ABC NEWS NEPAL | No.1 News channel of Nepal
२ भदौ २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

एमाले पार्टी कार्यालय प्रकरणमा प्रधानमन्त्री ओली र गुरुङको शाख उठेन- खतिवडा


एबीसी न्यूज
२९ आश्विन २०८१, मंगलबार   ११ : ११   बजे

काठमाडौं २९ असोज । सरकारको नेतृत्व गरिरहेको नेकपा एमालेको केन्द्रीय कार्यालय भाटभटेनीका सञ्चालक मीनबहादुर गुरुङले निर्माण गर्ने विषयको आलोचना सत्तासहयात्री कांग्रेसका नेताहरूले पनि गर्न थालेका छन् । एमालेको पार्टी कार्यालय निर्माणको विषयले प्रधानमन्त्री केपी शर्मा ओली र व्यवसायी तथा समाजसेवी गुरुङको शाख गिरेको रूपमा सत्तारुढ कांग्रेसका केन्द्रीय सदस्य रामहरि खतिवडाले प्रतिक्रिया दिएका छन् ।

प्रतिनिधिसभा अन्तर्गतको राज्यव्यवस्था तथा सुशासन समिति सभापतिसमेत रहेका कांग्रेस केन्द्रीय सदस्य खतिवडाले एमाले केन्द्रीय कार्यालय निर्माणको विषयलाई लिएर सामाजिक सञ्जालमार्फत टिप्पणी गरेका छन् । आफूले एमालेको पार्टी केन्द्रीय कार्यालय निर्माणको विषयमा नलेखी बस्न नसकेको पनि खतिवडाले लेखेका छन् । नेकपा एमालेको पार्टी अफिस प्रकरणमा प्रधानमन्त्री केपी ओली र समाजसेवी मीनबहादुर गुरुङ दुवैको शाख उठेन । के हुँदैछ आफैले बुझ्दा अझ राम्रो । केही नलेखेर बस्न मन थियो तर मन मानेन, खतिवडाले लेखेका छन् ।

बाढीपहिरोले जनता मारमा परेको बेला सरकारको नेतृत्व गरिरहेका प्रधानमन्त्रीको पार्टीलाई व्यापारीले अर्बौंको पार्टी केन्द्रीय कार्यालय निर्माण गर्ने विषय रहेको भन्दै खतिवडाले टिप्पणी गरेका हुन् । उनले ओली र गुरुङलाई प्रश्न गरेका छन्, यो समयमा विपत्ती पीडितलाई दुवै जनाले सहयोग गरेको भए कति राम्रो हुन्थ्यो होला रुु

भाटभटेनीका सञ्चालक गुरुङले कीर्तिपुरमा एमालेका लागि पार्टी कार्यालय दान दिने भएका छन् । गुरुङले दान गरेको १० रोपनी १४ आना जग्गामा दसैंको अघिल्लो दिन प्रधानमन्त्री ओलीले एमालेको केन्द्रीय कार्यालय शिलान्यास गरेका थिए । उक्त जग्गामा केन्द्रीय कार्यालय आफ्नै पैसाले बनाएर गुरुङले एमालेलाई दान दिने गरी काम अघि बढेको हो । एमाले केन्द्रीय कार्यालय २०८२ को दसैं अघि निर्माण सम्पन्न गरेर एमालेलाई हस्तान्तरण गरिने बताइएको छ ।

एमालेको कार्यालय व्यापारीलाई बनाउन दिने कुराको आलोचना भइरहेको छ । एमाले स्थायी कमिटी सदस्य बिन्दा पाण्डले पार्टी कार्यकर्ता र मतदाताको अपमान हुने गरी केन्द्रीय कार्यालय व्यापारीबाट दानमा लिने निर्णय सच्याउन माग गरेकी छन् । यस प्रकरणमा सत्ता सहयोगी कांग्रेस नेताले पनि टिप्पणी गरेका हुन् ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

आज पाँच संसदीय समितिको बैठक बस्दै

काठमाडौंमा आज पनि वर्षाको सम्भावना

सम्बन्धित

महान्यायाधिवक्ता नियुक्ति आफ्नो ‘कार्यकारी विशेषाधिकार’ भएको प्रधानमन्त्री बालेनको दाबी

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

पाँचथरमा पाँच वर्षमा बाढी–पहिरोबाट ४८ जनाको मृत्यु, ३७६ परिवार विस्थापित

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

लमजुङमा पहिरोले घर भत्किंदा बाबु-छोरीको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu