ABC NEWS NEPAL | No.1 News channel of Nepal
३ भदौ २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

दरबन्दी नपाएपछि पठनपाठनमा समस्या


मनिषा लामिछाने
९ कार्तिक २०८१, शुक्रबार   ८ : ५१   बजे

तुलसीपुर (दाङ) । तुलसीपुर उपमहानगरपालिका-१२ स्थित पशुपति मावि हरिपौरीमा कक्षा ११ र १२ सञ्चालन भएको चार वर्षसम्म पनि दरबन्दी नपाएपछि पठनपाठनमा समस्या भएको छ ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष खगेन्द्र अधिकारीका अनुसार हाल माविका लागि एकजना राहत र एकजना स्थायी शिक्षकमात्र रहेकाले पठनपाठनमा समस्या छ । हामीले व्यवस्थापन सङ्काय चलाएको चार वर्ष भयो, अहिलेसम्म शिक्षक अभाव छ । एक राहत र एक जनामात्र स्थायी छन्, हामीले निजी स्रोतबाट शिक्षक ल्याएर पढाउनुपर्ने अवस्था छ ।

निजी स्रोतका शिक्षकलाई वार्षिक रु ११ लाख तलब दिनुपर्ने अवस्था रहेको अध्यक्ष अधिकारीले बताए । निजी शिक्षकलाई आंशिक रूपमा राखिएको छ । कक्षा ११ र १२ का विद्यार्थीबाट केही शुल्क लिने गरेको भन्दै त्यहीबाट नै तलब दिने गरिएको उनले बताए । निजी शिक्षकको तलबमा वार्षिक रु पाँच लाख घाटा भएको उनले गुनासो गरे ।

अभिभावकको सहयोग र विद्यालयको जग्गा भाडाबाट उठेको रकमबाट उक्त घाटा पूर्ति हुने गरेको छ । यस विषयमा पटकपटक सम्बन्धित निकायमा ध्यानाकर्षण गराइएको तर सुनुवाइ नभएको उनको दुखेसो छ ।

गरिब, पिछडिएका वर्ग र द्वन्दपीडितलगायत आर्थिक अवस्था कमजोर भएकालाई निःशुल्क पढाइने यो विद्यालयबाट एसइई उत्तीर्ण गरी कक्षा ११ मा भर्ना हुने तथा वडा कार्यालयले सिफारिस गरेका विद्यार्थीलाई निःशुल्क गर्ने निर्णय गरेको हो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

अधिकारमाथिको हमला नरोकिए सडकबाटै प्रतिवाद गर्नुपर्ने हुन सक्छ : प्रचण्ड

एमालेमा पनि बिजोग अवस्था छ, आवाराहरूले के–के गर्न थाले भन्ने सुन्नमा आइरहेको छ : माधव नेपाल

सम्बन्धित

नेपालमा हरित हाइड्रोजनको सम्भावनाबारे पुस्तक सार्वजनिक

सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार प्राथमिकतामा : शिक्षामन्त्री पोखरेल

शिक्षकको करियर विकासलाई प्राथमिकता दिएर शिक्षा ऐन बनाउन गण्डकीका सरोकारवालाको सुझाव

पिपल्स क्याम्पसले व्यवस्थापन शिक्षामा अनुसन्धान र प्रविधिलाई प्राथमिकता दिने

रास्वपा सांसद जोशीको आरोप : ‘सरकार शिक्षा क्षेत्रबाट पन्छिन खोज्दैछ’

पोखरा विश्वविद्यालयमा पहिलोपटक इन्जिनियरिङतर्फ पीएचडी कार्यक्रम, आवेदन खुल्यो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu