ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ भदौ २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

निर्माण व्यवसायीको गुनासो : ठग र बेइमान भन्दै घृणा किन गर्छन् ?


admin
२७ फाल्गुन २०७४, आइतबार   ८ : ३६   बजे

जनकपुरधाम, २७ फागुन । समाजले हामीलाई ठग भन्ने गरेका छन्, बेइमान भन्दै घृणा गर्ने गर्छन, यस स्थितिको जिम्मेवार को ? यो प्रश्न हो निर्माण व्यवसायीको । 

जनकपुरधाममा शनिबार आयोजित धनुषा निर्माण व्यवसायी संघको १५औँ साधारण सभामा यो प्रश्न गर्दै ठेकेदारहरुले आफूलाई ठगेदार भनी उपेक्षाभावको शिकार हुनु परिरहेको गुनासो गरेका छन् । ठेक्का स्वीकृत सम्झौता पत्रमा सरकारी निकायका प्रमुखले पनि हस्ताक्षर गर्ने तर निर्माण कार्यको त्रुटि र दोषी निर्माण व्यवसायीलाई ठहर गर्ने चलनले पनि इमानदारितामा प्रश्न चिह्न लाग्ने गरेको प्रसङ्ग व्यवसायीले उल्लेख गरे ।

आमसमुदायमा चर्चाअनुसार ठेक्कापट्टामा सरकारलाई भ्याट १३, कर्मचारीको कमिशन १५, डनगुण्डाको कमिशन सात, मन्त्री, जनप्रतिनिधिको कमिशन २० र अडिट एवं कागजातमा १५ प्रतिशत लाग्ने गरेको र बाँकी बजेटको ३० प्रतिशत रकममा विकास निर्माण कार्य हुने गरेको छ । यी चर्चाको परिदृश्यमा निर्माण व्यवसायीको निर्माण कार्यको स्तरीयताको सवाल कहाँसम्म न्यायोचित रहेको छ भनी जिज्ञासासमेत उहाँहरूले राख्नुभएको छ । सम्पति धितो राखी निर्माण व्यवसायीको कार्य गरिरहे पनि समाजको आफूहरूप्रतिको नकारात्मक बुझाइले पीडा र अपमान महसुश भइरहेको निर्माण व्यवसायी बलराम महतोले धारणा राख्नुभयो ।

व्यवसायी सुरेन्द्र चौधरीले व्यवसायी बीचको अस्वस्थ प्रतिस्पर्धा तथा सरकारी कर्मचारीको गलत मानसिकताको शिकार व्यवसायी भइरहेको बताउनुभयो । व्यवसायी दिगम्बर चौधरी , कामेश्वर झा र जिल्ला समन्वय समितिका उपाध्यक्ष दीपक झाले समाजले विश्वास गर्ने किसिमले कार्य गर्नुपर्नेमा जोड दिनुभयो । संघका अध्यक्ष विवेकानन्द मिश्रको अध्यक्षतामा भएको सो सभाले आगामी वैशाख २२ गते संघको कार्यसमितिको निर्वाचन गर्ने निर्णय गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बाढी प्रभावित नेपाललाई श्रीलंकाको १० लाख अमेरिकी डलर मानवीय सहयोग

विपद्मा नेपालसँगै छ दक्षिण कोरिया, खोज–उद्धार र राहतबारे परराष्ट्रमन्त्रीबीच छलफल

सम्बन्धित

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

राज्यले दमन गरेको भन्दै आज देशभरका अस्पतालमा आकस्मिक सेवाबाहेक सबै सेवा बन्दको घोषणा

रास्वपाले बोलायो केन्द्रीय समितिको बैठक, यस्ता छन् एजेण्डा

कोशी प्रदेशका डीआईजी र सुनसरीका सीडीओ तानिए

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu