ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

५ वटा उद्योगले किस्ता तिरेपछि प्राधिकरणले लाइन जोड्यो, २९ वटाले अझै आनाकानी गर्दै


एबीसी न्यूज
१२ कार्तिक २०८१, सोमबार   १ : ३४   बजे

काठमाडौं १२ कात्तिक ।   नेपाल विद्युत् प्राधिकरण टसमस नभएपछि र चौतर्फी दबाबका कारण केही उद्योगले विद्युत् महसूलको किस्ता बुझाउन थालेका छन् ।

ट्रङ्क र डेडिकेटेड लाइनको प्रयोग गरेबापतको महसूल तिर्न पटक पटक समय दिँदा र किस्ता तिर्न सहजीकरण गर्दा पनि महसूल नतिरेपछि प्राधिकरणले गएको बिहीवार ३४ वटा उद्योगको लाइन काटिदिएको थियो ।

उद्योगीहरूले महसूल तिर्नुको साटो प्रधानमन्त्री र ऊर्जामन्त्रीलाई भेटेर प्राधिकरणले हतोत्साही बनाएको भन्दै अहिलेकै अवस्थामा महसूल नतिर्ने कुरा दोहोर्‍याएका थिए । प्रधानमन्त्री केपी शर्मा ओलीले यो विषयको दीर्घकालीन समाधान खोज्ने प्रतिबद्धता जनाउनुभएको थियो ।

महसूल तिर्न छाडेर राजनीति गर्दै हिँडेको भन्दै चौतर्फी आलोचना भएपछि केही उद्योगले भने किस्तामा रकम बुझाउन थालेका छन् । प्राधिकरणले लाइन काटेकोमा किस्ताबन्दीमा रकम बुझाउन थालेपछि पाँच वटा उद्योगको लाइन जोडिएको प्राधिकरणले जनाएको छ । साढे नौ करोड रुपैयाँभन्दा धेरै बक्यौता भएको सर्वोत्तम सिमेन्टले ३७ लाख रुपैयाँ तिरेर किस्ता तिर्न थालेको छ । सर्वोत्तमको लाइन जोडिएको प्राधिकरणले जनाएको छ ।

ट्रङ्क र डेडिकेटेड लाइनको बिजुली प्रयोग गरेका ४९ वटा उद्योगले महसूल तिरेका थिएनन् । यसमध्ये सात वटाले अदालतबाट अन्तरिम आदेश लिएर बसेका छन् । ६ वटा उद्योगले किस्ताबन्दीमा नियमित महसूल तिरिरहेका छन् । दुई वटा सरकारी उद्योगले पनि तिरेका छैनन् । बाँकी रहेका ३४ वटा उद्योगलाई प्राधिकरणले पटक पटक म्याद दिँदा पनि उनीहरूले महसूल नतिरेपछि लाइन काटेको हो । पाँच वटाले किस्ता बुझाउन थालेकाले लाइन जोडिएको छ भने २९ वटा उद्योगको लाइन अझै काटिएको छ ।

प्राधिकरणले यसअघि गएको असारमा उद्योगको लाइन काटेपछि प्रधानमन्त्री केपी शर्मा ओली र ऊर्जामन्त्री दीपक खड्काले उद्योगको लाइन काट्नै नहुने भन्दै संसद्देखि सार्वजनिक मञ्चबाटै प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको आलोचना गर्नुभएको थियो । त्यसपछि प्राधिकरणले तीन महिनाको समय दिएकोमा तोकिएको समयमा महसूल नतिरेपछि गएको बिहीवारदेखि फेरि लाइन काटिदिएको छ । ट्रङ्क र डेडिकेटेड लाइन दिएबापत प्राधिकरणले ६ अर्ब ६० करोड ७८ लाख रुपैयाँ बक्यौता उठाउन बाँकी रहेको छ ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको अर्थ–राजनीतिक खाका : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्म (पूर्णपाठ)

गृहमन्त्रीले खान लागेको अम्लेटमा माछाको काँडा भेटिएको होटललाई ३ लाख जरिवाना

सम्बन्धित

रास्वपाको अर्थ–राजनीतिक खाका : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्म (पूर्णपाठ)

सभापतिमा रवि लामिछाने निर्विरोध–रास्वपा निर्वाचन आयोग

विष्णु पौडेललाई ७ दिन थुनामा राख्न अदालतको अनुमति

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

बालेनलाई चुनावमा गाडी दिने व्यक्तिको बयानले विष्णु पौडेल पक्राउ परेका हुन् ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group