काठमाडौं ५ मंसिर । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाको केन्द्रीय समिति बैठक आज पनि बस्दैछ । मंगलबार बसेको बैठकले आन्दोलनको ठोस निर्णय लिन नसकेपछि रास्वपाले आज बैठक बोलाएको हो ।
अर्को चरणको विरोध प्रदर्शन गर्ने बताएको रास्वपाले त्यसको स्वरुपम तय गर्न बैठक बोलाएको हो । बैठक आज दिउँसो तीन बजे बस्ने कार्यबहाक महामन्त्री कविन्द्र बुर्लाकोटीले जानकारी दिए ।
‘आन्दोलन गर्नेमा सबै एकमत छौं । कुन मोडालिटीको गर्ने आज तय हुन्छ,’ उनले भने ।
प्रतिक्रिया दिनुहोस्