ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

रवि लामिछानेलाई मंगलबार भैरहवा ल्याइने, रम्तेल र गुरुङसँग बयान जारी


एबीसी न्यूज
२६ कार्तिक २०८१, सोमबार   १ : ०३   बजे

काठमाडौं २६ कात्तिक । सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धिकरण मुद्दाको अनुसन्धानका लागि कास्की प्रहरी हिरासतमा रहेका रास्वपाका सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेलाई मंगलबार भैरहवा ल्याईने भएको छ ।

पोखराको सूर्यदर्शन सहकारीको रकम अपचलन मुद्दामा कास्की अदालतबाट पुर्पक्षका लागि कास्कीमै थुनामा रहेका सुप्रिमको रकम अपचलनमा संलग्न कुमार रम्तेल र शिवबहादुर गुरुङलाई रूपन्देही प्रहरीले भैरहवा ल्याएर शुक्रबारदेखि सरकारी वकिलसमक्ष बयान भइरहेको छ ।

बुटवलको सुप्रिम बचत तथा ऋण सहकारी संस्थाको रकम गोर्खा मिडिया नेटवर्कमा लगेर अपचलन गरेको कसुरमा जारी रहेको अनुसन्धानका लागि बयान लिन रविलाई भैरहवा ल्याउन लागिएको हो । उनी कात्तिक २ गतेदेखि कास्की प्रहरी हिरासतमा छन् । रूपन्देही प्रहरीले यस अघि गोर्खा मिडिया नेटवर्कका उपाध्यक्ष एवं पूर्व डिआईजी छविलाल जोशी बञ्जाडेसँग भैरहवामै बयान लिएको थियो ।

रूपन्देही प्रहरी प्रमुख प्रहरी उपरीक्षक रञ्जितसिंह राठौरले मंगलबार बिहान भैरहवा ल्याएलगत्तै बयान सुरु हुने बताए । ‘हामीले मंगलबार ९भोलि० पहिलो फ्लाईटबाट ल्याएर भोलिदेखि नै बयान लिने गरी तयारी गरेका छौं,’ उनले भने, ‘सरकारी वकिल कार्यालयले पनि त्यहीअनुसार तयारी गरिरहेको छ ।’

पोखराको सूर्यदर्शन सहकारीको रकम अपचलन सम्बन्धमा कास्की प्रहरीमा रहेका लामिछानेलाई कास्की जिल्ला अदालतले आइतबार १३ दिन हिरासतमै राखेर अनुसन्धान गर्न समय दिएको छ । त्यही समयभित्र रूपन्देहीमा पनि बयान गराएर पुनः कास्की नै पठाउने गरी तयारी गरिएको प्रहरीले जनाएको छ । तीनरचार दिनमै बयान सकेर कास्की नै पठाईने एसपी राठौरले बताए ।

रुपन्देही जिल्ला अदालतले बुटवलस्थित सुप्रिम बचत तथा ऋण सहकारी संस्थाको १४ करोड २९ लाख ३६ हजार रुपैयाँ गोर्खा मिडिया नेटवर्क प्रालिमा लगेर खर्च गरेको कसुरमा अनुसन्धान गर्न लामिछाने, जिबी राईसहित १२ जनालाई पक्राउ गर्न कात्तिक ८ गते अनुमति दिएको थियो । बुटवलस्थित सुप्रिम सहकारीबाट १ करोड ९६ लाख रवि लामिछानेकै नाममा र १४ करोड २९ लाख रुपैयाँ छविलाल जोशी, कुमार रम्तेलसहितका विभिन्न व्यक्ति र संस्थामार्फत गोर्खा मिडिया नेटवर्क प्रालिमा पुगेको संसदीय छानबिन विशेष समिति र रूपन्देही प्रहरीको अनुसन्धान प्रतिवेदनमा उल्लेख छ ।

लामिछानेको नाममा बुटवल उपमहानगरपालिका–९ राजमार्ग चौराहा कार्यालय रहेको सुप्रिम बचत तथा ऋण सहकारी संस्थाबाट २०७७ चैत १८ मा २ करोड ऋण लिएको अनुसन्धानबाट खुलेको छ । २ करोडमध्ये संस्थाले काट्ने सेवा शुल्क कटाएर लामिछानेले १ करोड ९६ लाख ऋण लगेका छन् ।

