ABC NEWS NEPAL | No.1 News channel of Nepal
७ श्रावण २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

लुम्बिनीले चौथो पराजय भोगेको त्यो अन्तिम ओभर


एबीसी न्यूज
२३ मंसिर २०८१, आइतबार   १ : २४   बजे

काठमाडौं २३ मंसिर । लुम्बिनी लायन्सले जारी नेपाल प्रिमियर लिग ९एनपीएल०मा लगातार चौथो हार व्यहोरेको छ।

आज भएको खेलमा अन्तिम ओभरसम्म जितको सम्भावनाका बाबजुद लुम्बिनी जनकपुर बोल्ट्ससँग हारेको हो।

जनकपुर बोल्ट्सले अन्तिम ओभर बलिङको जिम्मा हर्स ठाकरलाई दियो। २०औँ ओभरमा आइपुग्दा लुम्बिनी ६ विकेट गुमाएर १२८ रनको स्थितिमा थियो।

तर पहिलो बलमा नै साद बिन जफर आउट हुनपुगे।

त्यसपछि क्रिजमा आएका दुर्गेश गुप्ताले दोस्रो बलमा चौका हानेर जितको सम्भावना कायमै राखे पनि तेस्रो बल डट खेले र चौथो बलमा १ रन लिए। पाँचौँ बलमा सन्दिप जोराले २ रन थपे।

अन्तिम बलमा २ रन निकालेको भए लुम्बिनीले पहिलो जित चाख्ने थियो तर जोरा क्याचआउट हुनपुगे र जनकपुर विजयी हुनपुग्यो।

त्यसअघि आशुतोष घिरैया ८ रन, अर्जुन साउद २० रन, रोहित पौडेल ३५ रन, टम मुर्स ३१ रन, बेन कटिङ ३ रन र विवेक यादव शून्य रनमा आउट भएका थिए।

एनपीएलको चार खेल खेल्दा जितविहीन हुने लुम्बिनी एक्लो टोली हो। लुम्बिनीले अब एनपीएलमा तीन खेल खेल्न बाँकी छ। बाँकीका तीन खेलमा जित निकाले पनि लुम्बिनीको प्ले अफ पुग्ने सम्भावना कमजोर छ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

पुष्पलालको जन्मथलोमा मनाइयो स्मृति दिवस

बेइजिङ जाँदैछन् रवि लामिछाने, उच्च तहमा भेटको तयारी

सम्बन्धित

पुष्पलालको जन्मथलोमा मनाइयो स्मृति दिवस

गणतन्त्रका उपलब्धिमाथि योजनाबद्ध रूपमा झूटो प्रचार भइरहेको छ :प्रचण्ड

बेइजिङ जाँदैछन् रवि लामिछाने, उच्च तहमा भेटको तयारी

आज चिया उद्योगीहरुलाई भेट्दै प्रधानमन्त्री बालेन

शंकास्पद गतिविधिको आरोपमा काठमाडौं उपत्यकाबाट २४ घण्टामा १६९ जना पक्राउ

नास्पाती बोकेको गाडीमा ६५२ किलो गाँजा, ३ जना पक्राउ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu