ABC NEWS NEPAL | No.1 News channel of Nepal
१ भदौ २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नेपालमा मन्त्री हुन कुनै योग्यता चाहिँदैन, नेताले मन पराए भइहाल्यो – मन्त्री गुरुङ


एबीसी न्यूज
५ मंसिर २०८१, बुधबार   ४ : २७   बजे

काठमाडौं ५ मंसिर । नेपाल सरकारका प्रवक्तासमेत रहेका सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले नेपालमा मन्त्री बन्न कुनै योग्यता नचाहिने बताए । चुनाव जितेर आएपछि नेताले मन पराए मन्त्री बन्ने योग्यता पुग्ने उनको भनाइ थियो ।

काठमाडौंमा बुधबार आयोजित विशिष्ट चलचित्रकर्मी परिचयपत्र वितरण समारोहमा मन्त्री गुरुङले नेपालमा मन्त्रालय संचालनका लागि कुनै योग्यता चाहिने अभ्यास र कानुनी व्यवस्था नरहेको बताएका हुन् । हाम्रो नेपालमा मन्त्री हुनलाई कुनै योग्यता नै चाहिँदैन । तपाईंहरू ९मतदाता०ले जिताइदिएपछि पुगिहाल्यो । त्यो मन्त्रालय चलाउन यति क्वालिफिकेसन, अनुभव, योग्यता चाहिन्छ भन्नेकुरा केही पनि छैन । चुनाव जितेर आएर पार्टी र नेताले मन पराएपछि भइहाल्यो । त्यो हाम्रो विभिन्न क्षेत्र अस्तव्यस्त भएको कारण नै के हो भने त्यसले सही पात्र नै पाएको छैन,ु गुरुङले भने, ुखेलकुदको ुखु नबुझ्नेहरू जहिले पनि खेलकुदमन्त्री बनिरहेको देख्छु म । वन नै नबुझेको मान्छेहरू वनमन्त्री भइरहेको हुन्छ । त्यस्तै त्यस्तै म पनि त्यही भित्र पर्छु जस्तो लाग्छ । म यो सञ्चारको धेरै कुरा नै बुझेको छैन ।

नेपाली समाज ढोंगी रहेको पनि मन्त्री गुरुङको भनाइ थियो । ‘हाम्रो समाज नै ढोंगी समाज भयो । समाज एकदम ढोंगी समाज छ । मैले के बोलिदिँदा तत्काल ताली आउँछ, त्यही मात्रै भनिदिने । भोलिको दिन के काम गर्नुपर्छ भन्नेकुरा बिर्सिने । हामी जस्ता नेताको काम त्यही भइरहेको छ,ु मन्त्री गुरुङले भने, ुयो ढोंगी चिजहरू नगरौँ भन्ने मान्यता मेरो हो ।

 

नेताहरू जता गयो त्यतैको भाषा बोल्ने समस्या रहेको पनि उनको भनाइ थियो । नेपालमा लोकरिझ्याइँको राजनीति फस्टाउँदै गएको उनको भनाइ थियो । कलाकारको बीचमा आयो म पनि कलाकार नै थिएँ । मजदुरको बीचमा गयो भने म पनि मजदुरकै नेता नै थिएँ भन्दिने, उनले भने, लोकरिझ्याँईको पोलिटिक्स गलत कुरा हो । जे सही हो सही भन्नुपर्छ, जे गलत हो गलत भन्नुपर्छ । हामी जस्तो मन्त्रीहरू सबै बुझेको छु भन्छ ।

आफूले सञ्चार क्षेत्र धेरै नबुझे पनि जनताका लागि काम गर्ने र जे हो त्यै बोल्ने मन्त्री गुरुङको दाबी थियो । जनतालाई नढाँट्ने र जति सकिन्छ त्यति मात्रै गर्ने भन्ने व्यक्तिभित्र आफू पर्ने उनले बताए ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

१३ मन्त्रालयको ओएनएम सकियो, ९ हजार ६०७ कर्मचारीको दरबन्दी अभिलेखमा

अधिवेशनको मितिमा विवाद, निर्माण व्यवसायी संघको बैठकमै कुटाकुट

सम्बन्धित

महान्यायाधिवक्ता नियुक्ति आफ्नो ‘कार्यकारी विशेषाधिकार’ भएको प्रधानमन्त्री बालेनको दाबी

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

पाँचथरमा पाँच वर्षमा बाढी–पहिरोबाट ४८ जनाको मृत्यु, ३७६ परिवार विस्थापित

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

लमजुङमा पहिरोले घर भत्किंदा बाबु-छोरीको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu