काठमाडौं ११ कात्तिक । वामपन्थी ज्येष्ठ नागरिकहरूले विचारधारात्मक एकताका आधारमा अघि बढ्न र मुख्य मुद्दाहरूमा एकताबद्ध भइ अघि बढ्न कम्युनिस्ट पार्टीहरूलाई अपिल गरेका छन्।
यही कात्तिक ९ र १० गते पोखरामा सम्पन्न ‘वामपन्थी ज्येष्ठ नागरिक मिलन कार्यक्रम गण्डकी’ ले यस्तो अपिल गरेको हो।
कार्यक्रमबाट ११ बुँदे प्रस्ताव पारित गरिएको छ।
‘स्वदेश र प्रवासमा रहेर भूमिगत तथा खुलारुपमा संगठित हुदै जेल, नेल तथा कठोर यातना सहेर जीवनको आहुती दिँदै गणतन्त्र स्थापना गर्नका लागि अहिले उमेर र सक्रियताका दृष्टिले जीवनको उत्तरार्धमा पुग्दै गरेको पुस्ताको योगदानलाई पछिल्लो पुस्तासम्म हस्ताान्तरण गर्ने काम भने राम्रोसँग भइराखेको छैन’ संयोजक कृष्णप्रसाद आचार्यद्वारा जारी विज्ञप्तिमा उल्लेख छ, ‘त्यो खाँचो पुरा गर्ने उद्देश्यले खासगरि निरंकुश पञ्चायती शासनको कालखण्डमा आन्दोलनमा समावेश भएर आफ्नो युवा उमेर व्यतित गर्नुभएका ज्येष्ठ नागरिकहरुको अनुभव तथा योगदानको स्मरण गर्दै एकआपसमा अनुभव आदान प्रदान गर्र्ने उद्देश्यले यहि २०८१ कार्तिक ९ र १० गते पोखरामा ज्येष्ठ वामपन्थी मिलन कार्यक्रम आयोजना गरियो।’
कार्यक्रममा गण्डकीका मनाङ, मुस्ताङ, वागलुङ, पर्वत, कास्की, स्याङ्जा, तनहुँ, लमजुङ, गोर्खा, नवलपुर र आमन्त्रीत पाँचथर र काठमाडौंका समेत गरि १२ जिल्लाका १८० जनाजति ९केही इण्ट्री हुन नसकेका समेत० ज्येष्ठ वामपन्थीहरु सहभागि थिए। दुई दिनसम्म हरेकको इतिहास, कम्युनिस्ट आन्दोलनको विगत वर्तमान र भविष्यका विषयमा छलफल गरिएको थियो।
कार्यक्रममा नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नेकपा एकिकृत समाजवादी, क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल कम्युनिस्ट पार्टी, राष्ट्रिय जनमोर्चा समेत कम्युनिस्ट पार्टीका प्रतिनिधिहरूले शुभकामना दिएका थिए।
कार्यक्रममा उपस्थितहरुको उमेर ७० देखि ९३ वर्षसम्म रहेको थियो।
यसैगरि आन्दोलनको इतिहासका दृष्टिले नेकपा एमाले, माओवादी केन्द्र, नेकपा मशाल, नेकपा मसाल, चौथो महाधिवेशन, वनारसमा पुष्पलालसँग भेटेर काम थालेको र कम्युनिस्ट आन्दोलनका विभिन्न हाँगामा विभाजित रहेको पंक्ति, गण्डकी धौलागिरी क्रान्तिकारी दल माले, नेपालको कम्युनिस्ट संगठन ९मालेमा०, मजदुर किसान पार्टी, सर्वहारा श्रमिक संगठन लगायतका विभिन्न समुहमा काम गरेका वामपन्थी तथा कम्युनिस्टहरुको उपस्थिती रहेको थियो।
पारित प्रस्तावहरु
१। गण्डकी प्रदेशका जेष्ठ वामपन्थीहरूको यस ऐतिहासिक भेला देशको आमूल परिवर्तन र समाजवाद स्थापनाको ध्येयबाट अभिप्रेरित भएर विगतका विभिन्न शान्तीपूर्ण तथा सशस्त्र आन्दोलनका क्रममा सहादत प्राप्त गर्नु भएका सम्पूर्ण ज्ञात अज्ञात शहिदहरू, घाइतेहरू र वेपत्ता योद्धाहरूको बलिदानी भावनाको उच्च कदर गर्दछ र तीनिहरुप्रति उच्च सम्मान व्यक्त गर्दछ।
२। यो भेला सहभागी हुन इच्छुक तर स्वास्थ्य र विभिन्न कनिाइका काठिनाइका कारण भेलामा सहभागी हुन नसक्नु भएका अनेकौँ कष्ट, हण्डर, जेल, नेलको सामना गर्दै जीवनको आफ्नो अमूल्य समय कम्युनिस्ट आन्दोलनको वीजारोपण र यसको सम्वर्द्धनमा लगाउनु भएका जेष्ठ कम्युनिस्ट मित्रहरूको सुस्वास्थ्य र आरोग्यताको कामना गर्दछ।
