ABC NEWS NEPAL | No.1 News channel of Nepal
३१ श्रावण २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

एमालेमा ओलीसँग तुलनायोग्य अर्को कुनै नेता छैन- उपाध्यक्ष पौडेल


एबीसी न्यूज
२७ मंसिर २०८१, बिहिबार   २ : १३   बजे

काठमाडौं २७ मंसिर ।   एमाले उपाध्यक्ष विष्णु पौडेलले पार्टीको ११औं महाधिवेशनमा अध्यक्षमा केपी शर्मा ओली नै निर्विकल्प रहेको बताएका छन् । उपप्रधान तथा अर्थमन्त्रीसमेत रहेका उपाध्यक्ष पौडेलले अध्यक्ष ओलीविरुद्ध आगामी महाधिवेशनमा कसैले पनि उम्मेदवारी नदिने ठोकुवा गरेका हुन् ।

राष्ट्रिय समाचार समितिसँगको कुराकानीमा उपाध्यक्ष पौडेलले सिंगो राष्ट्रलाई सफल नेतृत्व प्रदान गरेका कारण ओलीविरुद्ध कसैले उम्मेदवारी नदिने बताएका हुन् । अब हुने नेकपा ९एमाले०को एघारौँ राष्ट्रिय महाधिवेशन नीति र नेतृत्व दुवै प्रश्नमा पूर्ण सहमतिका साथ सम्पन्न हुनेछ । अन्य पदहरुमा निर्वाचन भएछ भने पनि मूल नेतृत्वमा, अध्यक्ष पदमा निर्वाचन हुने कुनै सम्भावना छैन । नेकपा एमालेलाई मात्र होइन, सिंगो राष्ट्रलाई सफल नेतृत्व प्रदान गर्नुभएका पार्टी अध्यक्ष केपी शर्मा ओलीज्यूका विरुद्ध कसैले उम्मेवारी दिन्छ भन्ने मलाई लाग्दैन, पौडेलले भनेका छन् ।

एमालेमा ओलीसँग तुलना गर्नयोग्य अरु कुनै नेता नै नभएको समेत उनले बताएका छन् । उहाँको क्षमता, सक्रियता र नतिजामूलक कामसँग तुलना गर्ने अर्को कुनै नेता नेकपा ९एमाले०मा छैन । अनि किन खोज्नु पर्‍यो नेतृत्वको विकल्प रु नेतृत्व भनेको रहरको विषय पनि होइन,ु उपाध्यक्ष पौडेलले भनेका छन् ।

त्यस्तै उपाध्यक्ष पौडेलले ओलीलाई ुविलक्षण प्रतिभाको धनीु को संज्ञासमेत दिएका छन् । त्यतिमात्र होइन, उनले ओलीलाई ुइनसाइक्लोपेडियाु नै भनेका छन् । उनी भन्छन्, ुउहाँ एकपटक देखेको, सुनेको र भोगेको प्रसंग कहिल्यै नबिर्सने असाधारण स्मरण शक्ति भएको ‘इन्साइक्लोपेडिया’ जस्तो विलक्षण प्रतिभाको पनि धनी हुनुहुन्छ ।ु अध्यक्ष ओलीमा अप्ठ्यारोलाई सजिलोसँग भोग्न सक्ने र सजिलोलाई सामान्य रूपमा लिन सक्ने असाधारण खुबी भएको समेत उनले बताएका छन् ।

एमालेभित्र कुनै अन्तरविरोधसमेत नभएको उपाध्यक्ष पौडेलको भनाइ छ । ुनेकपा ९एमाले० एउटा यस्तो पार्टी हो, जहाँ नीति र नेतृत्वको प्रश्नमा कुनै मतभेद छैन । हामी जनताको बहुदलीय जनवादको मार्गदर्शनमा नेपाली समाजको क्रान्तिकारी रुपान्तरणका लागि क्रियाशील छौँ । जनताको बहुदलीय जनवाद र दशौँ राष्ट्रिय महाधिवेशनका निष्कर्षहरुप्रति सिंगो पार्टी पंक्ति गहिरो विश्वास छ । त्यसैगरी पार्टी अध्यक्ष केपी शर्मा ओलीज्यूप्रति समस्त पार्टी पङ्क्तिको उच्च सम्मान र भरोसा छ,ु उनी भन्छन् ।

एमालेको विधानअनुसार हरेक ५ वर्षमा महाधिवेशन हुनुपर्छ । यसअघि २०७८ मंसिर १० देखि १३ सम्म चितवनको सौराहामा एमालेको दशौँ महाधिवेशन भएको थियो । उक्त महाधिवेशनमा ओलीका विरुद्ध भीम रावलले उम्मेदवारी दिएका थिए । सर्वसम्मत रूपमा नेतृत्व चयन गर्ने भनिए पनि विभिन्न पदमा प्रतिस्पर्धा भएको थियो । एमालेको विधानअनुसार ५ वर्षको अन्तरालमा महाधिवेशन गर्ने भनिए पनि ६र६ महिना गरी १ वर्षसम्म पछि सार्न सकिने व्यवसथा छ । विधानअनुसार एमालेले २०८३ मसिंरभित्र आगामी महाधिवेशन गर्नुपर्नेछ ।

 

 

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

दुर्गा प्रसाईंको घरमा प्रहरी पुगेको परिवारको दाबी, प्रहरी अधिकारी भन्छन्– जानकारी छैन

उच्च अदालत बार पाटनको अध्यक्षमा पीपीएलएका सेवन्तराज निरौला विजयी

सम्बन्धित

महान्यायाधिवक्ता नियुक्ति आफ्नो ‘कार्यकारी विशेषाधिकार’ भएको प्रधानमन्त्री बालेनको दाबी

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

पाँचथरमा पाँच वर्षमा बाढी–पहिरोबाट ४८ जनाको मृत्यु, ३७६ परिवार विस्थापित

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

लमजुङमा पहिरोले घर भत्किंदा बाबु-छोरीको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu