ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रहरीले आज दुर्गा प्रसाईंलाई किन अदालत उपस्थित गराएन ?


एबीसी न्यूज
४ मंसिर २०८१, मंगलबार   ८ : ०५   बजे

काठमाडौं ४ मंसिर । प्रधानमन्त्रीविरुद्ध अफवाह फैलाएको आरोपमा पक्राउ परेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई प्रहरी वृत्त, सिंहदरबारमा राखिएको छ ।

केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबी ले मंगलबार विहान भक्तपुरस्थित उनकै घरबाट पक्राउ गरेको थियो ।अदालतका न्यायाधीशले मंगलबारै पक्राउ अनुमति दिएकाले एकैदिन उपस्थित गराएर म्याद थप गराउने प्रहरी तयारी थियो । प्रसाईं निकट केही कानून व्यवसायी अदालत समेत पुगेका थिए ।

तर प्रहरीले मेडिकल जाँच गराएर सीआईबीकै हिरासतमा राख्यो । स्रोतका अनुसार, प्रसाईंलाई मंगलबार अदालतमा उपस्थित नगराउनुको कारण उनीविरुद्ध कुनकुन कसुरमा अनुसन्धान गर्ने भन्ने स्पष्ट नहुनु हो ।

प्रहरीले विद्युतीय अपराध नियन्त्रण ऐन, २०६३ विपरीतको कसुर गरेको भन्दै उनलाई पक्राउ गरेको थियो ।

महान्यायाधीवक्ताको कार्यालयले भने विद्युतीय अपराध नियन्त्रण ऐनसँगै मुलुकी फौजदारी संहितामा उल्लेखित बेइज्जती गर्न नहुने कसुर, झुठा प्रमाण बनाउन नहुने, राष्ट्रपति वा सांसद्लाई धम्की दिन नहुने लगायतका कसुरमा पनि अनुसन्धान हुनसक्ने राय दिएको छ ।

‘जिल्ला सरकारी वकिलको कार्यालय, काठमाडौंमा प्रहरी र सरकारी वकिलबीच लामो छलफल पनि भयो’, एक अधिकारी भन्छन्, ‘त्यसक्रममा तत्काललाई विद्युतीय अपराध नियन्त्रण ऐन, २०६३ अनुसार अनुसन्धान गर्दै जाने र पछि खुले अनुसार अरु अभियोग पनि थप गर्ने कुरा भएको छ ।’

कतिपय सरकारी अधिकारीहरुले बैंकिङ कसुरको मामलामा प्रसाईंविरुद्ध अनुसन्धान गर्नुपर्ने राय राखेका थिए । स्रोतका अनुसार, त्यही छलफलका बीच कार्यालय समय घर्किँदा प्रहरीले प्रसाईंलाई मंगलबार अदालत उपस्थित गराएन । ‘२४ घन्टाभित्र उपस्थित गराएर म्याद थप गर्नुपर्ने भएकाले हामीसँग थप समय पनि थियो, त्यसैले हतार नगरेका हौं’, एक प्रहरी अधिकृतले भने ।

सीआईबीका एसपी बोगटीले भने अदालत ४ बजे बन्द हुने र डकुमेन्टेसनका कामहरु नसकिएकाले मंगलबार म्याद थप नगरिएको बताए । उनले भने, ‘अहिललाई विद्युतीय अपराध नियन्त्रण ऐनविरुद्धको कसुरमा अनुसन्धान थालेका छौं, प्रमाणहरु देखे अनुसार अरु कसुरमा पनि अनुसन्धान हुन्छ ।’

प्रसाईंले सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीको कम्बोडियामा रहेको एक्जिएटा कम्पनीमा लगानी रहेको अभिव्यक्ति दिएका थिए । त्यसबेला उनले केही कागजातहरु देखाउँदै प्रधानमन्त्री ओलीले कम्बोडियामा २१ करोड अमेरिकी डलर बराबर लगानी गरेको दाबी गरेका थिए ।

सामाजिक सञ्जालमा उनको अभिव्यक्ति भाइरल भएपछि प्रहरीले अनुसन्धान थाल्यो । त्यसक्रममा प्रारम्भिक अनुसन्धानबाट प्रसाईंले देखाएका कागजातहरु नै फर्जी भएको खुलेको सीआईबीका प्रमुख एआईजी दिपक थापा बताउँछन् ।

उनका अनुसार, प्रसाईंमाथि थप अनुसन्धान सीआईबी अन्तरगतको साइबर ब्यूरोबाट अघि बढ्छ । अन्य कसुरमा अनुसन्धानका लागि सीआईबीले ब्यूरोलाई सहयोग गर्नेछ ।

प्रहरीले प्रसाईंको घरबाट उनले चलाउने तीन वटा ल्यापटप र ९ वटा मोबाइल पनि बरामद गरेको छ । तिनलाई पनि प्रहरी प्रधान कार्यालयमा रहेको डिजिटल फरेन्सिक ल्याबमा लगेर जाँच गराउने तयारी छ ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

गृहमन्त्रीले खान लागेको अम्लेटमा माछाको काँडा भेटिएको होटललाई ३ लाख जरिवाना

बालेनलाई चुनावमा गाडी दिने व्यक्तिको बयानले विष्णु पौडेल पक्राउ परेका हुन् ?

सम्बन्धित

सभापतिमा रवि लामिछाने निर्विरोध–रास्वपा निर्वाचन आयोग

विष्णु पौडेललाई ७ दिन थुनामा राख्न अदालतको अनुमति

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

बालेनलाई चुनावमा गाडी दिने व्यक्तिको बयानले विष्णु पौडेल पक्राउ परेका हुन् ?

रविको राजनीतिक प्रतिवेदनः राष्ट्रियसभा गैरदलीय, उपराष्ट्रपति सभाध्यक्ष (पूर्णपाठ)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group