ABC NEWS NEPAL | No.1 News channel of Nepal
३० असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

काठमाण्डौको ट्राफिक व्यवस्थापन अस्तव्यस्त


एबीसी न्यूज
७ मंसिर २०८१, शुक्रबार   ११ : ५१   बजे

काठमाडौं ७ मंसिर । विभिन्न समूहको प्रदर्शनका कारण काठमाण्डौ उपत्यकाको ट्राफिक व्यवस्थापन अस्तव्यस्त भएको छ । सत्तारुढ नेकपा एमाले ले दरबारमार्गमा जागरण सभा आयोजना गरेको छ ।

यस्तै सहकारी पीडितले माइतीघर मण्डलामा र दुर्गा प्रसाईं पक्षले कोटेश्वरमा प्रदर्शन गरेकाले ट्राफिक व्यवस्थापनमा समस्या भएको हो । ट्राफिक व्यवस्थापनका लागि विभिन्न ठाउँमा डाइभर्सन बिन्दु राखिएको ट्राफिक प्रहरीले जनाएको छ ।

दरबारमार्गमा प्रधानमन्त्री एवम् एमाले अध्यक्ष केपी शर्मा ओलीले संशोधन गर्ने कार्यक्रम भएकाले त्यस क्षेत्रमा प्रवेश गर्न खोज्ने गाडीलाई केशरमहल, महेन्द्र सालिक र जयनेपाल चोकबाट डाइभर्सन गरिएको छ ।

दरबारमार्ग क्षेत्रमा गाडी प्रवेश गर्न दिइएको छैन । ट्राफिक प्रहरीले माइतीघर र कोटेश्वरमा गाडी नरोक्ने योजना बनाए पनि ती ठाउँमा बिहानैदेखि गाडीको चाप छ ।

एमालेले दरबारमार्गमा जागरण सभामार्फत ‘शक्ति प्रदर्शन’ गर्न लागेको हो । देशमा केही भएको छैन भन्ने जबरजस्ती भाष्य बनाउँदै अराजकतावादीले निराशा छर्न खोजेकोले सुशासन, देशको समृद्धि र सुदृढ लोकतन्त्रको सन्देशका लागि कार्यक्रम आयोजना गरिएको एमालेले जनाएको छ ।

‘देश बन्दै छ, हामी बनाउँछौँ’ भन्ने सन्देश नागरिकलाई दिनुपर्ने सरकारमा हुने दलहरूको जिम्मेवारी भएको एमाले नेताहरुको भनाइ छ । एमालेले जागरण सभामा कार्यकर्ता र समर्थक गरी एक लाख उतार्ने दाबी गरेको छ ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

संसद्मा प्रेस स्वतन्त्रता, रवि–बालेनको प्रवेश र नियम उल्लंघनको विवाद : रास्वपा–एमालेबीच आरोप–प्रत्यारोप

किसानको बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण चिनी मिलका दुई सञ्चालक पक्राउ

सम्बन्धित

चीनले विकासशील विश्वमा कसरी साथीहरू बनाइरहेको छ ?

संसद्मा प्रेस स्वतन्त्रता, रवि–बालेनको प्रवेश र नियम उल्लंघनको विवाद : रास्वपा–एमालेबीच आरोप–प्रत्यारोप

अर्को लियोनेल : दुर्घटनावश प्रशिक्षक बनेका स्कालोनी कसरी अर्जेन्टिनाका विश्वकप नायक बने ?

किसानको बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण चिनी मिलका दुई सञ्चालक पक्राउ

माजिद अन्सारी पक्राउ प्रकरणबारे रास्वपा सांसद खरेलको कडा चेतावनी ‘प्रहरीको अनुहारमा बालेन र सुदन गुरुङ’

विश्वकप २०२६: फ्रान्स र स्पेन सेमिफाइनल भिडन्तको तयारी पूरा, इंग्ल्यान्ड–अर्जेन्टिना खेलको पनि प्रतिक्षा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu