ABC NEWS NEPAL | No.1 News channel of Nepal
२९ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नेपाल प्रिमियर लिगमा चितवनको विजयी सुरुवात, काठमाडौं पराजित


एबीसी न्यूज
१७ मंसिर २०८१, सोमबार   २ : ३१   बजे

काठमाडौं १७ मंसिर । काठमाडौ गुर्खाजलाई पराजित गर्दै चितवन राइनोजले नेपाल प्रिमियर लिग ९एनपीएल० मा विजयी सुरुवात गरेको छ।

सोमबारको पहिलो खेलमा चितवनले काठमाडौलाई ५ विकेटले पराजित गर्दै एनपीएलमा सुखद सुरुवात गरेको हो।

काठमाडौंले दिएको १ सय १२ रनको सामान्य लक्ष्य चितवनले १७।१ ओभरमा ५ विकेटको क्षतिमा भेट्टायो।

छैटौँ विकेटका लागि सन्तोष कार्की र शरद भेषावकरले ४६ रनको अविजित साझेदारी गरेपछि चितवनले सहजै लक्ष्य भेट्टाएको हो।

सन्तोष २८ र भेषावकर ११ रनमा अविजित रहे।

चितवनका ओपनर दिपक बोहोरा ७ रन बनाउँदा एलबीडब्लु धरापमा परे। हसन इसाखिल १२ रन बनाउँदा पेभेलियन फर्के।

ल्युक मार्टिन बेनकेन्स्टाइन १७ बलमा १ चौका र २ छक्का सहयोगमा २२ रन बनाउँदा गेहार्ड इरासमसको बलमा एलबीडब्लु धरापमा परे।

कुशल मल्ल र रवि बोपारा समान ११ रन बनाउँदै आउट भए।

काठमाडौका साहब आलमले ३ विकेट झारे। गेहार्ड इरासमस र डान डौथवेटले समान एक विकेट आफ्नो नाममा गरे।

त्यसअघि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा चितवनले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको काठमाडौले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १ सय ११ रनको योगफल तयार पारेको थियो।

काठमाडौँलाई सस्तैमा रोक्न तनविरले पाँच विकेट लिए। एनपीएलको एकै खेलमा पाँच विकेट लिने तनविर पहिलो खेलाडी बने। उनले आफ्नो स्पेलमा मात्र २१ रन दिए।

कप्तान कुशल मल्ल, अमर राउटेला, ल्युक मार्टिन बेनकेन्स्टाइन र रिजन ढकालले समान एक विकेट झारे।

सुमित महर्जनले बनाएको २९ रन नै काठमाडौका लागि सर्वाधिक रह्यो। माइकल लेभिटले २५ रन थपे। चौथो ओभरको चौथो बलमा माइकल लेभिट २५ रन बनाउँदा क्याच आउट हुन पुगे।

डान डौथवेट १९ र दिपेश कँडेल १ रनमा अविजित रहे। भिम सार्की, करण केसी र साहब आलम १ रनमा पेभेलियन फर्के।

रासिद खान ४ रन बनाउँदा क्याच आउट भए। त्यसअघि ११ औँ ओभरको तेस्रो बलमा शंकर राना १६ रन बनाउँदै पेभेलियन फर्के। चौथो विकेटका रुपमा काठमाडौले भीम सार्कीलाई गुमाएको थियो। भिम १ रन बनाउँदा सोहेल तनविरको बलमा एलबीडब्लु धरापमा परे। तेस्रो विकेटका रुपमा जेहार्ड इरासमसलाई गुमाएको हो।

पाँचौँ ओभरको चौथो बलमा इरासमस ४ रन बनाउँदा कुशल मल्लको बलमा बोल्ड आउट भए।

दोस्रो ओभरको पहिलो बलमा अ‍ोपनर स्टेफेन इस्कीनाजी २ रन बनाउँदा सोहेल तनविरको बलमा अमर राउटेलाको हातबाट क्याच आउट भए।

आजै हुने दोस्रो खेलमा कर्णाली याक्स र जनकपुर बोल्ट्स भिड्नेछन्। सो खेल दिउँसो १ बजे सुरु हुनेछ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

विष्णु पौडेललाई हिरासतमा राखेर अनुसन्धान गर्न पाँचौंपटक म्याद थप

जर्मन कम्पनीको नयाँ प्रणालीबाट राहदानी वितरण सुरु

सम्बन्धित

काठमाडौँका नदीमा बाढीको जोखिम, भोलि बिहानसम्म सतर्क रहन आग्रह

विष्णु पौडेललाई हिरासतमा राखेर अनुसन्धान गर्न पाँचौंपटक म्याद थप

लेदो झर्दा मुग्लिन–नारायणगढ सडकखण्ड दुईतर्फी अवरुद्ध

अमेरिका र इरानको अवसरको अनौठो क्षण

जर्मन कम्पनीको नयाँ प्रणालीबाट राहदानी वितरण सुरु

प्रेस काउन्सिलमा उमेश श्रेष्ठ र दूरसञ्चार प्राधिकरणमा अर्जुन घिमिरे नियुक्त

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu