ABC NEWS NEPAL | No.1 News channel of Nepal
२ भदौ २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

दशैँ बिदामा बन्द रहेका सरकारी तथा सार्वजनिक कार्यालय आजदेखि खुल्दै, काठमाण्डौ भित्रने नाकामा गाडीको चाप


एबीसी न्यूज
२९ आश्विन २०८१, मंगलबार   १० : ५९   बजे

काठमाडौं २९ असोज । दशैँ बिदामा बन्द रहेका सरकारी तथा सार्वजनिक कार्यालय आजदेखि खुल्दैछन् । आश्विनशुक्ल सप्तमी अर्थात् फूलपातीका दिनदेखि हिजो द्वादशीसम्म बन्द रहेका कार्यालय आजदेखि खुल्न लागेका हुन् ।

आज सरकारी तथा सार्वजनिक कार्यालय खुल्ने भएकाले काठमाण्डौ उपत्यकासहित देशैभरका शहरमा विस्तारै चहलपहल बढन् थालेको छ । दशैँमा १३ लाख जना काठमाण्डौबाट बाहिरिएपछि चहलपहल कम बनेको काठमाण्डौँमा भिडभाड बढ्न लागेको छ ।

काठमाण्डौ उपत्यका बाहिर स्थायी बसोबास भएका तथा मान्यजनको हातबाट दशैँमा टीका तथा आशीर्वाद ग्रहण गर्न गएका कर्मचारी, विद्यार्थी, शिक्षक, व्यापारीलगायत फर्केपछि काठमाण्डौ उपत्यकाको जनजीवन सामान्य बन्दै गएको छ ।

यसपटक धेरैजसो सडकको यात्रा कष्टकर हुने भएकाले पनि जरुरी काम पर्नेबाहेक अरुले खासै यात्रा गरेका छैनन् । कतै सडक एकतर्फी मात्रै खुलेका छन् भने दुईतर्फी खुलेका सडक पनि धुलाम्मे र हिलाम्मे छन् । काठमाण्डौलाई पूर्वी नेपालसँग जोड्ने भरपर्दो मानिएको बीपी राजमार्गको १२ किलोमिटर सडक नै बाढीले बगाएपछि यो सडकको यात्रा अनिश्चित छ ।

अस्थायी डाइभर्सन बनाएर सडक एकतर्फी रुपमा चलाए पनि बेला बेला झर्ने सुक्खा पहिरोले यात्रा जोखिमपूर्ण बनाएको छ । साना नीजि गाडी चलेपछि ठूला सार्वजनिक गाडी बीपी राजमार्ग हुँदै चल्न सकेका छैनन् । ठूला गाडी नचलाउन र साना गाडीमा पनि फोर ह्विलर चलाउन सडक विभागले आग्रह गरेको छ ।

बीपी राजमार्गको विकल्पमा हेटौँडाबाट काठमाण्डौ आउने गाडीका कारण हेटौँडा–काठमाण्डौ छोटा सडकमा गाडीको चाप छ । कान्ति लोकपथको ललितपुरको बगुवामा बाग्मतीले पुल नै बगाएपछि बनाएको अस्थायी डाइभर्सन एकतर्फी हुँदा लामोे जाम हुने गरेको छ । फर्पिङ–कुलेखानी सडक पनि धेरै ठाउँमा एकतर्फी छ । त्रिभुवन राजपथ हुँदै नौबिसे निस्किएर काठमाण्डौ आउने सडक भने ठिकठाक रहेको छ ।

यस्तै, काठमाण्डौ–नौबिसे मुग्लिन सडक ठाउँ ठाउँमा पहिरोले बिग्रिएकाले कतै जाम र कतै कष्टकर यात्रा रहेको छ । पूर्व पश्चिम राजमार्गको नारायणगढ–बुटवल सडक धुलाम्मे र खाल्डाखुल्डी हुँदा यात्रुले दुख पाइरहेका छन् भने गाडी बिग्रने समस्या पनि बढेको छ ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

आज पाँच संसदीय समितिको बैठक बस्दै

काठमाडौंमा आज पनि वर्षाको सम्भावना

सम्बन्धित

महान्यायाधिवक्ता नियुक्ति आफ्नो ‘कार्यकारी विशेषाधिकार’ भएको प्रधानमन्त्री बालेनको दाबी

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

पाँचथरमा पाँच वर्षमा बाढी–पहिरोबाट ४८ जनाको मृत्यु, ३७६ परिवार विस्थापित

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

लमजुङमा पहिरोले घर भत्किंदा बाबु-छोरीको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu