काठमाडौं २ मंसिर । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका गुणस्तर मापन तथा नियमन महाशाखा प्रमुख डा। सरोज शर्मालाई स्वास्थ्य बीमा बोर्डको निमित्त कार्यकारी निर्देशकको जिम्मेवारी दिइएको छ ।
स्वास्थ्यमन्त्री प्रदीप पौडेलले मन्त्रिस्तरीय निर्णय मार्फत डा। शर्मालाई थप जिम्मेवारी प्रदान गरेका हुन् । मन्त्रिपरिषद्बाट नयाँ कार्यकारी निर्देशक नियुक्त नभएसम्मका लागि उनलाई आर्थिक र प्रशासनिक अधिकारसहित यो जिम्मेवारी दिइएको हो ।
यसअघि बोर्डका कार्यकारी निर्देशक दामोदर बसौलाको कार्यकाल गत आइतबार समाप्त भएको थियो । यस्तै बोर्डका अध्यक्ष रहेका डा। गुणराज लोहनीले गत भदौको अन्तिम साता राजिनामा दिएपछि अध्यक्ष विहीन भएको हो ।
नेपालमा २५ चैत २०७२ मा कैलाली जिल्लाबाट सुरु भएको स्वास्थ्य बीमा कार्यक्रम अहिले ७७ वटै जिल्ला र ७५३ वटै स्थानीय तहमा पुगेको छ ।
प्रतिक्रिया दिनुहोस्