ABC NEWS NEPAL | No.1 News channel of Nepal
२० श्रावण २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

विश्वका १० प्रमुख घरजग्गा व्यवसायी, कस्को सम्पति कति ?


admin
२५ फाल्गुन २०७४, शुक्रबार   ४ : ४५   बजे

काठमाडौं, २५ फागुन । प्रख्यात अमेरिकी म्यागेजिन फोब्र्सले केही दिनअघि सार्वजनिक गरेको विश्वका अर्बपतिको सूचीमा घरजग्गा (रियल स्टेट) व्यवसायीको वर्चश्व रहेको देखिएको छ ।

विभिन्न विधामा फोब्र्सले अर्बपतिको सूची सार्वजनिक गर्ने गरेकोमा यो वर्ष अन्य विधालाई पछि पार्दै रियल स्टेटतर्फका २ सय ४३ रियल स्टेट व्यवसायी अर्बपतिको सूचीमा दरिएका छन् ।

रियल स्टेट कारोबारबाट अर्बपतिको सूचीमा दरिएका यी प्रमुख १० व्यापारीहरुको सम्पतिको सूची यस्तो छ-

 

विश्वका अर्वपतिको सूचीमा २४औ स्थानमा रहेका चिनियाँ नागरिक वी का याङ घरजग्गा व्यवसायी हुन् । चाइना इिभ्रि ग्रान्डी ग्रुप अफ सेङझाङका अध्यक्ष रहेका वी को सम्पति ३०.३ बिलियन अमेरिकी डलर रहेको छ ।

 

अर्बपतिको सूचीमा रहेका हङकङका नागरिक ली साओ कि पनि रियल स्टेट व्यवसायी हुन् । उनी पनि विश्वका अर्वपतिको सूचीमा २४औं नम्बरमै छन् । उनको पनि चिनियाँ नागरिक वी कै जति ३०.३ बिलियन अमेरिकी डलर सम्पत्ति रहेको छ ।

विश्वका अर्वपतिको सूचीमको २६औं स्थानमा रहेका चिनियाँ नागरिक वाङ जियान लिन पनि रियल स्टेट व्यवसायी हुन् । उनको सम्पत्ति ३० बिलियन डलर रहेको छ । त्यस्तैगरी अर्वपत्ति सूचीको ४३औं नम्बरमा रहेकी चिनियाँ नागरिक याङ हुयान पनि रियल स्टेट व्यवसायी हुन् । उनको सम्पत्ति २१.९ बिलियन अमेरिकी डलर रहेको छ ।

फोव्र्सको अर्बपति सूचीमा ७५औं स्थानमा रहेका हङकङका नागरिक जोशेफ लाऊ पनि रियल स्टेट व्यवसायी नै हुन् । उनको सम्पति १६.७ बिलियन अमेरिकी डलर रहेको छ ।

अर्बपतिको सूचीमा ७७औ स्थानमा रहेका थोमस रेमन्ड क्वाक पनि हङकङकै रियल स्टेट व्यवसायी हुन् । उनको सम्पत्ति १६.५ बिलियन अमेरिकी डलर रहेको छ । त्यस्तै अर्बपतिको सूचीमा ८०औं स्थानमा रहेका अमेरिकी नागरिक डोनाल्ड ब्रेन पनि रियल स्टेट व्यवसायी हुन् । उनको सम्पति पनि १६.३ बिलियन अमेकिरी डलर रहेको छ ।

अर्बपतिको सूचीमा ८८औं स्थानमा रहेका बेलायतका डेभिड एन्ड सिमोन रेबन पनि रियल स्टेट व्यवसायी हुन् । उनको सम्पति १५.५ बिलियन रहेको छ ।

त्यस्तैगरी अर्बपतिको सूचीमा १ सय २२औ स्थानमा रहेका हङकङका नागरिक पिटर ऊ पनि रियल स्टेट व्यवसायी हुन् । उनको सम्पति १२.२ बिलियन अमेरिकी डलर रहेको छ ।

अर्बपतिको सूचीमा १ सय २७औं स्थानमा रहेका जर्मनीका मिसेल ओटोको सम्पति ११.८ बिलियन अमेरिकी डलर रहेको छ । उनी पनि रियल स्टेट व्यवसायी हुन ।

फोब्र्सले सार्वजनिक गरेका अर्बपतिहरुको सूची २०१८ को फेबु्रअरी सम्म कायम भएको सम्पत्तिको आधारमा तयार पारिएको हो । म्यागेजिनले उक्त दिनको सेयर मूल्य र विनियम दरको आधारमा सूची तयार पारेको हो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

अन्तर्राष्ट्रिय संस्थाको विज्ञप्तिप्रति कानुनमन्त्रीको आपत्ति, ‘नेपालको सार्वभौमिकतामाथि हस्तक्षेप’

ओलीको ‘ग्रीन सिग्नल’पछि कोसीमा हिक्मत कार्कीकै निरन्तरता, आवश्यक परे सामूहिक राजीनामाको सहमति

सम्बन्धित

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

राज्यले दमन गरेको भन्दै आज देशभरका अस्पतालमा आकस्मिक सेवाबाहेक सबै सेवा बन्दको घोषणा

रास्वपाले बोलायो केन्द्रीय समितिको बैठक, यस्ता छन् एजेण्डा

कोशी प्रदेशका डीआईजी र सुनसरीका सीडीओ तानिए

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu