ABC NEWS NEPAL | No.1 News channel of Nepal
३० असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कसले कमाएको छ, जनताले देखेका छन्-प्रधानमन्त्री ओली


एबीसी न्यूज
७ मंसिर २०८१, शुक्रबार   ४ : २१   बजे

काठमाडौं ७ मंसिर । नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले आफूमाथि लागेको आरोपहरू खण्डन गर्न पनि लायक नरहेको बताएका छन् ।

पार्टीले शुक्रबार दरबारमार्गमा आयोजना गरेको जागरण सभामा बोल्दै उनले भने, ‘हामीमाथि लगाएका आरोपहरू वास्तवमा खण्डन र चर्चा गर्न लायकका पनि छैनन् ।’

ओलीले आफूमाथि लगाइने गरेको कुनै पनि आरोप कसैले नपत्याएको जिकिर गरे । ‘ती कुनै कुरा कसैले पत्याउँदा पनि पत्याउँदैनन्’, उनले भने, ‘उनीहरू आफैं बोल्छन् एकछिनपछि युट्युब खोलेर आफैं सुन्छन् र आफैं दंग पर्छन् । अनि सबै मानिस भ्रममा परे होला भन्ठान्छन् ।’

जनता कसैको भ्रममा नपर्ने उल्लेख गर्दै ओलीले कसले कति कमाएको छ, छैन जनतालाई थाहा भएको तर्क गरे । ‘कोही पनि भ्रममा परेका छैनन् । भ्रममा पर्दैन जनता’, उनले भने, ‘जनताले देखेको छ । कसले कति कमाएको छ कसले कति कमाएको छैन । कसले आफन्तको नाममा थुपारेको छ, कसले छैन । यी कुराहरू सबै दुनियाँले देखेको छ । विश्वले देखेको छ ।’

कम्बोडियाको टेलिकममा प्रधानमन्त्री ओलीको लगानी रहेको भन्ने आरोपको खण्डन गर्दै ओलीले समाजमा घृणा फैल्याउने चेष्टा भइरहेको बताए ।

‘कम्बोडिया भन्ने देश त्यहीँ छ चार घन्टाभित्र फ्लाइटमा पुगिन्छ यहाँबाट बैंकक, त्यहाँबाट ४५(५५ मिनेटमा पुगिन्छ, त्यहीं छ’, उनले भने, ‘त्यहाँको टेलिकममा क–कसको लगानी छ भन्ने नयाँ कुरा, थाहा पाउन नसकिने अनौठो कुरा हो ररु तर यस्ता कुराहरूलाई भ्रमपूर्ण ढंगले फैलाएर जनतामा घृणा फैल्याउने दुस्चेष्टा भइरहेको छ ।’

प्रधानमन्त्री ओलीले यस्ता गतिविधि गर्नेलाई नियन्त्रणमा ल्याइने चेतावनी दिए ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

संसद्मा प्रेस स्वतन्त्रता, रवि–बालेनको प्रवेश र नियम उल्लंघनको विवाद : रास्वपा–एमालेबीच आरोप–प्रत्यारोप

किसानको बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण चिनी मिलका दुई सञ्चालक पक्राउ

सम्बन्धित

चीनले विकासशील विश्वमा कसरी साथीहरू बनाइरहेको छ ?

संसद्मा प्रेस स्वतन्त्रता, रवि–बालेनको प्रवेश र नियम उल्लंघनको विवाद : रास्वपा–एमालेबीच आरोप–प्रत्यारोप

अर्को लियोनेल : दुर्घटनावश प्रशिक्षक बनेका स्कालोनी कसरी अर्जेन्टिनाका विश्वकप नायक बने ?

किसानको बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण चिनी मिलका दुई सञ्चालक पक्राउ

माजिद अन्सारी पक्राउ प्रकरणबारे रास्वपा सांसद खरेलको कडा चेतावनी ‘प्रहरीको अनुहारमा बालेन र सुदन गुरुङ’

विश्वकप २०२६: फ्रान्स र स्पेन सेमिफाइनल भिडन्तको तयारी पूरा, इंग्ल्यान्ड–अर्जेन्टिना खेलको पनि प्रतिक्षा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu