काठमाडौं २७ मंसिर । संघीय संसद् अन्तर्गतका तीन समितिको बैठक आज बस्दैछ। प्रतिनिधिसभा अन्तरर्गतको राज्यव्यवस्था तथा सुशासन समिति, शिक्षा समिति र सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बिहीबार बस्न लागेको हो।
राज्यवस्था समितिको बैठक दिउँसो सवा १२ बजेका लागि बोलाइएको छ। बैठकमा संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका शर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथि संशोधन प्रस्तावकर्ता सांसदसँग छलफल गर्ने कार्यसूची छ।
त्यसैगरि दिउँसो १ बजे नै बस्ने शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा औषधिको उत्पादन, वितरण, गुणस्तर तथा मूल्यका सम्बन्धमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसँग छलफल गर्ने कार्यसूची तय भएको छ।
त्यसैगरी दिउँसोा साढे १२ बजे बस्ने सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा राष्ट्रिय निकुञ्जहरुसँग सम्बन्धित नीतिगत समस्या तथा समाधानका उपाय सम्बन्धमा छलफल हुने छ।
प्रतिक्रिया दिनुहोस्