ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

ढिलासुस्तीलाई सरकारले सहँदैनः मुख्यमन्त्री आचार्य


एबीसी न्यूज
१३ कार्तिक २०८१, मंगलबार   १ : १८   बजे

काठमाडौं १३ कात्तिक । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले पूर्वाधार निर्माणमा हुने ढिलासुस्तीलाई सरकारले नसहने बताउनुभएको छ । निर्माणको जिम्मा लिने तर समयमा काम सम्पन्न नगर्ने प्रवृत्तिलाई अन्त्य गर्ने योजना सरकारले बनाएको जानकारी दिदै उहाँले ढिलासुस्तीलाई नसहने स्पष्ट पार्नुभयो ।

दाङको धार्मिक पर्यटकीयस्थल बाह्रकुने दहमा मंगलबार आयोजना गरिएको छलफल कार्यक्रममा मुख्यमन्त्री आचार्यले पूर्वाधार निर्माणमा हुने ढिलासुस्तीलाई सरकारले नसहने, अटेरी गर्ने निर्माण व्यवसायीलाई कालोसूचीमा राखेर कारबाही गरिने समेत चेतावनी दिनुभयो । बाह्रकुने दह क्षेत्रमा बहुउद्देश्यीय पार्क निर्माणको योजना अघि बढे पनि त्यो कामले गति नलिएको बारे स्थलगत अनुगमकनका लागि मुख्यमन्त्री आचार्य पुग्नु भएको थियो ।

उहाँले निर्माण व्यवसायीलाई समयमा काम सम्पन्न गर्न निर्देशन समेत दिनुभयो । ‘निर्माण व्यवसायीको आफ्नो ईज्जत र प्रतिष्ठा बचाउनका निमित्त पनि यो काम समयमा सम्पन्न गर्नुपर्छ’ उहाँले भन्नुभयो, ‘काम नगरेका कारण सरकारले निर्माण व्यवसायीलाई कालोसूचीमा राख्छ । त्यसैले समयमा काम सक्नुस ।’

घोराही उपमहानगरपालिका –१३ मा रहेको बाह्रकुने दह क्षेत्रमा बहुउद्देश्यीय पार्क निर्माणको योजना सञ्चालनमा छ । उद्योग, पर्यटन तथा यातायात मन्त्रालय अन्तर्गत पर्यटन डिभिजन कार्यालयबाट ६ करोड ६ लाखमा निर्माणको अघि बढेको हो । नागाअर्जुन–शिव निर्मल जेभी सल्यानले जिम्मेवारी पाएको थियो । बहुउदेश्यीय पार्क अन्तर्गत दहको मुल गेट, ड्यामलगायतका पूर्वाधार निर्माणको काम गर्नेगरी सम्झौता गरिएको थियो । तर, निर्माण व्यवसायीले प्रभावकारी रुपमा काम अघि बढाउन नसकेको गुनासो आएपछी मुख्यमन्त्री र विभागिय मन्त्रीले यस बारेमा गम्भिर चासो दिनु भएको हो ।

ब्रहाक्षेत्र संरक्षण सम्बर्धन तथा धार्मिक समितिका अध्यक्ष देवबहादुर घर्तीको अध्यक्षतामा भएको कार्यक्रममा उद्योग, पर्यटन तथा यातायात व्यवस्थामन्त्री प्रचण्डविक्रम न्यौपानेले सम्वोधन गर्दै पर्यटकीय क्षेत्रलाई पूर्वाधारमा सम्पन्न बनाउनेगरी सरकारले योजना अघि बढाएको बताउनुभयो । पर्यटन क्षेत्रको विकासका लागि प्रदेश सरकारले बृहत योजना अघि सारेकाले त्यसमा नागरिक तहबाट सहयोग आवश्यक पर्ने धारणा राख्नुभयो ।

लुम्बिनी प्रदेशलाई पर्यटन सर्किट निर्माण गरेर एकआपसमा जोड्ने संकल्प प्रदेश सरकारले लिएको छ । त्यही संकल्प अन्तर्गत पर्यटन पूर्वाधारको निर्माण गरिन थालिएको छ । लुम्बिनी भ्रमणमा आउने पर्यटकलाई १२ जिल्लाका धार्मिक तथा पर्यटकीय स्थलमा पुगाउने र धेरै दिनको भ्रमण गराउने गरी पर्यटन सर्किटको अवधारणा अघि सारिएको हो । प्रदेश सरकारले यस बर्ष घुमौं बर्दियाको अभियान पनि चलाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

विष्णु पक्राउसँगै एमाले ‘अलर्ट मोड’मा, ओली निवासमा साँझ निर्णायक छलफल

पहिलो हाफमा अल्जेरियाविरूद्ध जोर्डनलाई १-० को अग्रता

सम्बन्धित

विष्णु पक्राउसँगै एमाले ‘अलर्ट मोड’मा, ओली निवासमा साँझ निर्णायक छलफल

मेसी र हालान्डको जादु, एम्बाप्पेको दोहोरो प्रहार : विश्वकपमा रोमाञ्चक दिन

पहिलो हाफमा अल्जेरियाविरूद्ध जोर्डनलाई १-० को अग्रता

नवलपुरमा ईभी हाइस दुर्घटना, आठ जना घाइते

गोल र नेतृत्व दुवैमा अब्बल एम्बाप्पे, विश्वकप २०२६ को गोल्डेन बुटको दाबेदार

भक्तपुरमा एक युवकको हत्या: तीन जना पक्राउ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group