काठमाडौं २१ कात्तिक । कोशी प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री लिलाबल्लभ अधिकारीले राजीनामा दिने भएका छन् ।अनुमति र जानकारीबिनै जापान भ्रमणमा गएपछि उनी विवादमा तानिएका हुन् ।
उनले केही बेरमा मन्त्रालयमा राजीनामा दिने मुख्यमन्त्रीका प्रेस सल्लाहकार विक्रम लुइँटेलले जानकारी दिए ।
लुइँटेलका अनुसार मन्त्रीहरूले विदेश भ्रमणमा जाँदा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमार्फत् परराष्ट्र मन्त्रालयको सहमति लिनुपर्ने व्यवस्था छ । तर, मन्त्री अधिकारी कसैलाई थाहै नदिइ कार्यक्रममा भाग लिन गत कात्तिक १३ मा सुटुक्क जापान उडेका थिए । उनी टोकियो महानगरले आयोजनामा भएको कार्यक्रममा भाग लिन गएको बताइएको छ ।
प्रतिक्रिया दिनुहोस्