काठमाडौं ६ मंसिर । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले छिमेकी मुलुक चीनसँग विगतमा भएका सम्झौताहरु पहिला कार्यान्वयन हुनुपर्ने बताएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणका क्रममा चिनियाँ विकास परियोजना बेल्ट एण्ड रोड इनिसिएटिभ्स ९बीआरआई० कार्यान्वयनका लागि समझदारी हुने आशंका चलिरहेको बेला कांग्रेस महामन्त्री थापाले पहिला चीनसँग विगतमा भएका समझदारी कार्यान्वयनमा आउनुपर्ने आवश्यक्ता औंल्याएका हुन् ।
बीआरआईबारे सत्तारुढ दल नेकपा ९एमाले० को फरक धारणा रहेको बताउँदै उनले यस विषयमा एउटै धारणा बनाउनुपर्ने बताए । ‘हामी यो भन्दा अगाडि भएका सबै सम्झौताहरु कार्यान्वयन हुन् पहिला, त्यसपछि हामी नयाँ कुराको बारेमा सोचौं भन्ने बारेमा सोच्दछौं । हामी यो भन्दै गर्दा सहयात्रा गरिरहेको दलको कतिपय सोच यो विषयमा फरक छ भन्ने पनि हामी मान्दछौं । हामीले त्यो क्षमता राख्नुपर्छ हामीसँगै बसेर एउटा धारणा बनाउनुपर्छ भन्ने राख्छौं,’– नेपाल डेमोक्राटिक लयर्स एशोसिएशनको ३५औं स्थापना दिवसमा आयोजित समारोहलाई सम्बोधन गर्दै उनले भने ।
त्यस्तै, उनले नेपालले छिमेकी राष्ट्र र मित्र राष्ट्रहरुसँग सहकार्य गर्न चाहेको पनि बताए । तर, नेपालले ती राष्ट्रहरुबाट अनुदानमा विकासका आकांक्षाहरु पुरा गर्न चाहेको उनको भनाइ छ । ‘हाम्रा ठूल्ठूला विकासका परियोजनाहरु छन्, ती विकासका परियोजनामा साझेदारी गर्न चाहन्छौं । हामी यो बेलामा उनीहरुबाट अनुदानबाट विकासका आकांक्षाहरुलाई पूरा गर्न चाहन्छौं । यी हाम्रा प्राथामिकताहरु छन्,’– महामन्त्री थापाले भने ।
प्रतिक्रिया दिनुहोस्