काठमाडौं २४ मंसिर । बेलायतका प्रधानमन्त्री कियर स्टारमरले सिरियामा बसर अल–असदको शासन पतनको स्वागत गरेका छन्।
उनले भने, ‘हामी बसर अल असदको क्रूर शासनको पतनलाई स्वागत गर्दछौँ।’ योसँगै बेलायतले सिरियामा शान्ति र स्थिरताका लागि अपिल गरेको छ।
बेलायती प्रधानमन्त्री स्टारमरले हालैका दिनमा सिरियामा भएका घटनाक्रम अभूतपूर्व रहेको उल्लेख गर्दै स्थितिलाई नजिकबाट निगरानी गरिरहेको बताएका छन्।
उनले भने, ‘असदको क्रूर शासनमा सिरियाली जनताले लामो समयदेखि दुःख भोगेका छन्, र हामी उनको प्रस्थानलाई स्वागत गर्दछौँ।’
प्रतिक्रिया दिनुहोस्