ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कालिकोट दुर्घटना: ५ सिटे बोलेरोमा चढेका थिए १९ यात्रु


एबीसी न्यूज
२६ कार्तिक २०८१, सोमबार   १ : ३१   बजे

काठमाडौं २६ कात्तिक । आइतबार दिउँसो करिब ३ बजे कालिकोटमा भएको जिप दुर्घटना मृत्यु हुनेको संख्या ७ पुगेको छ। कालिकोटको पलाता गाउँपालिका–३ राडुनेटामा कर्णाली प्रदेश १ ज ५६ नम्बरको बोलेरो दुर्घटनामा परेको हो।

मृत्यु हुनेमा पलाता गाउँपालिका–६ की दशकला शाही, पदम बम, भगवती रोकाया र गणेश शाही, पलाता–५ की छाँया शाही, पलाता–३ का दमन रोकाया र सल्यान घर भएका ४५ वर्षीय चालक धनीराम रावत रहेका छन्। रावतको उपचारको क्रममा प्रदेश अस्पताल कालागाउँमा मृत्यु भएको हो।

चालक सहित १९ जना सवार रहेको उक्त जिप दुर्घटनामा पर्दा १३ जना घाइते भएका छन्। उनीहरुको प्रदेश अस्पताल कालागाउँ सुर्खेतमा उपचार भइरहेको छ।

 

घाइतेमध्ये केही १ जनाको उपचारको क्रममा मृत्यु भएको हो भने अन्य उपचाररत केही घाइतेको अवस्था पनि गम्भीर रहेको प्रदेश अस्पतालका एक चिकित्सकले जानकारी दिए।

घाइते हुनेमा पलाता गाउँपालिका–६ का केशव थापा, किशोर थापा, विजय थापा, रिदम शाही, प्रतीक्षा शाही, आशिष रोकाया र भूपेन्द्र रोकाया छन्।

यस्तै, पलाता गाउँपालिका–५ का दोली विक र आयुशा विक, पलाता–३ का दानबहादुर रोकाया, निर्मला रोकाया र जगत रोकायालाई नेपाली सेनाको हेलिकोप्टरबाट उद्धार गरेर उपचारका लागि प्रदेश अस्पताल सुर्खेतमा उपचार भइरहेको छ।

जिप दुर्घटना हुनुको मुख्य कारण ग्रामिण सडक र क्षमताभन्दा बढी यात्रुको भार रहेको प्रहरीको भनाइ छ। जिल्ला प्रहरी कार्यालय कालिकोटका प्रमुख डीएसपी टेकहादुर रावतले दुईवर्ष अघि मात्रै सडक खनिएको सडक कच्ची थियो। ५ सिट क्षमतको बोलेरोमा १९ जना यात्रु चढ्दा दुर्घटना भएको उनले बताए।

‘जिल्ला सदरमुकामबाट घटनास्थल पुग्न करिब ५ देखि ६ घण्टा लाग्छ। यो पालिका बाजुरा जिल्लाको सिमानामा पर्छ। म आफै घटनास्थल पुगेर फर्किदैछु,’ डीएसपी रावतले भने, ‘घटनास्थल हेर्दा कच्ची र साघँुरो सडक तथा सिट क्षमता भन्दा धेरै यात्रु संख्या देखिन्छ। घटनास्थलमा मुचुल्का बनाएर दुर्घटनाको थप कारण पनि बुझ्दै छौँ।’

दुई वर्षअघि ट्र्याक खुलेको ग्रामिण सडकमा क्षमता भन्दा बढी यात्रुका कारण उकालो चढ्न नसक्दा बोलेरो सडकबाट ब्याक भएर ५ सय मिटर तल खसेर दुर्घटना भएको डीएसपी रावतले जानकारी दिए।

प्रहरीका अनुसार ग्रामिण क्षेत्रमा सवारी साधन प्राय नहुने, यात्रुलाई गन्तव्यमा पुग्नै पर्ने, जसका कारण बोलेरोको भित्र र बाहिर बसेर यात्रा गर्नुपर्ने बाध्यता छ।

दुर्घटना भएको सडकमा कहिलेकाहीँ बोलेरो जिप मात्रै हिँड्ने गरेको थियो। त्यस क्षेत्रमा प्रहरी चेक पोष्ट केही नभएको प्रहरीले जनाएको छ।

साँघुरो सडक, पुराना गाडी र सिट क्षमता भन्दा दोब्बर तेब्ब्र यात्रु संख्या बोक्दा कर्णालीमा दुर्घटना हुने गरेको प्रदेश प्रहरी कार्यालय कर्णाली प्रदेशले जनाएको छ।

यस्तै, कालिकोटका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईले ग्रामिण सकड सञ्जाल र त्यसमाथि क्षमताभन्दा तेब्बर बढी यात्रु बोकेकाले घटना घटेको जानकारी दिए।

उनले भने, ‘सिट क्षमता भन्दा धेरै यात्रु, साँघुरो र कच्चि सडक भएकाले उकालोमा चड्न नसक्दा जिप अनियन्त्रित भएर दुर्घटना भएको देखिन्छ। कालिकोटका धेरै जसो गाउँमा अन्य सवारीसाधन चल्दैनन्। बोलेरो मात्रै चल्ने गरेको छ। गाडी किन्दा सबै मापदण्ड पूरा गरिएको हुन्छ, तर, गाडी साउले मान्दैनन्। त्यसमा पनि एउटै मात्र गाडी चल्ने भएकाले सबैले एकैपटकमा यात्रा गर्न खोज्दा दुर्घटना भएको देखिन्छ।’

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

२०१८ सालको हत्याकाण्ड : गगनलाई रविन्द्र मिश्रको काउन्टर?

रास्वपाको सहमहामन्त्रीमा रमेश प्रसाईं र यज्ञमणि न्यौपानेको उम्मेदवारी घोषणा

सम्बन्धित

२०१८ सालको हत्याकाण्ड : गगनलाई रविन्द्र मिश्रको काउन्टर?

रास्वपाको सहमहामन्त्रीमा रमेश प्रसाईं र यज्ञमणि न्यौपानेको उम्मेदवारी घोषणा

रास्वपाको जारी महाधिवेशन अन्तर्गत प्रतिनिधिको विवरण सार्वजनिक

विष्णु पक्राउसँगै एमाले ‘अलर्ट मोड’मा, ओली निवासमा साँझ निर्णायक छलफल

मेसी र हालान्डको जादु, एम्बाप्पेको दोहोरो प्रहार : विश्वकपमा रोमाञ्चक दिन

पहिलो हाफमा अल्जेरियाविरूद्ध जोर्डनलाई १-० को अग्रता

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group