ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बीआरआई एजेन्डामा अझै जुटेन सहमति


एबीसी न्यूज
७ मंसिर २०८१, शुक्रबार   १२ : ११   बजे

काठमाडौं ७ मंसिर । प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न चीन भ्रमणका एजेन्डामा सत्तारूढ कांग्रेस र एमालेबीच अझै सहमति जुट्न सकेको छैन । बीआरआई कार्यान्वयन योजनामा सम्झौता गर्ने कि नगर्ने, बीआरआईअन्तर्गत चीनबाट अनुदान मात्रै लिने कि ऋण पनि लिने भन्नेमा दुई ठूला दल समझदारी बनाउने गृहकार्यमा छन् ।

सत्तारूढ दलबीच सहमति जुट्न नसक्दा बिहीबारको मन्त्रिपरिषद्को बैठकले न प्रधानमन्त्रीको चीन भ्रमणको मिति सार्वजनिक गर्‍यो, न एजेन्डाबारे निर्णय गर्न नै सक्यो । अनौपचारिक तहमा भने प्रधानमन्त्रीको चीन भ्रमण मंसिर १७ देखि २१ सम्म हुने तयारी भइरहेको छ ।

प्रधानमन्त्रीले बिहीबारकै मन्त्रिपरिषद् बैठकबाट चीन भ्रमणका एजेन्डा पारित गर्ने तयारी गरेका थिए । तर, चीनबाट ऋण लिने कि अनुदान मात्र भन्नेमा सहमति नभएपछि बीआरआई कार्यान्वयन योजना सम्झौताका विषयमा दुई दलबीच मतैक्य बन्न सकेको छैन । नेपालले सन् २०१७ मा बीआरआईसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर गरेको थियो । तर, हालसम्म त्यसअन्तर्गत कुनै पनि परियोजना नेपालमा सुरु भएको छैन ।

कांग्रेसकै अडानअनुसार अनुदान मात्रै लिन सहमत भएका प्रधानमन्त्री ओलीले कार्यान्वयन योजना सम्झौतापत्रमा हस्ताक्षर गर्न चाहेका छन् । ‘कार्यान्वयन योजनामा सम्झौता गर्ने भनिएको होइन, सहमति मात्रै गर्ने हो । त्यसैले यो कुनै निश्चित परियोजनासँग पनि सम्बन्धित नभएकाले हस्ताक्षर गरेर जाँदा फरक पर्दैन भन्ने प्रधानमन्त्रीको तर्क छ,’ बालुवाटारनिकट एक अधिकारीले भने ।

ऋण कि अनुदान भन्ने विषयमा प्रधानमन्त्री ओलीले बिहीबार मन्त्रिपरिषद्को बैठकबाटै प्रस्ट पार्ने कोसिस गरे । सरकारका एक मन्त्रीका अनुसार ओली आफैंले ऋण नलिई अनुदान मात्रै स्विकार्ने प्रस्टोक्ति मन्त्रीहरूलाई सुनाएका थिए । ‘अनुदान लिने हो, त्यहाँ चीन बाट भए पनि लिने हो, उता भारत बाट भए पनि लिने हो, ऋण लिने होइन,’ प्रधानमन्त्री ओलीको भनाइ उद्धृत गर्दै ती मन्त्रीले भने, ‘चीन भ्रमण ऐतिहासिक हुन्छ । नेपालले अहिलेसम्मकै सबैभन्दा धेरै उपलब्धि हासिल गर्नेछ ।’

ओलीले चीन भ्रमणलगत्तै भारत जाने संकेत पनि गरे । ‘जहाँको पहिलो निम्तो आयो, त्यतै जाने हो । चीन भ्रमण गरेपछि उता भारत पनि जाने हो,’ ओलीको भनाइ थियो । उनले मन्त्रीहरूलाई तत्कालीन प्रधानमन्त्री बीपी कोइरालाको भारत भ्रमणको उदाहरण दिँदै सबै कुरा लिखित रूपमा नहुने संकेत पनि गरे ।

‘२०१५ को निर्वाचनपछि भारत भ्रमणमा जाँदा तत्कालीन प्रधानमन्त्री बीपीले खल्तीमा लिखित एजेन्डा बोक्नुभएको थियो तर उता जानेबित्तिकै नेहरूले सुरक्षासम्बन्धी एजेन्डा उठाए, त्यसपछि बीपीले नेपाल सार्वभौम देश हो, कसैको सुरक्षा छातामा बस्दैन भनेर प्रस्ट पार्नुभयो । त्यसैले, सबै विषय लिखित हुँदैनन्, तत्कालीन अवस्था हेरेर निर्णय गर्नुपर्छ,’ ओलीको भनाइ उद्धृत गर्दै एक मन्त्रीले भने ।

