ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

संकटमोचनका लागि बनेको सरकार हो, प्रधानमन्त्रीलाई काम गर्न देऊ- शंकर पोखरेल


एबीसी न्यूज
७ मंसिर २०८१, शुक्रबार   २ : ५९   बजे

काठमाडौं ७ मंसिर । सत्तारुढ नेकपा एमालेका महासचिव शंकर पोखरेलले वर्तमान सरकार नेपालको संकटनमोचनका लागि बनेको भन्दै प्रधानमन्त्रीलाई काम गर्न दिनुपर्ने बताएका छन्।

‘आजको जागरण सभाले काम गर्नेलाई काम गर्न देउ भन्ने सन्देश दिनुपर्छ,’ शुक्रबार नेकपा एमालेले आयोजना गरेको जागरणसभालाई सम्बोधन गर्दै उनले भने, ‘काम गर्नेलाई काम गर्न देउ भनेर हामी सबैले भन्न सक्नुपर्दछ।’

आफ्नो पार्टीको अध्यक्षलाई कमजोर बनाउने खेल भएको भन्दै पोखरेलले भने, ‘केपी ओलीको नेतृत्वमा बनेको सरकार, नेपालको संकटमोचनका लागि बनेको सरकार हो।’ ओलीकै नेतृत्वमा समृद्ध नेपाल, सुखी नेपाली सम्भव हुने उनको दाबी छ।

 

उनले एमाले नै सुशासनको मामिलामा सबैभन्दा ठिक ठाउँमा भएको दाबी गरे। ‘सुशासनका मामिलामा हाम्रो पार्टी सबैभन्दा सही ठाउँमा छ,’ पोखरेलको भनाइ छ, ‘एमालेका नेता कार्यकर्ता कसैले यो पार्टीको आदर्शलाई समात्न सक्दैन भने कारबाहीको भागिदार हुनेछन्। अभियोग लागेका मान्छेलाई हामीले बचाउने गरेका छैनौं।ु

सत्तामा रहेको पार्टीले सभाजुलुस गरेकोबारे प्रश्न उठाइएको भन्दै महासचिव पोखरेलले लोकतन्त्र भएका मुलुकमा सबै नेता जनताको बीचमा जाने जिकिर गरे। उनले भने, ‘लोकतन्त्र भएका मुलुकमा सबै जनताका बीचमा जाने गर्दछन्, भारतका प्रधानमन्त्री नरेन्द्र मोदी दिनदिनै सभामा गएर भाषण गरेको तपाईंहरु सुन्नुहुन्छ।’

‘कमसेकम भारतीय लोकतन्त्र देखेका नेताहरुले यसप्रकारका टिप्पणी नगरेहुन्थ्यो,’ उनले थपे।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

पहिलो हाफमा अल्जेरियाविरूद्ध जोर्डनलाई १-० को अग्रता

गोल र नेतृत्व दुवैमा अब्बल एम्बाप्पे, विश्वकप २०२६ को गोल्डेन बुटको दाबेदार

सम्बन्धित

पहिलो हाफमा अल्जेरियाविरूद्ध जोर्डनलाई १-० को अग्रता

नवलपुरमा ईभी हाइस दुर्घटना, आठ जना घाइते

गोल र नेतृत्व दुवैमा अब्बल एम्बाप्पे, विश्वकप २०२६ को गोल्डेन बुटको दाबेदार

भक्तपुरमा एक युवकको हत्या: तीन जना पक्राउ

सेनेगललाई पराजित गर्दै नर्वे नकआउट प्रवेश

एम्बाप्पे चम्किए, फ्रान्सले इराकलाई गोलविहीन बनायो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group