३। गण्डकी प्रदेशका जेष्ठ वामपन्थीहरूको यो भेला वाम एकतातर्फको सकारात्मक कदम हो। यहाँ हामी स्वतन्त्र एवं सबै दलका पक्षधर वामपन्थी क्रान्तिकारीहरू बडो सौहार्दका साथ छलफल र अन्तक्र्रियामा सहभागि भयौं। यस्तो सद्भावपूर्ण कार्यबाट शिक्षा लिँदै हामी देशका सम्पूर्ण वाम दलहरूलाई आपसी कटूता र वैमनस्यता त्यागी कम्युनिस्ट एकताको पक्षमा दह्रो गरी उभिन र त्यसका लागि आ–आफ्नो स्थानबाट प्रयत्न गर्न हार्दिक अनुरोध गर्दछौँ। अल्पकालिन राजनीतिक हितहरुलाई भन्दा समजावादतिरको यात्रालाई सुनिस्चित गर्ने विचारधारात्मक एकताका आधारमा अघि बढ्न र मुख्य मुद्धाहरुमा एकतावद्ध भइ अघि बढ्न पनि हामी कम्युनिस्ट पार्टीहरुलाई अपिल गर्दछौं।
४। यो भेला देशका गण्डकीमा सक्रिय रहेका सम्पूर्ण वाम दलहरूसमक्ष कम्युनिस्ट क्रान्तिकारीहरू र योद्धाहरूको व्यक्तिगत अभिलेख तयार गरी प्रदेशस्तरीय कम्युनिस्ट आन्दोलनको इतिहास तयार गर्ने दिशामा कदम चाल्न अपील गर्दछ।
५। वर्तमान अवस्थामा जनताको हित गर्ने उद्देश्यसाथ मुलुकको विभिन्न स्थानमा खोलिएका केही सहकारी संस्थाहरूमा हुन गएको भ्रष्टाचार र रकम अपचलनले गर्दा सहकारी आन्दोलन नै प्रश्नको कठघरामा उभिन पुगेको छ। जनताले दुःखसाथ बचत गरेको रकम हिनामिना भएको छ। सम्बन्धित दोषीमाथि अविलम्ब कारवाही गर्न र सहकारी पीडित जनताको रकम फिर्ता गर्ने कार्यमा पहल गर्न यो भेला सरकारको ध्यान आकृष्ट गर्दछ।
६। देशमा वर्तमान समयमा लागु भइरहेको निजीकरण र उदारीकरणको नीतिले शिक्षा, स्वास्थ्य, कृषि र उद्योगजस्ता क्षेत्रहरूलाई सङ्कटमा पार्नुका साथै रोजगारी र जनजीविकामा नकारात्मक प्रभाव पर्नुका साथै देशको अर्थतन्त्र धराशायी बनाउँदै लगेको छ भन्ने हाम्रो ठहर छ। रोजगारीको अभावमा लाखौ युवा विदेशिने र ग्रामीण क्षेत्रहरू उजाड बन्ने क्रम बढ्दो छ। यो भेला सम्पूर्ण लोकतन्त्र र समाजवादका पक्षधर दलहरूसमक्ष दलाल पुँजीवादको संरक्षण गर्ने निजीकरणको आर्थिक नीति अन्त्य गर्दै स्वतन्त्र राष्ट्रिय अर्थतन्त्र निर्माणको दिशा अवलम्बन गर्न आह्वान गर्दछ।
७। यो भेला नेपालको कालापानी लगायतको सिमा क्षेत्रमा जारी भारतीय हस्तक्षेप र अतिक्रमणको जोडदार विरोध गर्दछ तथा कुटनीतिक वार्ता र संभव प्रयत्नको माध्यमबाट सीमा विवाद र अतिक्रमणको अन्त्यका लागि प्रयास थाल्न सरकारसमक्ष जोडदार माग गर्दछ।
८। नेपालको जटिल भूराजनीतिक अवस्थिति र शक्ति राष्ट्रहरुको बढ्दो चलखेलका कारण हाम्रो सर्वभौम अधिकारमा चुनौती थपिएका छन्। हामी नेपालको राजनीतिक निर्णय प्रक्रियामा पछिल्लो समय बढ्दै गएको अमेरिका लगायतका शक्तिकेन्द्रको हस्तक्षेपको विरोध गर्छौं र सरकारलाई नेपालको भूमि कुनैपनि मित्रराष्ट्रका विरुद्ध प्रयोग हुन नदिने नीतिलाई निरन्तरता दिन माग गर्दछौं।
९। यो भेला देशको अखण्डता र सार्वभौमिकतामा आँच आउने खालका विदेशी राष्ट्रहरूसँगका विगतमा भएका असमान सन्धी संझौताहरूलाई खारेज गर्न जोडदार माग गर्दछौँ।
१०। यो भेला रुस र युक्रेनबीचको युद्धको शान्तिपूर्ण समाधान चाहन्छ।
११। यो भेला प्यालेष्टाइनी जनतामाथि भएको बर्वर इजरायली हमलाको सशक्त विरोध गर्दछ र संयुक्त राष्ट्रसङ्घसमक्ष इजरायली ज्यादती रोकी प्यालेष्टाइनी जनताको हकअधिकारको संरक्षण गर्न र मध्यपूर्व समस्याको स्थायी समाधान गर्नका लागि उचित कदम चाल्न अनुरोध गर्दछ।
प्रतिक्रिया दिनुहोस्