ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

चिनियाँ विदेशमन्त्री वाङसँग परराष्ट्रमन्त्री राणाको भेटवार्ता मंसिर १५ मा


एबीसी न्यूज
४ मंसिर २०८१, मंगलबार   ६ : ४७   बजे

काठमाडौं ४ मंसिर । चिनियाँ विदेशमन्त्री वाङ यीसँग परराष्ट्रमन्त्री डा। आरजु राणाको १५ मंसिर ९३० नोभेम्बर० मा भेटवार्ता तय भएको छ।

प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणअघि बेइजिङ जान लागेकी मन्त्री राणाको त्यहाँ पुगेको भोलिपल्ट चिनियाँ समकक्षी वाङसँग भेटवार्ता हुन लागेको हो।

जानकारी अनुसार, मन्त्री राणा जापान हुँदै बेइजिङ जान लागेकी हुन्। उनको जापानयात्रा भने दुई पक्षीय नभई स्वास्थ्य उपचारका लागि हुन लागेको हो।

 

जापानका लागि उनी ११ मंसिर ९२६ नोभेम्बर० मा काठमाडौँबाट प्रस्थान गर्नेछिन्। स्वास्थ्य परीक्षणका लागि त्यहाँ ३ दिन बिताएर उनी १४ मंसिरमा बेइजिङतर्फ लाग्नेछिन्।

परराष्ट्रमन्त्री राणाले गत भदौ पहिलो हप्ता भारत भ्रमण गरेकी थिइन्। संयोगवस त्यो भ्रमणपनि स्वास्थ्य परीक्षणकै सिलसिलामा भएको थियो।

 

स्वास्थ्य परीक्षणका लागि नयाँदिल्ली जाने भएपछि मन्त्री राणालाई भारतले औपचारिक भ्रमणकै निम्तो दिएको थियो। त्यसक्रममा भारतीय समकक्षी एस। जयशंकरका अलावा प्रधानमन्त्री नरेन्द्र मोदीसँग समेत भेटवार्ता गरेकी थिइन्।
बेइजिङ पुगेको भोलिपल्ट चिनियाँ समकक्षीसँग भेटवार्ता हुने भएपनि चिनियाँ प्रधानमन्त्री ली छियाङ र राष्ट्रपति सी चिनफिङसँग भेटवार्ता हुने–नहुने यकिन भएको छैन।

काठमाडौँस्थित परराष्ट्र मन्त्रालयले चिनियाँ राजदूतावास र बेइजिङस्थित नेपाली राजदूतावासले चिनियाँ राष्ट्रपति र प्रधानमन्त्रीसँग परराष्ट्रमन्त्रीको भेटवार्ता गराउने प्रयास जारी राखेका छन्।

औपचारिक रुपमा प्रधानमन्त्री ओलीको चीन भ्रमणको मिति घोषणा भइनसकेपनि चिनियाँ पक्षले १७–२१ मंसिर ९२–६ डिसेम्बर० का लागि प्रस्ताव गरेको छ।

तर, परराष्ट्रमन्त्री राणा प्रधानमन्त्रीको भ्रमण दलमा बेइजिङबाटै वा काठमाडौँ फर्केर सामेल हुनेछिन् भन्ने कुराको टुंगो भने लागिसकेको छैन।यही कारण मन्त्री राणाको बेइजिङबाट फर्कने मितिपनि तय गरिएको छैन।

चीनले प्रस्ताव गरेकै मितिमा प्रधानमन्त्री ओलीको भ्रमण हुने भयो भने सम्भवतः मन्त्री राणा उतैबाट भ्रमण दलमा सामेल हुनेछिन्।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको सहमहामन्त्रीमा रमेश प्रसाईं र यज्ञमणि न्यौपानेको उम्मेदवारी घोषणा

माधव र प्रचण्डबाट पार्टी चल्दैन ः पूर्व प्रधानमन्त्री खनाल , भिडियो

सम्बन्धित

रास्वपाको सहमहामन्त्रीमा रमेश प्रसाईं र यज्ञमणि न्यौपानेको उम्मेदवारी घोषणा

रास्वपाको जारी महाधिवेशन अन्तर्गत प्रतिनिधिको विवरण सार्वजनिक

विष्णु पक्राउसँगै एमाले ‘अलर्ट मोड’मा, ओली निवासमा साँझ निर्णायक छलफल

मेसी र हालान्डको जादु, एम्बाप्पेको दोहोरो प्रहार : विश्वकपमा रोमाञ्चक दिन

पहिलो हाफमा अल्जेरियाविरूद्ध जोर्डनलाई १-० को अग्रता

नवलपुरमा ईभी हाइस दुर्घटना, आठ जना घाइते

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group