काठमाडौं २ मंसिर । सुनको भाउ तोलामा एक सय रुपैयाँले घटेर एक लाख ६० हजार रुपैयाँमा झरेको छ । अघिल्लो हप्ता लगातारजसो घटेको सुनको भाउ यो हप्ताको पहिलो कारोबार दिनमा पनि घटेको हो ।
यस्तै चाँदीको भाउ पनि तोलामा पाँच रुपैयाँले घटेर तोलाको एक हजार नौ सय पाँच रुपैयाँमा काराबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्