ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

चीन भ्रमणमा पोखरा विमानस्थलको कुरा राख्छु-प्रधानमन्त्री


एबीसी न्यूज
५ मंसिर २०८१, बुधबार   ११ : ३४   बजे

काठमाडौं ५ मंसिर । चीन भ्रमणको तयारी गरिरहेका प्रधानमन्त्री केपी शर्मा ओलीले पोखरा विमानस्थल सञ्चालनको विषयलाई पनि एजेण्डा बनाउने बताएका छन् । गण्डकी प्रदेशका पर्यटनमन्त्री मित्रलाल बस्याल नेतृत्वको टोलीसँगको भेटमा प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन् ।

उद्योगी र पर्यटन व्यवसायीहरुसहित भेटेका गण्डकीका पर्यटनमन्त्री बस्यालले पोखराबाट उडान सुरु भएको २ वर्षसम्म पनि पोखरा विमानस्थल अन्तर्राष्ट्रिय चार्टर्ड उडानमा मात्र सीमित भएको भन्दै प्रधानमन्त्री ओलीको ध्यानाकर्षण गराएका थिए ।

संघीय पर्यटनमन्त्री बद्रिप्रसाद पाण्डे, नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीसहित मंगलबार प्रधानमन्त्रीलाई भेटेको गण्डकीका पर्यटनमन्त्री नेतृत्वको टोलीले अन्तर्राष्ट्रिय उडान पनि नहुने र पोखरा जोड्ने प्रमुख राजमार्गको हालत पनि खराब हुँदा पर्यटन क्षेत्रमा ठूलो क्षति पुगेको बताएका थिए ।

सो भेटमा पोखराका पर्यटनसँग सम्बन्धित संस्थाहरुको छाता संगठन पोखरा पर्यटन परिषदका अध्यक्ष तारानाथ पहारीले प्रधानमन्त्री ओलीलाई ध्यानाकर्षणपत्र बुझाएका थिए । ‘यहाँ नै प्रधानमन्त्री भएको समयमा शिलान्यास भएर निर्माण सुरु भएको विमानस्थलको उद्घाटन भएको पनि करिब दुई वर्ष हुन लाग्यो, आन्तरिक उडानमा उल्लेख्य प्रगति भए पनि नियमित अन्तर्राष्ट्रिय उडान सुरु हुन सकेको छैन,’ निजी क्षेत्रको तर्फबाट ज्ञापनपत्र बुझाउँदै पहारीले भने, ‘अन्तर्राष्ट्रिय उडानका लागि आवश्यक सबै पूर्वाधार पूरा भएर पनि उडान हुन नसक्नुको कारण खोजी गर्नुपर्ने भएको छ ।’

भैरहवाबाट अन्तर्राष्ट्रिय उडान सुरु भइसकेकाले अब पोखराबाट पनि नियमित रुपमा अन्तर्राष्ट्रिय उडान सुरु गर्नुपर्ने उनीहरुको माग छ । अघिल्लो वर्ष भदौमा तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड चीन भ्रमणमा जानुअघि पनि गण्डकी प्रदेशका मन्त्री नेतृत्वको टोलीले सोही माग राखेको थियो । त्यो माग पूरा नभएपछि ओलीको चीन भ्रमणको क्रममा पनि सोही मागसहित पोखराबाट टोली काठमाडौं आएको छ ।

अन्तर्राष्ट्रिय उडान हुन नसक्दा पोखरामात्रै नभएर गण्डकी क्षेत्रकै पर्यटन क्षेत्रमा प्रत्यक्ष असर परेको गण्डकी प्रदेशका उद्योगी तथा पर्यटन व्यवसायीहरुको भनाइ छ ।

केही अन्तर्राष्ट्रिय चार्टर्ड उडानहरूले, प्राविधिक रूपमा विमानस्थल अन्तर्राष्ट्रिय उडानका लागि सक्षम रहेको पुष्टि गरिसकेको भन्दै उनीहरुले अब कूटनीतिक पहल गरी नियमित अन्तर्राष्ट्रिय उडान सुरु गराउन आग्रह गरे । ‘७ नोभेम्बरमा चाइनाबाट १३४ यात्रु लिइ सहज अवतरण गरेको सिचुवान एअरलाई नै लिन सकिन्छ । तर, यी उडानलाई नियमित रूपमा सञ्चालन गर्नका लागि अब उच्चस्तरीय कूटनीतिक संवाद आवश्यक भएको देखिन्छ भने नेपाल वायु सेवा निगमबाटसमेत तत्काल उडान सुचारू गर्न प्रधानमन्त्रीज्यूको निर्देशनकोसमेत आवश्यक छ,’ पोखरा पर्यटन परिषदका अध्यक्ष तारानाथ पहारीले भने ।

पृथ्वीराजमार्ग र सिद्धार्थ राजमार्गको हालको दयनीय अवस्था विदेशी तथा आन्तरिक पर्यटकहरूको यात्रा अनुभवमा प्रतिकुल असर पारिरहेको र राजमार्गहरूमा तत्काल सुधार, स्तरोन्नति र भइरहेका कार्यहरु गुणस्तरीय रूपमा द्रूर्त गतिमा सम्पन्न गर्नको लागि सरकारबाट आवश्यक पहलको लागि प्रधानमन्त्रीलाई गण्डकीको टोलीले आग्रह गरेको छ ।

प्रधानमन्त्री ओली पोखरा विमानस्थल सञ्चालनबारे आफू चिन्तित रहेको र यसबारे कूटनीतिक पहल गर्ने बताए । उनले आसन्न चीन भ्रमणमा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबारे एजेण्डा बनाउने आश्वासन दिएको गण्डकीका पर्यटनमन्त्री बस्यालले बताए । ‘प्रधानमन्त्रीजीले पोखरा र त्यहाँको विमानस्थल सञ्चालन गर्नेबारे आफू गम्भीर रहेको बताउनु भयो । उहाँले चीन भ्रमणमा यसलाई एजेण्डा नै बनाउँछु भन्नुभएको छ,’ पर्यटनमन्त्री बस्यालले भने ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको अर्थ–राजनीतिक खाका : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्म (पूर्णपाठ)

गृहमन्त्रीले खान लागेको अम्लेटमा माछाको काँडा भेटिएको होटललाई ३ लाख जरिवाना

सम्बन्धित

रास्वपाको अर्थ–राजनीतिक खाका : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्म (पूर्णपाठ)

सभापतिमा रवि लामिछाने निर्विरोध–रास्वपा निर्वाचन आयोग

विष्णु पौडेललाई ७ दिन थुनामा राख्न अदालतको अनुमति

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

बालेनलाई चुनावमा गाडी दिने व्यक्तिको बयानले विष्णु पौडेल पक्राउ परेका हुन् ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group