ABC NEWS NEPAL | No.1 News channel of Nepal
३१ श्रावण २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

मेलम्चीको मुहानमा तीनतले ‘हेडवर्क्स’


एबीसी न्यूज
२३ मंसिर २०८१, आइतबार   ८ : ४५   बजे

काठमाडौं २३ मंसिर । सिन्धुपाल्चोकको हेलम्बुस्थित सर्कथली भन्ने ठाउँमा प्रस्तावित मेलम्ची खानेपानी आयोजनाको मुहानमा तीनतले ‘हेडवर्क्स’ निर्माण हुने भएको छ । आयोजनाको अहिलेको ‘हेडवर्क्स’ भुइँ सतहमा रहेको छ । ‘हेडवर्क्स’ भुइँ सतहमा रहँदा बाढीपहिरोले पुरिने र संरचनाहरू बिग्रिने भएकाले तीनतले ‘हेडवर्क्स’ निर्माण गर्न लागिएको मेलम्ची खानेपानी आयोजना विकास समितिले जनाएको छ ।

समितिका प्रवक्ता राजेन्द्रप्रसाद पन्तले मेलम्चीको पानी वर्षभरि नै वितरण गर्न सहज होस् भन्ने उद्देश्यले मेलम्ची खानेपानी आयोजनाको मुहानमा तीनतले ‘हेडवर्क्स’ निर्माण गर्न लागिएको जानकारी दिनुभयो । उहाँका अनुसार अब निर्माण हुने ‘हेडवर्क्स’ तीन तलाको हुने छ ।

उहाँले भन्नुभयो, “तीनतले ‘हेडवर्क्स’ भएको अवस्थामा बाढीपहिरो वा अरू कुनै कारणले ‘हेडवक्र्स’ को एउटा तह पुरियो भने अर्को तहबाट सुरुङमा पानी पठाउन सकिन्छ । तलको दुई तह पुरियो भने सबभन्दा माथिल्लो तहबाट पानी पठाउन सकिन्छ ।” तीनतले ‘हेडवर्क्स’ निर्माण भएमा वर्षभरि नै पानी वितरण गर्न सकिने उहाँको दाबी छ ।

नयाँ ‘हेडवर्क्स’ अहिलेको मुहानबाट एक किलोमिटर माथि सर्कथली भन्ने ठाउँमा निर्माण गरिने छ । यस ठाउँमा ‘हेडवक्र्स’ निर्माण गरेमा बढीमा सात÷आठ सय मिटर सुरुङ बनाउनुपर्ने हुन्छ । नयाँ ‘हेडवक्र्स’ को संरचना खोलाको बहावलाई कम अवरोध गर्ने खालको हुने उहाँले स्पष्ट पार्नुभयो ।

‘हेडवक्र्स’ लाई पुनः सोही स्थानमा निर्माण गर्नु भूबनोट तथा बाढीपहिरोको जोखिमका कारण थप जोखिमयुक्त रहने देखाएकाले नयाँ ठाउँमा ‘हेडवर्क्स’ सार्ने निर्णयमा पुगिएको प्रवक्ता पन्तले स्पष्ट पार्नुभयो । पानीसँग सम्बन्धित संरचनाहरूमा पहिलो ‘गेटवे’ मानिने ‘हेडवक्र्स’ मा पानी जम्मा हुने, थिग्रिने, पानीमा रहेका बालुवा, ढुङ्गालगायतका फोहोर छानिनेलगायतका काम हुन्छन् ।

उहाँले भन्नुभयो, “एसियाली विकास बैङ्क ९एडिबी० ले गरेको अध्ययन प्रतिवेदनका आधारमा आयोजनाको ‘हेडवक्र्स’ नयाँ ठाउँमा निर्माण गर्न लागिएको हो । मेलम्ची खोलामा आएको पटक पटकको बाढीपहिरोले यसअघि निर्माण गरिएको ‘हेडवर्क्स’ क्षतिग्रस्त हुँदै आएको छ । जस कारण मेलम्चीको पानी वर्षभरि वितरण गर्न सकिएको छैन ।”

२०७८ असार १ गते आएको बाढीपहिरोले अहिलेको ‘हेडवर्क्स’ को ९० प्रतिशत भूभाग गेग्य्रानले पुरेर पूर्ण रूपमा क्षतिग्रस्त भएको थियो । त्यसपछि गेग्य्रान सफा गरी ‘हेडवर्क्स’ सञ्चालनमा ल्याइए पनि फेरि २०८० साउन २७ गते आएको बाढीले ‘हेडवर्क्स’ लाई पुनः क्षतिग्रस्त बनाएको थियो । मेलम्चीको बाढी आउनु एक वर्षअघि २०७७ चैतमा काठमाडौँमा पहिलो पटक मेलम्चीको पानी ल्याइएको थियो ।

प्रवक्ता पन्तका अनुसार मेलम्ची खानेपानी आयोजना विकास समितिले नयाँ ठाउँमा ‘हेडवर्क्स’ निर्माणका लागि परामर्शदाता छनोट प्रक्रिया अगाडि बढाएको छ । गत जेठ २४ गतेको मन्त्रीपरिषद् बैठकले मेलम्ची खानेपानी आयोजनाको ‘हेडवक्र्स’ सुरक्षित स्थानमा सार्नका लागि सैद्धान्तिक सहमति दिने निर्णय गरेको थियो ।

परामर्शदाता छनोटका लागि बोलपत्र आह्वानपछि २६ वटा कम्पनीले प्रस्ताव पेस गरेका र ती प्रस्तावहरूको प्राविधिक तथा आर्थिक मूल्याङ्कन भइरहेको समितिले जनाएको छ । अहिले प्रस्ताव गरेका कम्पनीहरूको ‘एक्सप्रेसन अफ इन्ट्रेस्ट’ ९इओआई० को मूल्याङ्कन भइरहेको छ । ‘हेडवर्क्स’ निर्माण गरी त्यसको सञ्चालन गर्न करिब तीन वर्ष समय लाग्न सक्ने प्रवक्ता पन्तको भनाइ छ ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

देउवाको हिन्दु धर्मसम्बन्धी अभिव्यक्तिको राप्रपा सचेतक ओलीद्वारा स्वागत

गगन थापा : जीवनमा नभोगेको निन्दा र गाली पछिल्ला तीन दिनमा सहें

सम्बन्धित

महान्यायाधिवक्ता नियुक्ति आफ्नो ‘कार्यकारी विशेषाधिकार’ भएको प्रधानमन्त्री बालेनको दाबी

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

पाँचथरमा पाँच वर्षमा बाढी–पहिरोबाट ४८ जनाको मृत्यु, ३७६ परिवार विस्थापित

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

लमजुङमा पहिरोले घर भत्किंदा बाबु-छोरीको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu