
३१ असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बीपी राजमार्गमा मंगलबारदेखि रुट अनुमति लिएका सबै सवारीसाधन सञ्चालन गर्न सकिने


एबीसी न्यूज
२८ आश्विन २०८१, सोमबार   ३ : ३०   बजे

काठमाडौं २८ असोज । बाढीपहिरोका कारण अवरुद्ध बीपी राजमार्गमा भोलि मंगलबारदेखि यस सडकका लागि रुट अनुमति लिएका सबै प्रकारका सवारीसाधन सञ्चालन गर्न सकिने भएको छ।

सडक डिभिजन भक्तपुरका सूचना अधिकारी, इन्जिनियर सुमनराज बस्नेतका अनुसार बीपी राजमार्गअन्तर्गत भकुण्डेबेँसी बर्खेखोला खण्ड ९काभ्रे० को करिब ८ किलोमिटरभन्दा बढी लम्बाइको सडक बाढीले बगाएको स्थानमा ट्र्याक निर्माण गरी हाल साना सवारीसाधनका लागि मात्र आवागमन खुलाइएको छ।

‘अहिले साना सवारीसाधन मुस्किलले चलिरहेका छन्’, उनले नेपालखबरसँग भने, ‘चौकीडाँडा र माम्ती खोलानजिकको डाइभर्सनमा आज साँझसम्म सुधार गरिने र यसपछि भोलि ९मंगलबार० बाट थप सहज हुने अपेक्षा छ।’

 

सडक डिभिजन भक्तपुरले सोमबार ९आज० सूचना जारी गरी भनेको छस् चौकीडाँडा र माम्ती खोलानजिकको डाइभर्सनमा आज साँझसम्म सुधार गरी यसअघि बीपी राजमार्गमा यातायात सञ्चालनका लागि अनुमति प्राप्त सवारीसाधन सावधानीपूर्वक सञ्चालन गर्न योग्य हुने बेहोरा सर्वसाधारण सबैलाई जानकारी गराइन्छ।

तर उक्त खण्डमा सुक्खा पहिरो झर्ने सम्भावना रहेकाले रातिको समयमा यात्रा नगर्न अनुरोध पनि डिभिजन कार्यालयले सचेत गराएको छ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

उचित मूल्य नपाएको भन्दै माइतीघरको सडकमा टमाटर फालेर विरोध प्रदर्शन

पर्यटन प्रवर्द्धनमा सरकारले द्रुत गतिमा काम सुरु गरेको छ : प्रधानमन्त्री

सम्बन्धित

सार्वजनिक पदाधिकारी र अवकाशप्राप्त व्यक्तिहरूको सम्पत्ति छानबिन रोक्न अन्तरिम आदेश

रास्वपाबाटै सरकारको आलोचना हुन थालेपछि संसद बैठक दुई हप्ता स्थगित

पर्यटन प्रवर्द्धनमा सरकारले द्रुत गतिमा काम सुरु गरेको छ : प्रधानमन्त्री

एमालेको प्रश्न– नयाँ रोजगारी सिर्जना गर्ने कि भइरहेको काम खोस्ने

सदनमा प्रतिपक्षको प्रश्न– सरकारमाथि आत्महत्या दुरुत्साहनको मुद्दा आकर्षित हुँदैन ?

संसद्‍मा विपक्षी सांसदले भनिन्– धिक्कार छ सीमा जोगाउन नसक्ने सरकार र सेनालाई

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu