ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रहरीलाई झुक्याएर हाउजिङमा बसिरहेका थिए मनाङे


एबीसी न्यूज
२७ कार्तिक २०८१, मंगलबार   ३ : ५८   बजे

काठमाडौं २७ कात्तिक । गण्डकी प्रदेशका सांसद तथा पूर्वमन्त्री राजिव गुरुङ दीपक मनाङे मंगलबार बिहान पक्राउ परे । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबी को टोलीले सानो भर्‍याङको कम्फर्ट हाउजिङस्थित आफन्त कहाँ बसेको अवस्थामा पक्राउ गरिएको सीआईबीका एआईजी दीपक थापा बताउँछन् ।

सर्वोच्च अदालतले फैसला सुनाउपछि मनाङेलाई पक्राउ गर्न सीआईबीका साथै काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय र जिल्ला प्रहरी परिसर काठमाडौंको टोली परिचालन भएका थिए । अन्ततः एक हप्ताको रेकीपछि सीआईबीको टोलीले मनाङेलाई बिहान १०स् ४० बजे नियन्त्रणमा लिएको थियो ।

एक अधिकृतका अनुसार सीआईबीको टोली पुग्दा मनाङेले कम्फर्ट हाउजिङस्थित आफन्तको घरमा बसिरहेका थिए । ‘हामी बेलैमा पुगेछौं । अलिकति ढिलो भएको भए मनाङे पनि भागिसक्ने रहेछन्’, ती अधिकृत भन्छन् ।

प्रहरी टोली देखेपछि मनाङेले भने ‘किन आएको, म आफैं आइहाल्थे नि १’ भनेका थिए । ‘म आफैं आइहाल्थे । आउँछु भनेर विज्ञप्तीमार्फत जानकारी पनि गराएकै थिएँ’ मनाङेलाई उद्धृत गर्दै एक अधिकृतले भने ।

२३ कात्तिकमा मनाङले विज्ञप्ति जारी गर्दै पूर्णपाठ सार्वजनिक भएपछि अदालतमा उपस्थित हुने बताएका थिए । ‘‘मेरो कानून व्यवसायीलाई फैसलाको नक्कल सार्न पठाएँ, तर अदालतबाट फैसलाको संक्षिप्त पाठ तयार नभएको भन्ने जानकारी आयो’ विज्ञप्तिमा भनिएको छ, ‘सर्वोच्च अदालतबाट फैसलाको पूर्णपाठ लिखित रुपमा प्राप्त भएपछि अदालतमा उपस्थित हुने जानकारी गराउन चाहन्छु ।’

हरेक दिन सिम फेर्थे मनाङे

सर्वोच्च अदालतका न्यायाधीशद्वय डा। नहकुल सुवेदी र टेकप्रसाद ढुंगानाको इजलासले २० कात्तिकमा उच्च अदालतको फैसला सदर गर्दै ५ वर्ष कैद सदर गर्दा मनाङे काठमाडौंमै थिए ।

फैसला सार्वजनिक भएपछि मनाङेको मोबाइल अफ थियो । प्रहरीले उनको मोबाइल लोकेशन हेर्दा अन्तिम पटक सामाखुसीस्थित तिलिङेटार देखिएको थियो । त्यसपछि उनको मोबाइल अफ भएकाले अनुसन्धानमा खटिएको प्रहरी टोलीले मनाङे काठमाडौं लुकेर बसेको हुनसक्ने निष्कर्ष निकालेका थिए ।

मनाङेले नियमित चलाउने मोबाइल नम्बर अफमै राखे । तर हरेक दिन नयाँनयाँ सिम कार्ड प्रयोग गरेर मोबाइल चलाइराखेको पाइएको छ । ‘आज मात्रै मनाङेले ४ वटा सिम परिर्वतन गरेका थिए’, एक अनुसन्धान अधिकृतले भने ।

सिम कार्ड फेरे पनि मोबाइल सेट पुरानै थियो । उक्त मोबाइल सेटमा कुन सिम लाग्यो भन्ने पत्ता लगाएर ५ पटकसम्म सीआईबीको टोली पक्राउ गर्न गएको थियो । तर मनाङेले मोबाइल लोकेशन एकातिर देखाएर कम्फर्ट हाउजिङमा लुक्ने गरेको प्रहरीले दाबी छ ।

प्रहरीलाई झुक्याउन उनले मोबाइल विभिन्न ठाउँमा पुर्‍याउने र त्यहाँ पुगेपछि अफ गर्न लगाउने गरेको खुलेको सीआईबीका एक अधिकृतले बताए । ‘बूढानीलकण्ठ, नयाँबजार, बानियाँटार लगायतका लोकेशनमा अफ भएको देखाएर झुक्याउने, आफूचाहिँ हाउजिङमा लुक्ने गरेको पाइयो’, उनले भने ।

के हो मनाङेको मुद्दा ?

दीपक मनाङेको समूहले २०६१ वैशाख ३१ गते काठमाडौंको महाराजगञ्जस्थित चुफाङ रेष्टुरेन्टमा अर्का डन मिलन चक्रे भनिने मिलन गुरुङलाई तरबार हानेका थिए । उक्त घटनालाई लिएर जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले मनाङे समूह विरुद्ध ज्यान मार्ने उद्योगको कसुरमा मुद्दा दर्ता गरेको थियो ।

जिल्ला अदालत, काठमाडौंले ज्यान मार्ने उद्योग नभई कुटपिट भएको ठहर गर्दै मनाङेलाई २ वर्ष जेल सजाय सुनायो भने गणेश लामा, रेवत कार्की, रमेश सुनुवार र उमेश लामालाई सफाइ दियो ।

फैसलाविरुद्ध सरकारी वकिलको कार्यालय तत्कालीन पुनरावेदन अदालत, पाटन गयो । अदालतले ज्यान मार्ने उद्योग ९प्रयास० गरेको ठहर गर्दै मनाङेलाई ५ वर्ष जेल सजाय सुनायो भने अरुलाई सफाइ दिने जिल्ला अदालतको फैसलालाई सदर गरेको थियो ।

सरकारी वकिलको कार्यालय, मनाङे बाहेकका चार जनालाई पनि सजाय माग गर्दै सर्वोच्च गयो । मनाङ जेल बाहिरै रहे । २०७४ मा मनाङबाट स्वतन्त्र सांसद निर्वाचित भएपछि मनाङे २०७५ वैशाखमा अदालतमा उपस्थित भएर डिल्लीबजार कारागार चलान भए । १० वर्ष भन्दा कम जेल सजाय भएको मुद्दामा जेलबाहिर रहेर पुर्पक्ष गर्न पाइने कानुनी व्यवस्था अनुसार छुटे ।

सर्वोच्चमा मुद्दा विचाराधीन रहेकै अवस्थामा मनाङे पटक–पटक मन्त्री बने । २०७९ मा निर्वारोध चुनाव मात्र जितेनन्, दुई पटक मन्त्री भए । पछिल्लो पटक कांग्रेस र एमाले मिलेर सरकार बनेपछि भौतिक पूर्वाधार खोसेर वन मन्त्रालय दिएपछि राजीनामा दिए । २० कात्तिकमा सर्वोच्चको फैसला आयो ।

त्यही फैसला कार्यान्वयनका क्रममा पक्राउ परेका मनाङेलाई आजै डिल्लीबजार कारागार चलान गरिएको छ । जिल्ला अदालत काठमाडौंको फैसला कार्यान्वयन अधिकारीले डिल्लीबजार कारागार चलाउन आदेश दिएका हुन् । उनले २ वर्ष ८ महिना कैद बसिसकेका मनाङे अझै २ वर्ष ४ महिना कैद बस्न बाँकी नै छ ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको सहमहामन्त्रीमा रमेश प्रसाईं र यज्ञमणि न्यौपानेको उम्मेदवारी घोषणा

माधव र प्रचण्डबाट पार्टी चल्दैन ः पूर्व प्रधानमन्त्री खनाल , भिडियो

सम्बन्धित

रास्वपाको सहमहामन्त्रीमा रमेश प्रसाईं र यज्ञमणि न्यौपानेको उम्मेदवारी घोषणा

रास्वपाको जारी महाधिवेशन अन्तर्गत प्रतिनिधिको विवरण सार्वजनिक

विष्णु पक्राउसँगै एमाले ‘अलर्ट मोड’मा, ओली निवासमा साँझ निर्णायक छलफल

मेसी र हालान्डको जादु, एम्बाप्पेको दोहोरो प्रहार : विश्वकपमा रोमाञ्चक दिन

पहिलो हाफमा अल्जेरियाविरूद्ध जोर्डनलाई १-० को अग्रता

नवलपुरमा ईभी हाइस दुर्घटना, आठ जना घाइते

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group