प्रधानमन्त्रीको भ्रमणको एजेन्डा र बीआरआई कार्यान्वयन योजना सम्झौताका बारेमा प्रधानमन्त्रीका आर्थिक सल्लाहकार युवराज खतिवडाले केही विचार एमाले र कांग्रेसबीच साटासाट भएको तर समझदारी गर्न बाँकी रहेको बताए । ‘हामी कांग्रेस र एमाले० ले कार्यान्वयन योजनाको मस्यौदामा के–के कुरा सुधार गर्नुपर्छ भनेर सामान्य छलफल गर्‍यौं । प्राविधिक पक्षबाट केही दुविधा लाग्ने कुरा छन् वा विवादास्पद प्रस्ताव पनि छन् कि भनेर छलफल गरेका छौं,’ पूर्वअर्थमन्त्रीसमेत रहेका खतिवडाले भने, ‘कांग्रेस र एमालेबीच छलफल भएको छ, त्यसबारेमा काम गर्दै छौं । बैठक फेरि बस्नुपर्छ ।’

चीनसँग बीआरआई कार्यान्वयन योजना सम्झौताका विषयमा सहमति जुटाउन प्रधानमन्त्री ओली र कांग्रेस सभापति शेरबहादुर देउवाले कांग्रेस महामन्त्री गगन थापा, प्रधानमन्त्रीका आर्थिक तथा विकास सल्लाहकार खतिवडा र राजनीतिक सल्लाहकार विष्णु रिमाललाई जिम्मा दिएका छन् । बिहीबार मन्त्रिपरिषद् बैठक बस्नुअघि प्रधानमन्त्री कार्यालय सिंहदरबारमा प्रधानमन्त्री ओली र कार्यदल सदस्यबीच छलफल भएको थियो । ‘दुई मुलुकको आर्थिक सम्बन्धमा अन्य मुलुकको चासो नपरोस् भन्ने हुन्छ ।

जसरी एमसीसीमा हामीलाई भएको थियो,’ खतिवडाले भने, ‘अलि बृहत् रूपमा दुई मुलुकका सरकार, आर्थिक संस्था, जनताबीचको सम्बन्धलाई कसरी लिएर जाने भन्ने विषयमा हाम्रा धारणा साटासाट भएका छन् । कार्यान्वयन योजना सम्झौता गर्ने कि नगर्ने भन्दा पनि प्राविधिक विषयमा छलफल भएको छ ।’

कांग्रेस नेताहरूले भने थप र नयाँ सम्झौता गर्नुभन्दा पनि सन् २०१९ मा चीनका राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमणका क्रममा व्यक्त गरिएका प्रतिबद्धता कार्यान्वयनमा भइरहेको ढिलासुस्तीलाई भ्रमणको एजेन्डा बनाउनु उपयुक्त हुने सुझाव दिँदै आएका छन् । करिब एक खर्ब रुपैयाँ बराबरका चिनियाँ प्रतिबद्धता कार्यान्वयन हुन नसकिरहेको बताउँदै उनीहरूले यसै विषयलाई अघि बढाएर विश्वास कायम गर्नुपर्नेमा जोड दिएका छन् । ‘पुराना सम्झौता र प्रतिबद्धता कतिपय हाम्रा कमजोरीले, कतिपय चीनका कारणले अघि बढेका छैनन् ।

यसलाई कार्यान्वयनमा लैजाने गरी नयाँ विश्वासको वातावरण बनाउन सक्दा थप सम्झौतामा पुग्ने एउटा आधार बन्छ भन्ने कांग्रेसको मत हो,’ एक नेताले भने, ‘त्यसै विषयमा छलफल अघि बढिरहेको छ । अहिलेसम्म सहमति बनिसकेको छैन ।’

बालुवाटार स्रोतका अनुसार बीआरआई कार्यान्वयन योजना सम्झौता र त्यसअन्तर्गत चीनले प्रस्ताव गरेका परियोजनाबारे कसरी अघि बढ्ने भन्ने विषयमा समानान्तर छलफल चलिरहेको छ ।

चीनले बीआरआईअन्तर्गत सहयोग गर्न चाहेका क्षेत्रको सूचीसहित प्रस्ताव केही समयअघि नै पठाएको छ । ‘जलविद्युत्, सुक्खा बन्दरगाह, सुरुङमार्ग, प्रसारण लाइन, सडक पूर्वाधार, दमकमा पार्क बनाउनेसम्मका प्रस्ताव छन् । तर, ती परियोजनामा अनुदान दिने कि ऋण दिने प्रस्ट छैन,’ अर्का एक मन्त्रीले भने, ‘प्रधानमन्त्रीले ऋण नलिने भनिसकेपछि अब अनुदान लिनेमा मात्रै जान सक्ने देखिन्छ ।’

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको अर्थ–राजनीतिक खाका : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्म (पूर्णपाठ)

गृहमन्त्रीले खान लागेको अम्लेटमा माछाको काँडा भेटिएको होटललाई ३ लाख जरिवाना

सम्बन्धित

रास्वपाको अर्थ–राजनीतिक खाका : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्म (पूर्णपाठ)

सभापतिमा रवि लामिछाने निर्विरोध–रास्वपा निर्वाचन आयोग

विष्णु पौडेललाई ७ दिन थुनामा राख्न अदालतको अनुमति

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

बालेनलाई चुनावमा गाडी दिने व्यक्तिको बयानले विष्णु पौडेल पक्राउ परेका हुन् ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group