ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नेपाल–चीनको जनस्तरमा सम्वन्ध विस्तार -नेता पोखरेल


एबीसी न्यूज
३ मंसिर २०८१, सोमबार   १ : ३५   बजे

काठमाडौं ३ मंसिर । नेकपा एमाले का बरिष्ठ उपाध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री ईश्वर पोखरेलले नेपाल र चीनविच अनेक ऐतिहासिक, गहिरो र मैत्रीपूर्ण सम्वन्ध रहेको बताउनुभएको छ ।

उहाँले अब त्यस्तो सम्बन्धलाई दुई देशका जनताको तहमा विस्तारित गर्न दुई देशका प्रदेश र स्थानीय तहबिच भगिनी सम्बन्ध बृद्धि गर्न प्रस्ताव गर्नुभएको छ । नेकपा ९एमाले० को उच्च स्तरीय प्रतिनिधि मण्डलको नेतृत्व गर्दै चीन भ्रमणमा रहनु भएका पोखरेलले चीनका विभिन्न स्थानमा आयोजित औपचारिक तथा अनौपचारिक कार्यक्रममा यस्तो प्रस्ताव गर्नु भएको हो ।

जवाफमा चिनियाँ नेता तथा जनप्रतिनिधिले त्यसतर्फ अघि बढ्न सकिने बताउनुभयो । हुवई प्रदेश जनसरकारद्वारा आयोजित विशेष कार्यक्रमलाई सम्वोधन गर्दै बरिष्ठ उपाध्यक्ष पोखरेलले भन्नुभयो, “चीन र नेपाल सरकार तथा चिनियाँ कम्युनिष्ट पार्टी र नेकपा ९एमाले० विच गहिरो ऐतिहासिक सम्वन्ध छ । अब जनस्तरमा पनि सम्वन्ध विस्तार गर्न जरुरी छ ।”

दुई देशका जनताबिच आत्मीय सम्बन्ध विस्तार गर्न गत हप्ता मात्र लुम्बिनी प्रदेशका मुख्यमन्त्रीले गर्नुभएको भगिनी प्रदेश सिचुवान र तिब्बतको नाछु प्रदेशका प्रमुखले गर्नुभएको भगिनी पालिका टोखा नगरपालिकाको भ्रमणले महत्वपूर्ण योगदान गरेको उहाँले स्मरण गर्नुभयो ।

उहाँले मित्रताको साक्षी इतिहास, भुगोल, राजनीतिक, धार्मिक, सांस्कृतिक लगायतका ऐतिहासिक पक्ष रहेको स्मरण गर्नुभयो । हुवई प्रदेश जनसरकारका गभर्नर तथा चिनिया कम्युनिष्ट पार्टी हुवई प्रदेश पार्टीका महासचिब वाङ जोङलिङले चीन र नेपालविच सम्वन्ध राम्रो र भविष्य उज्ज्वल रहेको चर्चा गर्दै सम्वन्ध र सहयोग आदान प्रदानका अनेक क्षेत्र रहेको बताउनुभयो ।

यसैगरी हुवई विश्वबिद्यालयमा आयोजित कार्यक्रममा बरिष्ठ उपाध्यक्ष पोखरेलले नेपालको प्रगतिमा चीनको सहयोग र सदभाव प्रशंसनीय रहेको स्मरण गर्दै चीनमा नेपाली बिद्यार्थीले अध्ययन र बिज्ञता हासिल गर्ने अनुकुल वातावरण बन्ने अपेक्षा गर्नुभयो ।

विश्वबिद्यालयका उपाध्यक्ष ल्यु चिहङले बैज्ञानिक शिक्षा बिस्तारमा सहयोग आदान प्रदान भइरहेको चर्चा गर्दै भविष्यमा थप प्रगति हुने आशा ब्यक्त गर्नुभयो । भ्रमणका क्रममा बरिष्ठ उपाध्यक्ष पोखरेल नेतृत्वको टोलीले हुवई प्रदेशको इन्सी नगरपालिका लगायतका स्थानहरुको अवलोकन गरेको थियो । नेपाली टोलीलाई चीनका विभिन्न तहका जनसरकार लगायत विभिन्न निकायले स्वागत गरिरहेका छन् ।

टोली सोमबार चीनको राजधानी बेइजिङ प्रस्थान गर्दैछ । पोखरेलले त्यहाँ आयोजित औपचारिक कार्यक्रमलाई सम्वोधन गर्नुहुनेछ । बेइजिङमा उच्चस्तरीय भेटवार्ता समेत हुनेछ ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बालेनलाई चुनावमा गाडी दिने व्यक्तिको बयानले विष्णु पौडेल पक्राउ परेका हुन् ?

रविको राजनीतिक प्रतिवेदनः राष्ट्रियसभा गैरदलीय, उपराष्ट्रपति सभाध्यक्ष (पूर्णपाठ)

सम्बन्धित

विष्णु पौडेललाई ७ दिन थुनामा राख्न अदालतको अनुमति

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

बालेनलाई चुनावमा गाडी दिने व्यक्तिको बयानले विष्णु पौडेल पक्राउ परेका हुन् ?

रविको राजनीतिक प्रतिवेदनः राष्ट्रियसभा गैरदलीय, उपराष्ट्रपति सभाध्यक्ष (पूर्णपाठ)

खगेन्द्र सुनारको अभिव्यक्तिमा शक्तिको मात र अहंकार झल्किन्छ : रक्षा बम

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group