ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बीआरआईबारे सत्तारुढ दलमा मतभेद सुरु, ऋणमा लिन नहुने कांग्रेसको अडान


एबीसी न्यूज
४ मंसिर २०८१, मंगलबार   ७ : २४   बजे

काठमाडौं ४ मंसिर ।   सत्तारुढ दल नेपाली कांग्रेसले चिनियाँ विकास परियोजना बेल्ट एन्ड रोड इनिसिएटिभ्स बीआरआई ऋणमा लिन नसकिने निश्कर्ष निकालेको छ । कांग्रेस प्रचार विभाग प्रमुख मिन विश्वकर्माले नेपाल अहिले ऋण लिन नसक्ने अवस्थामा रहेको पार्टीको निश्कर्ष रहेको बताए । उनले छिमेकी राष्ट्र वा मित्र राष्ट्रहरुले दिने कुनै पनि अनुदान वा सहयोग नेपालका लागि स्वागतयोग्य र स्वीकार्य रहेको बताए । प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणका क्रममा पनि बीआरआई परियोजना अनुदानमा रुपान्तरण गर्न अनुरोध गरिने उनले बताए ।
‘हामी बीआरआई, एमसीसी कुनै नामविशेषको प्रोजेक्ट लिने कि नलिने भन्ने होईन । अहिले नेपालले ऋण तिर्न सक्ने अवस्था छैन । त्यसमा पनि महँगो व्याजको ऋण लिन हामी सक्दैनौं ।’ उनले भने, ‘छिमेकी राष्ट्र वा मित्र राष्ट्रहरुले दिने कुनै पनि अनुदान वा सहयोग हाम्रा लागि स्वागतयोग्य र स्वीकार्य छ । तर, ऋणमा हामी लिन नसक्ने भएकाले अनुदानमा रुपान्तरण गर्न अनुरोध गर्ने भन्ने नै सरसल्लाह हो ।’

बीआरआईलाई नेपालको हितमा उपयोग गर्नका लागि अनुदान नै सबैभन्दा उपयुक्त हुने कांग्रेसको निश्कर्ष रहेको उनले बताए । कांग्रेसले बीआरआई ऋणमा लिन नहुने अडान दिइरहँदा सत्तारुढ दल नेकपा एमाले भने बीआरआई परियोजना कार्यान्वयनमा ल्यानुपर्ने पक्षमा छ । एमालेका नेताहरुले सस्तो व्याजदरमा भएपनि बीआरआई परियोजना कार्यान्वयनमा ल्याइनुपर्ने बताउँदै आएका छन् । प्रधानमन्त्री ओली चीन भ्रमणका क्रममा बीआरआईबारे महत्वपूर्ण समझदारी गर्ने पक्षमा छन्

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

क्रोएसियाको नकआउट सम्भावना जिवितै, पानामाको विश्वकप यात्रा टुंगियो

रवि फेरि सभापति, बालेनको मध्यराति सन्देश : ‘शुभकामना हाम्रो पार्टीलाई’

सम्बन्धित

विश्वकप २०२६ : बराबरी अंकमा कसरी छुट्टिन्छ टोलीको भाग्य?

क्रोएसियाको नकआउट सम्भावना जिवितै, पानामाको विश्वकप यात्रा टुंगियो

रवि फेरि सभापति, बालेनको मध्यराति सन्देश : ‘शुभकामना हाम्रो पार्टीलाई’

रास्वपा : न शुद्ध सामाजिक लोकतन्त्र हो, न उदार लोकतन्त्र, न दक्षिणपन्थी पपुलिज्म — ‘असुसंगठित मिश्रण’

रोनाल्डोको दुई गोल, पोर्चुगलको सहज जित, इंग्ल्यान्डलाई घानाको कडा चुनौती

रास्वपाको अर्थ–राजनीतिक खाका : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्म (पूर्णपाठ)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group