ऋण लैजाने क्रममा उनी गोर्खा मिडिया नेटवर्कमा कार्यकारी निर्देशक थिए। त्यस्तै गोर्खा मिडियाकै उपाध्यक्ष बञ्जाडेको नाममा पनि २ करोड ५० लाख रुपैयाँ ऋण लिएको अनुसन्धानबाट देखिएको छ । उनले २०७७ माघ २९ गते २ करोड ५० लाख मध्ये ५ लाख सेवा शुल्क कटाएर २ करोड ४५ लाख रुपैयाँ ऋण लिएको प्रतिवदेनमा देखिन्छ । लामिछाने र बञ्जाडे दुवैको नाममा गोर्खा मिडिया नेटवर्कको ग्लोबल आईएमइ बैंकको खातामा रकम जम्मा भएको अनुसन्धानले देखाएको छ ।

प्रहरीले अहिले तयार गरिरहेको अनुसन्धान प्रतिवेदनमा लामिछानेको नाममा प्रवाह गरिएको ऋणको भौचर सुप्रिम सहकारीका व्यवस्थापक सागर केसीले सदर गरेका छन् । गुल्मीको मालिका गाउँपालिका–८ घर भएका ३० वर्षीय सागर केसी अहिले फरार छन् ।

केसीले भौचर सदर गरेर रोशनी गुरुङले गोर्खा मिडिया नेटवर्कको नाममा रहेको बैंक खातामा रकम जम्मा गरेको अभियोग पत्रमा उल्लेख छ । रोशनी यसअघि नै अदालतबाट धरौटीमा रिहा भएकी छन् । सहकारीका अध्यक्ष ओम प्रकाश गुरुङ भने पुर्पक्षका लागि जिल्ला कारागार रुपन्देहीमा रहेका छन् ।

सुप्रिम सहकारीका १० हजार ३ सय ९१ बचतकर्ताले जम्मा गरेको १ अर्ब ७ करोड रकम मध्ये झण्डै ७८ करोड रकम सुप्रिमबाट अनियमित तबरले विभिन्न संघ संस्थामा लगेर खर्च गरिएको छ । संस्थाका पूर्व अध्यक्ष एवं अहिलेका संरक्षक गितेन्द्रबाबु राई, तत्कालीन सचिव दीपेश पुन, व्यवस्थापक सागर केसीसहित ३२ जना भन्दा बढी व्यक्तिले अनधिकृत रुपमा रकम लगेर खर्च गरेको र सहकारीमा फिर्ता नगरेको अनुसन्धानबाट खुलेको छ ।

तीमध्ये जिबी राई, सागर केसीसहितका २५ भन्दा बढी फरार छन् । सुप्रिमका अध्यक्ष ओमप्रकाश गुरुङ पुर्पक्षका लागि थुनामा छन् । रवि लामिछानेका नामबाट गोर्खा मिडिया नेटवर्कमा रकम जम्मा गर्ने सुप्रिमकी कर्मचारी रोशनी गुरुङसहित ६ जना धरौटी बुझाएर छुटेका छन् ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको सहमहामन्त्रीमा रमेश प्रसाईं र यज्ञमणि न्यौपानेको उम्मेदवारी घोषणा

माधव र प्रचण्डबाट पार्टी चल्दैन ः पूर्व प्रधानमन्त्री खनाल , भिडियो

सम्बन्धित

रास्वपाको सहमहामन्त्रीमा रमेश प्रसाईं र यज्ञमणि न्यौपानेको उम्मेदवारी घोषणा

रास्वपाको जारी महाधिवेशन अन्तर्गत प्रतिनिधिको विवरण सार्वजनिक

विष्णु पक्राउसँगै एमाले ‘अलर्ट मोड’मा, ओली निवासमा साँझ निर्णायक छलफल

मेसी र हालान्डको जादु, एम्बाप्पेको दोहोरो प्रहार : विश्वकपमा रोमाञ्चक दिन

पहिलो हाफमा अल्जेरियाविरूद्ध जोर्डनलाई १-० को अग्रता

नवलपुरमा ईभी हाइस दुर्घटना, आठ जना घाइते

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group