ABC NEWS NEPAL | No.1 News channel of Nepal
१ भदौ २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

भारतीय गुन्डा नाइके विश्नोईको नाममा कसले दिँदैछ नेपाली व्यवसायीलाई धम्की ?


एबीसी न्यूज
५ मंसिर २०८१, बुधबार   २ : ३६   बजे

काठमाडौं ५ मंसिर । भारतीय गुन्डा नाइके लरेन्स विश्नोईको नाम लिएर नेपाली व्यवसायीलाई धम्की दिइएको भन्दै प्रहरीकहाँ उजुरी परेको छ ।

केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबी मा केहीअघि विश्वनोईको नाम लिएर धम्की दिइएको भन्दै उजुरी परेको एसपी होविन्द्र बोगटीले पुष्टि गरे । ‘विदेशी नम्बरबाट फोन गरेर धम्की दिइएको भन्दै पहिल्यै उजुरी परेको थियो’, उनले  भने ।

यस्ता फोन भारत र दुबईका नम्बरबाट आउने गरेका छन् । विश्नोई अहिले भारतको सबैभन्दा कडा सुरक्षा रहने तिहाड जेलमा छन् । उनीमाथि फिरौती असुली र हत्याको आरोप छ । पहिले उनी महाराष्ट्रको सेन्ट्रल जेल भरतपुरमा थिए । पछि जेलभित्रबाटै गिरोह चलाएको खुलेपछि तिहाड जेलमा सारिएका थिए । उनले पटकपटक भारतीय अभिनेता सलमान खानलाई पनि ज्यान मार्ने धम्की दिने गरेका छन् ।

अनुसन्धान अधिकृतहरुका अनुसार, नेपालमा दिइएका धम्कीमा पनि उनको संलग्नता भएजस्तो देखिँदैन । उनको नाम लिएर अरु कसैले धम्क्याएको हुनसक्ने अधिकृतहरुको अनुमान छ ।

यस्तै किसिमका धम्की झापाका विवादस्पद मेडिकल व्यवसायी दुर्गा प्रसाईंको नाममा पनि आउने गरेको भन्दै सीआईबीसम्म गुनासो पुगेको छ । ‘यी सबै विषयमा केन्द्रित भएर अनुसन्धान गरिरहेका छौं’, एसपी बोगटीले भने ।

प्रसाईंलाई प्रहरीले मंगलबार विद्युतीय अपराध नियन्त्रण ऐन विपरीतको कसुर गरेको आरोपमा पक्राउ गरेको छ । योसँगै धम्कीका मामलासम्बन्धी अनुसन्धानलाई समेत प्रहरीले प्राथमिकता दिएको छ ।

सीआईबीका प्रमुख एआईजी दिपक थापाका अनुसार, विद्युतीय अपराध नियन्त्रण ऐन विप।प्तको कसुरमा मातहतको साइबर ब्यूरोले अनुसन्धान गर्नेछ भने अन्य विषयमा सीआईबीबाट अनुसन्धान हुनेछ ।

 

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

१३ मन्त्रालयको ओएनएम सकियो, ९ हजार ६०७ कर्मचारीको दरबन्दी अभिलेखमा

अधिवेशनको मितिमा विवाद, निर्माण व्यवसायी संघको बैठकमै कुटाकुट

सम्बन्धित

महान्यायाधिवक्ता नियुक्ति आफ्नो ‘कार्यकारी विशेषाधिकार’ भएको प्रधानमन्त्री बालेनको दाबी

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

पाँचथरमा पाँच वर्षमा बाढी–पहिरोबाट ४८ जनाको मृत्यु, ३७६ परिवार विस्थापित

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

लमजुङमा पहिरोले घर भत्किंदा बाबु-छोरीको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu