ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

विकासका मुद्दामा सबै मिलेर अगाडि बढ्नुपर्छ – गृहमन्त्री


एबीसी न्यूज
५ मंसिर २०८१, बुधबार   ३ : ५१   बजे

काठमाडौं ५ मंसिर । गृहमन्त्री रमेश लेखकले विकास निर्माणका काममा कसैले पनि राजनीति गर्न नहुने बताएका छन् ।

बुधबार कञ्चनपुरको कृष्णपुर नगरपालिकाले आयोजना गरेको स्वागत कार्यक्रममा बोल्दै गृहमन्त्री लेखकले यस्तो बताएका हुन् ।

‘चुनाव लड्दा हामी आ–आफ्नो पार्टीको झन्डा लिएर जान्छौं,’ उनले भने, ‘चुनाव जितिसकेपछि विकासका मुद्दामा सबै मिलेर अगाडि बढ्नुपर्छ ।’ गृहमन्त्री लेखकले लोकतन्त्रको विकल्प अरू कुनै व्यवस्था हुन नसक्ने बताए ।

‘लोकतन्त्रमा जनताका अधिकार सुरक्षा गर्ने, स्वतन्त्रता प्रदान गर्ने व्यवस्था हो । त्यसैले अहिलेको शासन व्यवस्थालाई हामीले सुदृढ गर्दै लग्नुपर्छ । यसैमा जनताको विश्वास र भरोसा जगाउनु पर्छ । त्यसका लागि पनि स्थानीय सरकारको सबैभन्दा भूमिका महत्त्वपूर्ण छ,’ उनले भने ।

उनले स्थानीय सरकारले सहजढंगले जनतालाई सेवा प्रदान गर्नुपर्नेमा जोड दिए ।

‘हाँसेर बोली दिनुस्, आधा समस्याको समाधान त्यसबाटै भइहाल्छ,’ उनले भने, ‘सेवा प्रदान गर्दा जनतालाइै सबैभन्दा माथि राखेर सेवा प्रदान गर्नुहोस्,’ उनले भने ।

गृहमन्त्री लेखकले देशमा विधिको शासन कायम गर्न सरकार पूर्ण रूपले लागि परेको बताए ।

‘एमाले र कांग्रेस मिलेर सरकार बनेको छ,’ उनले भने, ‘यो सरकार देशमा स्थीरताका र सुशासन कायम राख्नका लागि बनेको हो ।’

जनजीविकाको सवाल र मुलुकमा आर्थिक उन्नति गर्ने सवालमा सरकार क्रियाशील भएर लागेको उनले बताए ।

‘एकै महिनामा परिणाम आउँदैन, सरकारले गरेका कामको परिणाम आउन समय लाग्छ,’ उनले भने, ‘हामी अत्यन्तै मेहनतका साथ काम गरिराखेका छौं ।’

पछिल्लो समय लागूऔषधका कारण दुर्घटना बढेको भन्दै त्यसको नियन्त्रणका लागि पनि स्थानीय सरकार लाग्नु पर्ने उनले बताए ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

२०१८ सालको हत्याकाण्ड : गगनलाई रविन्द्र मिश्रको काउन्टर?

रास्वपाको सहमहामन्त्रीमा रमेश प्रसाईं र यज्ञमणि न्यौपानेको उम्मेदवारी घोषणा

सम्बन्धित

एमालेले विष्णु पौडेल पक्राउविरुद्ध संसदमा सशक्त प्रतिवाद गर्ने

२०१८ सालको हत्याकाण्ड : गगनलाई रविन्द्र मिश्रको काउन्टर?

रास्वपाको सहमहामन्त्रीमा रमेश प्रसाईं र यज्ञमणि न्यौपानेको उम्मेदवारी घोषणा

रास्वपाको जारी महाधिवेशन अन्तर्गत प्रतिनिधिको विवरण सार्वजनिक

विष्णु पक्राउसँगै एमाले ‘अलर्ट मोड’मा, ओली निवासमा साँझ निर्णायक छलफल

मेसी र हालान्डको जादु, एम्बाप्पेको दोहोरो प्रहार : विश्वकपमा रोमाञ्चक दिन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group