ABC NEWS NEPAL | No.1 News channel of Nepal
१ भदौ २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सवा १७ अर्ब लगानीमा सडक सुधार कार्यक्रम सुरु


एबीसी न्यूज
६ मंसिर २०८१, बिहिबार   ४ : २९   बजे

काठमाडौं ६ मंसिर । सरकारले विश्व बैंकसँगको सहकार्यमा प्रादेशिक तथा स्थानीय सडक सुधार कार्यक्रम सुरु गरेको छ ।

यो कार्यक्रमको पहिलो चरणको काम बिहीबारदेखि सुरु भएको विश्व बैंकले जनाएको छ । नेपाल सरकार र विश्व बैंकको १२ करोड ८० लाख अमेरिकी डलर ९करिब १७ अर्ब १५ करोड रुपैयाँ० मा लगानीमा यो कार्यक्रम सुरु भएको हो ।

विश्व बैंकका अनुसार यस परियोजनाले प्रादेशिक र स्थानीय सडक सञ्जालको सुरक्षा अभिवृद्धि गर्ने लक्ष्य राखेको छ ।

साथै, सडक विस्तारको समेत योजना छ । सडक सञ्जाल व्यवस्थापन गर्ने सरकारको क्षमता अभिवृद्धि लक्ष्यसमेत छ । सहरी विकास मन्त्रालयले प्रदेश र स्थानीय तहसँगको समन्वयमा यो परियोजना अगाडि बढाउँदैछ ।

बिहीबार प्रदेश मन्त्रीहरूको उपस्थितिमा उपप्रधानमन्त्री तथा सहरी विकासमन्त्री प्रकाशमान सिँहले परियोजना सुरु गरे । परियोजनाले दिगो पूर्वाधार निर्माणमा टेवा दिने सिंहले बताए ।

आयोजनाको पहिलो चरणमा १ सय ८० किलोमिटर सडक र पुल स्तरोन्नति योजना छ । तोकिएका प्रदेश तथा स्थानीय तहका ४ सय किलोमिटर मर्मत गर्ने र विद्यमान् ७ सय किलोमिटर प्रादेशिक सडक तथा पुलसमेत मर्मत गर्ने योजना रहेको विश्व बैंकले जनाएको छ ।

त्यस्तै १ सय किलोमिटर सडकलाई सबै मौसममा चल्नयोग्य बनाउने समेत आयोजनाको लक्ष्य छ । यसले स्थानीय तहबीच सडक सञ्जाल विस्तार गर्ने छ ।

विश्व बैंकका अनुसार तीन चरणमा कार्यान्वयन हुने यस परियोजनाको पहिलो चरणमा सुदूरपश्चिम, कर्णाली र मधेश प्रदेशका १३ स्थानीय तहमा काम हुनेछ ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

१३ मन्त्रालयको ओएनएम सकियो, ९ हजार ६०७ कर्मचारीको दरबन्दी अभिलेखमा

अधिवेशनको मितिमा विवाद, निर्माण व्यवसायी संघको बैठकमै कुटाकुट

सम्बन्धित

महान्यायाधिवक्ता नियुक्ति आफ्नो ‘कार्यकारी विशेषाधिकार’ भएको प्रधानमन्त्री बालेनको दाबी

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

पाँचथरमा पाँच वर्षमा बाढी–पहिरोबाट ४८ जनाको मृत्यु, ३७६ परिवार विस्थापित

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

लमजुङमा पहिरोले घर भत्किंदा बाबु-छोरीको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu