ABC NEWS NEPAL | No.1 News channel of Nepal
३१ असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

निर्मला कुर्मीलाई न्याय माग्दै कांग्रेस पार्टी कार्यालय अगाडि प्रदर्शन


एबीसी न्यूज
१२ कार्तिक २०८१, सोमबार   ५ : ००   बजे

काठमाडौं १२ कात्तिक । नेपालगञ्जकी निर्मला कुर्मीको न्याय माग्दै अधिकारकर्मी रुबी खान नेतृत्वको समूहले सत्तारुद्ध नेपाली कांग्रेसको सानेपास्थित पार्टी कार्यालय अगाडि प्रदर्शन गरेको छ ।

खानसहितका महिलाहरुले ८१ दिनदेखि माइतीघर मण्डलामा प्रदर्शन गर्दै आएका थिए । तर, सुनुवाइ नभएको भन्दै उनले सत्तारुद्ध दल कांग्रेसको केन्द्रीय कार्यालय अगाडि प्रदर्शन थालेकी हुन् ।

‘आज साँझ ५ बजेसम्म धर्ना दिने र निर्मला कुर्मीको न्यायका लागि ध्यानाकर्षण पत्र बुझाउने कार्यक्रम छ’, उनले अनलाइनखबरसँग भनिन्, ‘सरकारले न्याय नदिएसम्म आन्दोलन गरिरहन्छौं ।’

निर्मला कुर्मी बेपत्ता प्रकरणको अनुसन्धानलाई लिएर सरकारले उनीसँग चार पटक वार्ता र सहमति गरिसकेको छ ।

गृह मन्त्रालयले बनाएको छानबिन समितिले कांग्रेसबाट प्रदेशसभामा निर्वाचित सांसद् बादशाह कुर्मीलाई शंकास्पद मान्दै थप अनुसन्धान हुनुपर्ने भनेको छ । प्रहरीले यो मामलामा लामो समयदेखि अनुसन्धान गरिरहेको बताए पनि अदालतमा मुद्दा पुगेको छैन ।

‘हाम्रो माग पनि प्रहरीले सरकारी वकिल र सरकारी वकिलले अदालतमा मुद्दा टेकाइदियोस् भन्ने हो’ खानले भनिन्, ‘यही विषयमा कांग्रेस नेताहरुलाई हामी ध्यानाकर्षण पत्र पनि बुझाउनेछौं ।’

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

आफ्नै सरकारमाथि रास्वपा सांसदकै प्रश्न, बढ्दै आन्तरिक असन्तुष्टि

रातिभन्दा दिउँसो धेरै भूभागमा भारी वर्षाको पूर्वानुमान

सम्बन्धित

आफ्नै सरकारमाथि रास्वपा सांसदकै प्रश्न, बढ्दै आन्तरिक असन्तुष्टि

देशभर ५० प्रतिशत धान रोपाइँ सम्पन्न

नक्कली शरणार्थी प्रकरणमा कसलाई कति सजाय ?

ट्रम्पले फिर्ता लिए स्ट्रेट अफ होर्मुज हुँदै यात्रा गर्ने जहाजमा २० प्रतिशत शुल्क लगाउने प्रस्ताव

स्पेन विश्वकपको फाइनलमा, फ्रान्सलाई २–० ले हराउँदै प्रभावशाली जित

विश्वकप २०२६ मा कुन क्लबका खेलाडीले गरे सबैभन्दा धेरै गोल? रियल म्याड्रिड शीर्षमा, पीएसजी दोस्रो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu