काठमाडौं ५ मंसिर । प्रतिनिधि सभाको अर्थ समितिले आज अर्थमन्त्रीसँग छलफल गर्दै छ। समितिले अहिले बिहान अर्थमन्त्रीको उपस्थितिमा समितिमा प्राप्त विधेयक अघि बढाउन प्राथमिकता र कार्ययोजना सम्बन्धमा छलफल गर्न लागेको हो।
हाल प्रतिनिधि सभाअन्तर्गतका १० समितिमध्ये अर्थ समितिमा सबैभन्दा धेरै विधेयक छन्।
कुन विधेयक पहिला छलफल गरी टुङ्ग्याउने भन्ने विषयमा समितिले आज मन्त्रीसँग छलफल गर्न लागेको हो।
मुलुकको समग्र आर्थिक प्रणालीमा राजस्व संकलनको अवस्था र भन्सार कार्यालयहरूले व्यहोर्नु परेका नीतिगत एवं व्यावहारिक समस्या र समाधानका उपाय सम्बन्धमा पनि आजको बैठकमा छलफल हुने समितिले जानकारी दिएको छ।
प्रतिक्रिया दिनुहोस्