ABC NEWS NEPAL | No.1 News channel of Nepal
३० असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पाकिस्तानमा पूर्वप्रधानमन्त्री खानकाे रिहाइ माग गर्दै हजारौंको जुलुस इस्लामाबाद नजिकै पुग्यो


एबीसी न्यूज
११ मंसिर २०८१, मंगलबार   १२ : २६   बजे

काठमाडौं ११ मंसिर । पाकिस्तानको जेलमा रहेका पूर्वप्रधानमन्त्री इमरान खानको रिहाइको माग गर्दै पाकिस्तान तहरीक–ए–इन्साफ ९पीटीआई० पार्टीका हजारौं कार्यकर्ताको जुलुस राजधानी इस्लामाबाद प्रवेश गर्ने नाकामा पुगेको छ ।

सरकारले नै सडक बन्द गर्दै विभिन्न अवरोध सिर्जना गरे पनि हजारौं मानिस इस्लामाबादको ढोकैमा पुगेका समाचार संस्था एएफपीले जनाएको छ । पीटीआईका कार्यकर्ताले सबै खालका अवरोध तोड्दै अघि बढिरहेका छन् ।

हिजो भएको झडपमा एक जना प्रहरीको ज्यान गएको छ भने नौ जना गम्भीर घाइते भएका छन् । प्रहरीले रबरका गोली र अश्रुग्यास हान्दा सयौं आन्दोलनकारी घाइते भएका छन् । देशका अरू ठूला शहरमा पनि विशाल प्रदर्शन भइरहेका छन् ।

गएको शनिवार रातिदेखि राजधानी प्रवेश गर्ने सबै नाका सरकारले नै बन्द गरेको छ । मोबाइल इन्टरनेट छिटपुट रूपमा काटिएको छ । पाकिस्तानको मानव अधिकार आयोगले राजमार्ग बन्द गरेर राजधानी आउजाउ गर्ने पहुँच रोक्नुले आमनागरिकलाई सरकारले नै दण्डित गरिरहेको उल्लेख गरेको छ ।

सडकमा हतियारसहितका २० हजार जनाभन्दा धेरै प्रहरी, ब्यारिगेड र ट्रक तेर्स्याएर सरकारले ठूलै युद्धको झल्को दिएको डन अखबारको सम्पादकीयमा उल्लेख छ ।

गएको हप्ता इस्लामाबाद शहर प्रशासनले सार्वजनिक जमघटमा दुई महिनाको प्रतिबन्ध लगाउने घोषणा गरेको थियो । स्कूल र कलेज पनि बन्द छन् । अन्यायपूर्वक जेलमा राखिएका इमरान खानको रिहाइ नभएसम्म सडक नछाड्ने आन्दोलनकारीले बताएका छन् ।

सन् २०१८ देखि २०२२ सम्म प्रधानमन्त्रीको रूपमा काम गरेका इमरान खानलाई गएको वर्षदेखि भ्रष्टाचार र दङ्गा भड्काउने लगायतका कानूनी आरोपहरू लगाएर जेलमा थुनिएको छ । यस वर्षको चुनावमा पीटीआईले सबैभन्दा धेरै सिट जिते पनि सैन्य प्रभावमा बढी लचिलो मानिने दलहरूको गठबन्धनले उसलाई सत्ताबाट बाहिर राखेको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

संसद्‍मा सरकारमाथि चौतर्फी प्रहार: राज्य संकटमा रहेको अमरेशको दाबी, ‘राज्यसत्ता नेपो किड र बिचौलियाको कब्जामा’ : वर्षमान पुन

युरोपका दुई दिग्गजको भिडन्त, विश्वकप फाइनलको ढोका कसले खोल्ला?

सम्बन्धित

संसद्‍मा सरकारमाथि चौतर्फी प्रहार: राज्य संकटमा रहेको अमरेशको दाबी, ‘राज्यसत्ता नेपो किड र बिचौलियाको कब्जामा’ : वर्षमान पुन

साधारण मानिस हुनुको असह्य चिन्ता

युरोपका दुई दिग्गजको भिडन्त, विश्वकप फाइनलको ढोका कसले खोल्ला?

आत्मदाह प्रयास गरेका विवेक मण्डलको उपचारका क्रममा मृत्यु

गेट छेकेर पार्किङ गर्नेहरूलाई ट्राफिकको जरिवाना, घटनामाथि प्रश्न यथावत्

सुनसरीमा विद्युत कार्यालय धरानको गाडी दुर्घटना, २ जनाको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu